― Advertisement ―

पायलटविहीन 2-टन-क्लास कार्गो ड्रोनले 200km क्षमता र ठाडो अवतरण क्षमताको साथ लामो दूरीको पर्वतीय डेलिभरी प्रदर्शन गर्दछ

माउन्टेनमा डिलिवरी पूरा भयो। मिनेटहरूहाइब्रिड हवाई र रेल यातायातले २४ घन्टा भित्र ताजा चिया डेलिभरी सक्षम बनायोCarryAll ड्रोनले 200km परिचालन दायरा सहित 400kg सम्म...
HomeLatest newsचुनाव लड्न छाडेर ‘बर्लिन फिल्म फेस्टिभल’ को जुरी बनेका मीनबहादुर भाम

चुनाव लड्न छाडेर ‘बर्लिन फिल्म फेस्टिभल’ को जुरी बनेका मीनबहादुर भाम


राष्ट्रिय

समाचार.

  • मीनबहादुर भामले कांग्रेसबाट चुनाव नलड्ने निर्णय गर्दै सन् २०२६ को बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा जुरी सदस्य बन्ने भएका छन्।
  • मीनले चुनाव र जुरी सदस्यताबीचको द्विविधामा परेर तीन महिना निर्णय टर्दा कांग्रेस सभापति र उपसभापतिसँग परामर्श गरेका थिए।
  • बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बन्नुलाई मीनले व्यक्तिगत र नेपाली सिनेमा क्षेत्रको लागि महत्वपूर्ण अवसर भनेका छन्।

काठमाडौं । कांग्रेसबाट प्रत्यक्षतर्फ चुनाव लड्ने अन्तिम तयारीमा थिए मीनबहादुर भाम । यसका लागि सबै तयारी भैरहेको थियो ।

३ महिनाअघि अचानक बर्लिन फिल्म फेस्टिभलबाट इमेल आयो । त्यो इमेल बर्लिनको २०२६ को संस्करणमा मीनलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फको जुरी बनाउनेबारे थियो ।

चुनाव लड्ने कि फेस्टिभलको जुरी सदस्य बनेर जर्मनीतिर लाग्ने । ठूलो दोधारमा परे मीन । उनले बर्लिनको उक्त प्रस्तावलाई झन्डै ३ महिना ‘होल्ड’ मा राखे ।

यसबीच उनले कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासँग समेत परामर्श गरे । टिकट दिने अन्तिम दिनको बेलुकासम्म भाम सभापति थापा र उपसभापति शर्मासँग काठमाडौंको १, २, ३, ४ र १० मध्ये कुन निर्वाचन क्षेत्रबाट लड्ने बारे छलफल गर्दै थिए ।

‘त्यसपछि मैले अन्तिम निर्णय गरेर अर्कोपाली चुनावमा उठ्छु । बरु, संगठन बनाउन देशभरि जान्छु र नेपाली कांग्रेसको केन्द्रीय कमिटीमा बसेर काम गर्छु भन्ने अठोट भएर बर्लिनमा जाने निर्णय गरेको थिएँ’ उनले भने ।

यी परामर्श र मनको कुरा सुनेपछि मीनले निर्णय गरे- चुनाव नलड्ने, बर्लिन फिल्म फेस्टिभलको जुरी बन्ने ।

‘लास्ट आवरसम्म पनि बर्लिनको प्रस्ताव स्वीकारेको थिइँन । किनकी म उम्मेदवार बन्ने तयारी थियो । चुनाव लडेपछि जान नपाइएला कि भन्ने थियो’ मीनले भने, ‘मलाई दुईमध्ये एक छान्नुपर्ने थियो । सारा चीजलाई एक ठाउँमा राखेर हेरेपछि फेस्टिभलमा जाने निधो गरेँ ।’

मीनले बर्लिनको जुरी सदस्य बन्नुलाई आफ्नो करिअरकै ठूलो उपलब्धिको रुपमा चर्चा गरे । ‘रुस, अमेरिका, अस्ट्रेलियाका फेस्टिभलको जुरी त बनेको थिएँ तर, कान्स बर्लिन भेनिसको जुरी बन्ने बारे कहिल्यै सोचेको थिइँन’ मीनले भने, ‘बर्लिन कान्स भेनिसको प्रतिस्पर्धामा जाने कुरा नै गाह्रो र सपनाको कुरा थियो । कहिल्यै पनि मैले यसरी सोचेकै थिइँन ।’

आफू बर्लिनको जुरी सदस्य बन्नुलाई मीनले व्यक्तिगत र नेपाली सिनेमा क्षेत्रको लागि महत्वपूर्ण अवसरको रुपमा चर्चा गरे । ‘प्रतिस्पर्धाको जुरी भएर जान पाउँदा मलाई त हुने नै भयो । ग्लोबल फिल्ममा नेपालको उपस्थिती पनि बलियो हुनेछ’ मीन सुनिए ।

‘इमेल पाउँदा खुसी लाग्यो । नेपाली भएर त्यसरी त्यहाँ जान पाउनु व्यक्तिगत र सामूहिक खुसी र गर्व महसुस भएको छ’ उनले भने । रोचक कुरा के छ भने, सन् २०११ मा दक्षिण एसियाबाट बलिउड अभिनेता आमिर खान बर्लिनको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका जुरी थिए ।

आमिरपछि ‘कालोपोथी’ र ‘शाम्बाला’ फेम्ड मीनले त्यो मौका पाएका छन् । ‘शाम्बाला’ गतवर्ष बर्लिनकै मुख्य विधाको प्रतिस्पर्धामा थियो । बर्लिनमा सहभागी हुन मीन ९ फेब्रुअरीमा त्यता जाँदैछन् ।

‘म जुन बेला जाँदैछु, त्यतिबेला देश निर्वाचनमा होमिएको बेला हुनेछ । यतिबेला म आफू आबद्ध दललाई सघाउन जिल्लामा जानुपर्ने थियो । दललाई सघाउनुपर्ने थियो’ मीन भन्छन्, ‘कता कता मनमा नरमाइलो लाग्या छ । चुनावको माहोलमा सहभागी हुन नपाउने कुराले मन अलि खिन्न भएको छ ।

बर्लिनको सन् २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यानलको अध्यक्षमा जर्मनीका विम वेन्डर्स छन् । सदस्यहरूमा नेपालका भामसहित दक्षिण कोरियाकी बे डुना, शिवेन्द्र सिंह डुंगरपुर (भारत), रेनाल्डो मार्कस ग्रीन (अमेरिका) र हिकारी (जापान) र इवा पुस्ज्चिन्स्का (पोल्याण्ड) छन् ।

मीनले सामाजिक सञ्जालबाट समेत यो खबर बाहिरिएपछि खुसी जनाएका छन् । मीन लेख्छन् :

७६औँ बर्लिनालेको अन्तर्राष्ट्रिय निर्णायक मण्डलको सदस्यका रूपमा सेवा गर्न पाउँदा म निकै भावुक र गौरवान्वित छु । विम वेन्डर्स जस्ता दिग्गज व्यक्तित्व, जसको काम हामी धेरैका लागि एउटा मार्गदर्शन बनेको छ, उहाँसँगै उभिन पाउनु मेरा लागि सपनाभन्दा परको सम्मान हो । सन् २०११ मा मेरा प्रिय आदर्श आमिर खानले कोर्नुभएको ऐतिहासिक बाटोलाई स्मरण गर्दै, म यो पवित्र जिम्मेवारीलाई निकै विनम्रताका साथ स्वीकार गर्दछु । आज मेरो हृदय कृतज्ञताले भरिएको छ । यो प्रतिष्ठित विश्वमञ्चमा उभिँदै गर्दा, म आफूसँगै हाम्रा पहाडका सुसेली, नेपाली जनताको धैर्यता र नेपालको आत्मा बोकेर जाँदैछु । यो यात्रा मेरो मात्र होइन; यो हाम्रो साझा यात्रा हो । मलाई विश्वास गर्नुभएकोमा बर्लिनाले, महोत्सव निर्देशक ट्रिसिया टटल र मेरा आदरणीय सह-निर्णायकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । सिनेमाको परिवर्तनकारी शक्तिलाई उत्सवका रूपमा मनाउने यस गहन यात्राको लागि म निकै उत्साहित छु । बर्लिनमा भेटौँला !’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More