― Advertisement ―

मैले तपाईलाई एआई टाइममा बस्ने बारे बताउन खोजेको थिएँ — यो निबन्धले यसको कठोर वास्तविकतालाई केल गर्छ, र हामी वास्तवमै नराम्रो किन नहोस् भन्ने...

मै एक वर्षभन्दा बढी समयदेखि मानिसहरूलाई चेतावनी दिँदै आएको छु कि, तिनीहरूले AI बारे जतिसुकै महसुस गरे पनि, यसलाई बेवास्ता वा अस्वीकार गर्न सकिँदैन।...
HomeLatest newsचिसोमा न्यानोपन बाँड्दै काठमाडौं युरो स्कुल – KhabarHost

चिसोमा न्यानोपन बाँड्दै काठमाडौं युरो स्कुल – KhabarHost


राष्ट्रिय

समाचार.

  • काठमाडौं युरो स्कुलले न्यानो कपडा वितरण कार्यक्रम अन्तर्गत नुवाकोट, सूर्यगढी र लमजुङका करिब ७ सय विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ।
  • विद्यालय अध्यक्ष प्रमोद पाण्डेले न्यानो कपडाले बालबालिकालाई चिसोबाट जोगाउने र सकारात्मक सोचका साथ अघि बढ्न प्रेरणा मिलोस् भने।
  • कार्यक्रममा अभिभावक, विद्यार्थी, बाल क्लब तथा शिक्षक–कर्मचारीको सक्रिय सहभागिता रहेको र विद्यालयले समाजसेवामूलक कार्यक्रम निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

२९ पुस, काठमाडौं । बढ्दो चिसोका कारण बालबालिकाको दैनिकी र शिक्षामा असर नपरोस् भन्ने सामाजिक दायित्वसाथ काठमाडौं युरो स्कुलले यस वर्ष पनि न्यानो कपडा वितरण कार्यक्रमलाई निरन्तरता दिएको छ ।

काठमाडौं युरो स्कुल परिवारको आयोजनामा नुवाकोट दुप्चेश्वर काउलेश्वरी माध्यमिक विद्यालय, सूर्यगढीस्थित कालिका माध्यमिक विद्यालय तथा लमजुङको पाणिनी माध्यमिक विद्यालयका करिब ७ सय विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।

कार्यक्रममा विद्यालयका अध्यक्ष प्रमोद पाण्डेले न्यानो कपडा वितरण गर्दै ‘यो न्यानोपनले बालबालिकालाई चिसोबाट जोगाउनुका साथै आत्मविश्वास र सकारात्मक सोचका साथ अघि बढ्न प्रेरणा मिलोस्’ भन्ने सन्देश दिए ।

मानवीय अभियानमा काठमाडौं युरो स्कुलका अभिभावक, विद्यार्थी, बाल क्लब तथा शिक्षक–कर्मचारीको सक्रिय सहभागिता थियो । विद्यालय प्रशासनका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीमा करुणा, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न सहयोग पुग्छ ।

काठमाडौं युरो स्कुलले शिक्षा सँगसँगै समाजसेवामूलक कार्यक्रमलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More