― Advertisement ―

‘एआई जीवनमा एक पटकको अवसर हो’: अमेजनका सीईओ एन्डी जसीले एआईको भविष्यको लागि आफ्नो ‘6 सत्यहरू’ राख्छन्।

Amazon CEO Andy Jassy ले कम्पनीमा AI को भविष्यको बारेमा आफ्नो दृष्टिकोणलाई रेखांकित गर्नुभएको छ, छ वटा "प्रविधिले के गर्न सक्छ र मुख्य कुराहरू...
HomeLatest newsचारवर्षे उपलब्धि समेटिएको ‘युवा तस्वीर दर्पण’ सार्वजनिक

चारवर्षे उपलब्धि समेटिएको ‘युवा तस्वीर दर्पण’ सार्वजनिक



२९ कात्तिक, काठमाडौं । नेपाल सरकार अन्तर्गत राष्ट्रिय युवा परिषदद्वारा प्रकाशित युवा तस्बीर दर्पण सार्वजनिक भएको छ । शुक्रवार सिंहदरवारमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री सुशिला कार्कीले सो पुस्तक सार्वजनिक गरेकी हुन् ।

पुस्तक सार्वजनिक गर्दै प्रधानमन्त्री कार्कीले युवाका चाहना र भावना वुझ्न तस्वीर किताव सजिलो र प्रभावकारी हुने बताइन् । कार्कीले परिषदको वार्षिक प्रतिवेदन र युवा तस्बीर दर्पण हेर्दा युवाका निम्ति परिषदले सकारात्मक प्रयत्न गरेको आफुले अनुभूति गरेको बताइन् ।

तस्वीर नै तस्वीरले भरिएको पुस्तकमा परिषदले पछिल्ला चारवर्षमा गरेका युवा केन्द्रित क्रियाकलापहरुको सचित्र विवरण समेटिएको छ।युवा तस्बिर दर्पणमा ०७८ पौषदेखि  देखि २०८२ भाद्रसम्मका मुलभुत् क्रियाकलाप समावेश छिन् । २२४ पृष्ठको पुस्तकमा युथ भिजन २०२५ ले निर्दिष्ट गरेका पाँचवटा आधारस्तम्भ अनुसारका तस्विर सङ्ग्रहित छन् ।

पुस्तकमा युवा नेतृत्व विकास अन्तर्गत अन्तर्राष्ट्रिय युवा दिवस, नमुना युवा संसद्, नमुना संयुक्त राष्ट्रसंघीय अभ्यास, स्वयंसेवक विकास तथा परिचालन, युवा मार्गदर्शन, युवा नीति बहस, कला–साहित्य, सहकार्य, अन्तर्राष्ट्रिय आयामसँग सम्बन्धित तस्वीर प्रकाशित छन् ।

त्यसैगरी युवा उद्यमशीलता र सिप विकास अन्तर्गत प्रादेशिक युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन, संघीय युवा उद्यमशीलता सम्मेलन, युवा वैज्ञानिक सम्मेलन, इन्क्युवेसन, उद्यमशीलता तथा वित्तीय साक्षरता, रोजगारमुलक सिप विकास संग सम्वन्धित् तस्वीर समावेश छन् ।

पुस्तकबारे परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले भने, ‘युवा तस्वीर दर्पणले परिषदको विगत र वर्तमानलाई अभिव्यक्त मात्र गर्ने छैन, भविष्यलाई समेत दिशावोध गर्ने विश्वास लिएका छौं ।’

फोटो पुस्तकले परिषदका सकारात्मक कामलाई स्थापित गर्ने र कमि कमजोरी औंल्याउन मद्दत पुग्ने उनले बताए ।

पुस्तकमा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको चारवर्षे कार्यकालका प्रमुख उपलब्धि र क्रियाकलाप समेटिएको प्रशासकीय प्रमुख गेहनाथ गौतले जनाए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More