― Advertisement ―

‘हामीले तपाईलाई आज असफल’: डाटा सेन्टर कूलिंग विफलता पछि धेरै घण्टाको लागि नेमचेप डाउन, ग्राहकहरू क्रोधित छोडेर

का लागि प्रमुख सेवाहरू उपलब्ध नहुने, नामचेचेपका लागि कष्ट घण्टाफिनिक्स डाटा सेन्टरमा "कूलिङ समस्याहरू" आउटेजको लागि दोषी ठहरियोग्राहकहरू आक्रोशित हुँदा यो समस्या पूर्ण रूपमा...
HomeLatest newsघुमिफिरी कमल थापा राप्रपामै – KhabarHost

घुमिफिरी कमल थापा राप्रपामै – KhabarHost



९ पुस, काठमाडौं । कमल थापा दुई वर्षअघि नै राप्रपामा आउन चाहन्थे । आफू अध्यक्ष रहेको राप्रपा नेपाललाई मूलधारमा मिसाउने उनको चाहनालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले लामो समय वास्तै गरेनन् ।

राप्रपाको भूइँतहबाट राजनीतिक खुड्किला चढ्दै केन्द्रीय तहमा पुगेका लिङ्देनले अन्तत: महाधिवेशनमा उनै थापालाई ०७८ मंसिरमा अध्यक्ष पदमा हराइदिएका थिए । हारसँगै क्षुब्ध थापा भने आफूलाई लिङ्देनबाट नभई निर्मल निवासबाट हराइएको निष्कर्षमा स्पष्ट थिए ।

राप्रपा अध्यक्ष पदमा पराजयको पीडाबोधमा थापाले लगत्तै पार्टी नै त्यागे । कतिसम्म भने उनले हिन्दू राजसंस्था नभई हिन्दू गणतन्त्रको एजेन्डासमेत बोक्न पुगे । ०७९ को आम चुनावमा सूर्य चिह्नबाट चुनाव लडिदिए कमल थापाले । थापा पूर्वराजासँग भड्किँदै जाने हुँदा विगतका वैचारिक मान्यताबाट धेरै नै टाढा पुगेका थिए ।

राप्रपाको ब्यानरमा राजसंस्था पुनर्स्थापनाको नारा दिए पनि व्यवहारमा गणतन्त्रवादीको भाग खान कुदिहिँडेको भन्दै दुवै खाले राप्रपाका नेताहरुसँग निर्मल निवास आफैं पनि क्रुद्ध थियो ।

निर्मल निवास, अर्थात पूर्वराजा ज्ञानेन्द्र शाहले थापालाई लामै समय उपेक्षा गरे । यता लिङ्देन पनि राप्रपाको सांगठानिक राजनीतिमा लागिपरे । थापासँग भेटघाट उनको एजेन्डामै परेन ।

पूर्वराजा शाहले थापालाई उपेक्षा गर्दैगर्दा लिङ्देनलाई पनि काँध हालेर भने हिँडेनन् । बरु दुर्गा प्रसाईंजस्ता नवराजावादीहरुको सम्मान अभिनन्दन थाप्न उनी देश दौडाहा गर्न थाले ।

पोहोर मंसिर ७ देखि चैत १५, ०८१ सम्म पुग्दा राजावादी एजेन्डा राप्रपा नभई नवराज सुवेदी, जगमान गुरुङ वा प्रसाई इत्यादिले हाइज्याक गरिदिने स्पष्ट हुँदै आयो । सुवेदी र प्रसाईका नेतृत्वमा अलग अलग समिति बन्न थाले । गणतन्त्र फाल्ने एजेन्डाका कमान्डर नयाँ नयाँ आउन थाले । यस्तोमा न थापाको महत्व रहने भयो, न लिङ्देनको । न त राप्रपा भन्ने हलोछाप ब्रान्डको ।

यस्तो पृष्ठभूमि तयार हुनुअघि नै थापाले पोहोर २४ पुस, ०८१ मा हामीसँग भनेका थिए, ‘मेरो राजनीतिक करिअरको उत्तरार्धमा पुग्दैगर्दा सानो पसल चलाउनुपर्छ भन्ने विचार छैन । लिङ्देनले चाहे एक साताभित्रै एकता हुन सक्छ । म एकताको पक्षमा छु । तर उहाँले साथीहरुसँग सल्लाह गरेर जवाफ दिन्छु भन्नुभएको पनि एक वर्ष बितिसक्यो ।’

लगत्तै हामीले लिङ्देनसँग कुरा गरेका थियौं । उनले विगतमा मिल्ने फुट्नेमा कुनै सैद्धान्तिक आधार नखोजी व्यक्तिकेन्द्रित हुने प्रचलन देखिएकाले यसपल्ट समय लिनुपर्ने तर्क गरेका थिए ।

लिङ्देनले अनलाइनखबरसँग भनेका थिए, ‘‘समान विचार र प्रवृत्ति भएका हामी एक ठाउँ आउनुपर्छ भन्ने अनुभूति दुवैतिर छ । कमल थापा दाइको सन्देशलाई मैले पार्टीमा राखेको छु । तर विगतमा मिलिहाल्ने फुटिहाल्ने धेरै गरिएको हुँदा बरु अलिक समय लिएरै अघि बढौं भन्ने खालको भावना पार्टीभित्र छ ।’

त्यसयता उनीहरुले केहीपल्ट बैठक पनि राखे । तर त्यसले कुनै परिणाम दिएन । बरु सडकमा कहिले थापा, कहिले लिङ्देन राजावादी आन्दोलनका क्रममा गिरफ्तार हुन थाले ।

कतिसम्म भने एकपल्ट त थापालाई प्रहरीले समातेर हिरासत पुर्‍यायो, जहाँ पहिल्यै प्रसाई थुनिएर बसिराखेका थिए ।

प्रसाईंले थापा लिङ्देन आदिको नेतृत्व क्षमता र तिनका प्रति आम विश्वासउपर प्रश्नसहित कटाक्ष नै गरे, ‘ए दाइ पनि यहाँ ? बाहिर खासै आन्दोलनमा मान्छे आएनन् होला हगि ? आउन् पनि किन ! म नै अस्तिदेखि भित्र छु ।’

प्रसाईं यति बेला राष्ट्र, राष्ट्रियता धर्म संस्कृति बचाउ अभियानको संयोजक बनेर प्रधानमन्त्री सुशीला कार्कीसँग सिधा वार्ता गर्ने तयारीमा छन् । यता राप्रपाको चर्चा भने सामसुम छ ।

ठिक यही बेला ‘नयाँ राजनीतिक परिस्थितिको दबाबस्वरुप एकताको आवश्यकता महसुस गरिएको’ लिङ्देन निकट स्रोत बताउँछ ।

यो नयाँ परिस्थितिकै ‘दबाब’ ले बुधबार उनीहरु एकताको निर्णयमा पुगेका छन् । जेनजी आन्दोलनपछि चुनावमा नयाँ–नयाँ दल र नेताहरुको उदय हुँदैगर्दा राप्रपालाई बचेखुचेको शक्ति एकीकृत गर्नुपर्ने दबाब छ । प्रचण्ड, माधव नेपाल लगायत ११ घटक मिलेको, मधेसमा विभिन्न दल मिलेको, अरु पार्टीबीच तीव्र ध्रुवीकरण भइरहेको पृष्ठभूमिमा राप्रपा खेमाहरुलाई पनि एक ठाउँ आउनैपर्ने स्थिति भने जेनजी घटनापछि सिर्जना भएको हो ।

विगतमा पूर्वराजा र दरबार निकटले एकता प्रयास गराउँदा पनि स्वार्थवश मिल्न नसकेका राप्रपा धाराहरु अब निशर्त आपसमा मिल्न तयार छन् ।

एकता भनिए पनि सारमा यो राप्रपाभित्र पुर्वअध्यक्ष कमल थापाको घरफिर्ती हो, जसका पछाडि कुनै शर्तहरु छैनन् । कुनै ठोस बाचाबन्धन गरिएको छैन । सम्भवत: संसारकै सबैभन्दा छोटोमध्येको सम्झौतापत्र तयार छ । जम्मा १६ शब्द अर्थात्, दुई वाक्यको सम्झौतामा लेखिएको छ, ‘राप्रपा र राप्रपा नेपालका बीच एकता गर्ने सहमति गरेका छौं । एकता घोषणा सभा १६ पुसमा सभागृहमा हुनेछ ।

लिङ्देन निकट स्रोतले अनलाइनखबरसँग भन्यो, ‘कमल दाइका कुनै माग र शर्त छैनन् । अहिलेलाई उहाँ पशुपतिशमशेर राणाझैं उहाँ पूर्वअध्यक्षको भूमिकामा बस्नुहुन्छ । बाँकी कुरा मिलाउँदै जाउँला ।’

थापाले त बुधबार अनलाइनखबरसँग कुरा गर्दै पार्टीले इस्युहरु निर्णय गर्न बाँकी रहेको भन्दै १६ पुसमा एकता हुने स्पष्ट गरे । ‘अहिलेलाई अध्यक्ष राजेन्द्र लिङदेनजी, नाम राप्रपा र चुनाव चिह्न हलो राख्ने सहमति छ । मेरो विषयमा पनि पार्टीले निर्णय गर्ला । सबै साथीहरूको सम्मानजनक स्थान हुने भनेका छौं ।’

बुधबार राप्रपा पार्टी कार्यालय धुम्वाराहीमा राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमति पत्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका हुन् ।

एकताको सहमतिपत्रमा हस्ताक्षर गरेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले परिवर्तित सन्दर्भ र शुभेच्छुको सुझाव, दवावलाइ ध्यानमा राखेर बिगतका कमी कमजोरी नहोदरिने गरि एक हुने निर्णय गरेको बताए । उनले राष्ट्रवादी शक्तिहरुलाई एकतामा आउन आह्वान समेत गरे ।

थापाले समय र परिस्थीतिले एकै ठाँउ आउने अवस्था बनेको भन्दै बिगतका कमिकमजोरीबाट पाठ सिक्दै पार्टीलाई अघि बढाउने बताए ।

थापाले जेनजी आन्दोलनपछि बढेको ध्रुवीकरणमा राष्ट्रवादी शक्ति एक ठाउँमा आउनुपर्छ भनेर एकता गर्ने निर्णयमा पुगेको स्वीकारे ।

लिङ्देनले आफ्ना निकटस्थसँग पार्टीभित्र चर्किदो अन्तविरोध र आसन्न चुनावको पूर्वसन्ध्यामा आवश्यक एकता तयारी भएको ब्रिफिङ गरेका छ्न । यति बेला पार्टीभित्र उनी र महामन्त्री धवल राणा लगायतबीच मनामालिन्य बढ्दो छ । अर्का नेता रवीन्द्र मिश्रले फेसबुकमा लेख्दै पार्टीभित्र अन्तर्र्संघर्ष चुलिएको संकेत गरेका छन् । उनले ‘बम पड्किउँ’ भनी सांकेतिक आक्रोश पोखेका छन्, जहाँ अध्यक्ष लिङ्देन लगायत नेताहरुको कार्यशैलीबारे प्रश्न उठाइएको हुन सक्ने पार्टी स्रोत बताउँछ ।

लिङ्देनको पेलेर लैजाने कार्यशैलीका कारण पार्टीभित्र बस्न सकस हुँदै गएको नेताहरुको आरोप छ । तर राप्रपाका संस्थापन निकट नेताहरु भने लिङ्देनमा लो प्रोफाइलमा बसेर सबैसँग मिल्ने, मिलाउने संस्कारकै कारण राप्रपाको आन्तरिक एकता बलियो हुँदै गएको बताउँछन् ।

‘उहाँले पार्टीभित्र झगडामा हुनुभएका नेताहरुलाई मिलाइसक्नुभयो,’ एक राप्रपा पदाधिकारीले भने, ‘अहिले राप्रपामा झगडा छैन । बाहिर गएका कमल दाइलाई त उहाँले पार्टीमा ल्याइसक्नुभयो । उहाँको स्वभावकै कारण कमल दाइ निशर्त पार्टीमा फर्किनुभयो । यो सानो उपलब्धि होइन ।’

स्रोतका अनुसार कमल थापाले मकवानपुर १ मा यसअघि आफूलाई चुनावमा हराउने राप्रपाका दीपक सिंह नै आगामी चुनावमा उम्मेदवार बन्न चाहे समर्थन गर्ने बताएको बुझिएको छ ।

कमल थापासँग वार्ता- ‘आजको ऐतिहासिक दिनमा पुरानो कुरा नगरुँ’

हस्ताक्षर पत्रमा उल्लेख भएका बाहेकका सहमति के के छन् ?

अध्यक्ष राजेन्द्र लिङदेनजी, नाम राप्रपा र चुनाव चिन्ह हलो राख्ने सहमति छ ।

यहाँको भूमिका के हुन्छ ?

मेरो विषयमा पनि पार्टीले निर्णय गर्ला नि ।

अन्य नेताहरूको बारेमा ?

सबै साथीहरूको सम्मानजनक स्थान हुने भनेका छौं ।

विभाजनको चार वर्षमै एकता किन गर्नुभयो ?

हरेक व्यक्तिको जीवनमा जस्तै संस्थाको पयिन आरोह अवरोह हुन्छ । समय र परिस्थिति निर्णायक हुँदो रहेछ । जेनजीको आन्दोलनपछि ध्रुवीकरण बढ्यो । बदलिँदो परिस्थितिमा राष्ट्रवादी शक्ति एक ठाउँमा आउनुपर्छ भनेर एकता गर्ने निर्णयमा पुग्यौं ।

यहाँले राप्रपा नेपाल ब्युँताउने बेलामा राजसंस्थाको मुद्दा छोडेर ‘हिन्दुराष्ट्र, सुशासन र समृद्धि’ को नारा लगाउनु भएको थियो । राजतन्त्रको मुद्दा बोकेको पार्टीसँग किन मिल्नु भयो ?

राजसंस्थाप्रतिको आस्था र विश्वास संधै रहिरहेको थियो । त्यो मुद्दा केही समयलाई स्थगित मात्र भएको थियो । पुन: राजसंस्थाकै पक्षमा निर्णय गरिसकेको छौं ।

यहाँलाई पार्टी विभाजनको पछुतो छ कि छैन ?

यस्तो ऐतिहासिक दिनमा त्यसबारे नबोलौं होला ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More