― Advertisement ―

भल्भको स्टीम डेक OLED अमेरिकामा स्टक बाहिर छ, र मलाई लाग्छ कि हामी किन अनुमान गर्न सक्छौं

भल्भको स्टीम डेक OLED मोडेलहरू अमेरिकामा स्टक बाहिर छन्, र RAM संकट फेरि जिम्मेवार हुन सक्छ। थप पढ्नुहोस्
HomeLatest newsग्लोबल बक्सअफिसमा ‘धुरन्धर’ ले कमायो ९०० करोड भारु

ग्लोबल बक्सअफिसमा ‘धुरन्धर’ ले कमायो ९०० करोड भारु


राष्ट्रिय

समाचार.

  • बलिउड फिल्म ‘धुरन्धर’ सन् २०२५ मा विश्वव्यापी ९०० करोडभन्दा बढी कमाउने पहिलो भारतीय फिल्म बनेको छ।
  • फिल्मले भारतीय बक्सअफिसमा तेस्रो सातामा पनि स्थिर कमाइ देखाएको छ र ७०० करोड भारुको कमाइतर्फ अघि बढेको छ।
  • ‘धुरन्धर’ मा भारतीय जासूसको भूमिका रणवीर सिंहले निभाएका छन् र फिल्मको भाग २ मार्च २०२६ मा रिलिज हुने अपेक्षा छ।

मुम्बइ । बलिउड फिल्म ‘धुरन्धर’ सन् २०२५ मा विश्वब्यापी ९०० करोडभन्दा धेरै कमाउने पहिलो भारतीय फिल्म बनेको छ । तेस्रो सातामा पनि यसको बक्सअफिस आँकडा स्थिर देखिन्छ ।

यो गति कायम रहे, यसले चाँडै विश्व बक्सअफिसमा १००० करोड भारुको आँकडा पार गर्ने निश्चित छ ।

भारतीय बक्सअफिसमा मंगलबारसम्म फिल्मको कूल कमाइ ६१९.३० करोड भारु छ । तेस्रो सातामा पनि फिल्मको कमाइमा भयंकर गिरावट देखिएको छैन ।

तेस्रो साताको शुक्रबार २३.७० करोड भारु, शनिबार ३५.७० करोड भारु, आइतबार ४०.३० करोड भारु, सोमबार १९.७० करोड भारु, मंगलबार २०.४० करोड भारु नेट कमाइ छ ।

फिल्मले भारतीय बक्सअफिसमा क्रिसमस छेकोमा अझै उछाल कमाइ गर्ने प्रक्षेपण छ । बलिउड ब्यापार विश्लेषक तरण आदर्शका अनुसार फिल्म त्यहाँको बक्सअफिसमा ७०० करोड भारुको कमाइतर्फ अघि बढेको छ ।

भारतीय विदेश मन्त्रालयले पाकिस्तानमा चलाएको ‘धुरन्धर’ नामक जासूसी अप्रेसनको कथा यसभित्र छ । फिल्मको शीर्ष भूमिकामा देखिएका रणवीर सिंहले भारतीय जासूसको भूमिका निर्वाह गरेका छन् । दर्शकले अक्षय खन्नालाई पाकिस्तानी राजनीतिज्ञ रहमान डकैतको रुपमा रुचाएका छन् ।

प्रशंसा र विवादसँगै फिल्मले विश्वब्यापी चर्चा पाएको छ । फिल्मले उत्तर अमेरिका क्षेत्रमा पनि उत्कृष्ट कमाइ गरेको छ । पाकिस्तान विरोधी कथावस्तु भएको जनाउँदै खाडी मुलुकहरूले भने फिल्मलाई प्रतिबन्ध लगाएका छन् ।

फिल्मको भाग २ मार्च २०२६ मा रिलिज हुने अपेक्षा छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More