― Advertisement ―

एप्पलले अन्ततः म्याक मिनी प्रयोगकर्ताहरूलाई आज जटिल ह्याक वा समाधान बिना बाह्य GPU हरू प्रयोग गरेर पूर्ण एआई पावर खोल्न दिन्छ।

TinyGal मा प्रत्यक्ष रूपमा चलाउन मिल्ने GPUs मोडेल Macsप्रयोगकर्ताहरूले अब सुरक्षाहरू बाइपास नगरी AMD र Nvidia कार्डहरू प्रयोग गर्न सक्छन्TinyGPU ले MacOS 12.1 र...
HomeLatest newsग्रामी मनोनयनमा हिपहप स्टार केन्ड्रिक लामार सर्वाधिक ९ विधामा

ग्रामी मनोनयनमा हिपहप स्टार केन्ड्रिक लामार सर्वाधिक ९ विधामा


राष्ट्रिय

समाचार.

  • ग्रामी अवार्ड २०२६ का लागि हिपहप स्टार केन्ड्रिक लामार ९ विधामा सर्वाधिक मनोनित भएका छन्।
  • लेडी गागा ७ विधामा मनोनित भएकी छन् भने उदाउँदो कलाकार लियोन थोमस ६ विधामा मनोनित भएका छन्।
  • ग्रामी अवार्ड १ फेब्रुअरी २०२६ मा सीबीएस टिभीमा प्रसारण हुनेछ।

लस एन्जलस । विश्व संगीतको सर्वोच्च अवार्ड ग्रामीले यसवर्षको मनोनयनको घोषणा गरेको छ । हिपहप स्टार केन्ड्रिक लामार सर्वाधिक ९ विधामा मनोनित भएका छन् ।

अघिल्लो वर्ष शीर्ष तीनमध्ये २ विधा जितेका लामारले यसवर्ष ‘जीएनएक्स’ एल्बम र ‘लुथर’ एकल ट्रयाक ल्याए । यी दुईको ब्लकबस्टर सफलताले हिपहप स्टारले सन् २०२६ को ग्रामीमा पनि वर्चस्व राख्ने अपेक्षा गर्न सकिन्छ ।

रेकर्डिङ एकेडेमीले जारी गरेको मनोनयनमा, लामारले सन् २०२६ को ग्रामी अवार्डका लागि मनोनयनकर्ताको समूहमा ९ विधासहित अग्रता लिएका छन् ।

लेडी गागा ७ विधामा मनोनयन भएकी छन् । गागा निर्माता ज्याक एन्टोनोफ र सर्कुटसँगै दोस्रो सबैभन्दा धेरै सात मनोनयनमा परेकी छिन् । प्रत्येक वर्ष कम्तिमा एक जना उदाउँदो कलाकारले कसैले अनुमान गरेको भन्दा धेरै नामांकन पाउँछन्, र यस वर्ष ती कलाकार लियोन थोमस हुन् ।

उनले आश्चर्यजनक रूपमा ६ विधामा आफूलाई मनोनयन तुल्याएका छन्, जसले उनलाई सबरीना कार्पेन्टर, ब्याड बन्नी र अडियो इन्जिनियर तथा मिक्सर सेर्बन घेनियासँग बराबरी तुल्याएको छ ।

सन् २०२५ का केही ठूला हिट गीत वा एल्बम ग्रामी अवार्डबाट हराइरहेका छन्, या त क्यालेन्डरको समयको कारणले वा आफैले प्रतिस्पर्धामा भाग लिन नचाहेको कारणले ।

वर्षको दोस्रो सबैभन्दा ठूलो एल्बम मोर्गन वालेनको “आई एम द प्रब्लम“ हो, तर उनले ग्रामी अवार्डको लागि पेश नगर्ने घोषणा गरे । वर्षको सबैभन्दा ठूलो ब्लकबस्टर, टेलर स्विफ्टको “द लाइफ अफ अ शो गर्ल“, मनोनयन तय भैसकेपछि रिलिज भयो, जसले गर्दा प्रतिस्पर्धामा सहभागी हुने अवसरबाट बञ्चित रह्यो ।

कार्पेन्टरले एक वर्ष भन्दा बढी समयमा आफ्नो दोस्रो एल्बम, “म्यान्स बेस्ट फ्रेन्ड“ को साथ सहभागिता जनाइन् । पुनः एक पटक उनी रेकर्ड, गीत र वर्षको एल्बमको लागि मनोनित भइन् ।

व्यावसायिक रूपमा, यो वर्ष हिपहपको लागि कमजोर वर्ष रह्यो, तर त्यसले ग्रामी मतदाताको उत्साहलाई कम गरेन, जसले यस विधालाई केहीले प्रक्षेपण गरेको भन्दा बढी प्रतिनिधित्व दिए ।

लामार भन्दा पर हेर्दा डोइची, क्लिप्स र टायलरले पाँच-पाँच वटा मनोनयन प्राप्त गरे । ग्रामी अवार्ड १ फेब्रुअरी, २०२६ मा सीबीएस टिभीमा प्रसारण हुनेछ ।

रेकर्ड अफ द इयर

१) डीटीएमएफ- ब्याड बनी
२) म्यान चाइल्ड- सरविना कार्पेन्टर
३) एन्जाइटी- दोइची
४) वाइल्डफ्लावर- बिली एलिस
५) अब्राकाडाब्रा- लेडी गागा
६) लुथर- केन्ड्रिक लामार एसजेडएसँग
७) द सबवे- च्यापेल रोन
८) एपीटी- रोजे, ब्रुनो मार्स

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More