― Advertisement ―

एप्पल प्रयोगकर्ताहरूले डरलाग्दो iCloud मेटाउने इमेलहरू प्राप्त गर्दैछन्, र वास्तविक खतरा सुरु हुन्छ जब तपाइँ नक्कली अपग्रेड लिङ्क क्लिक गर्नुहुन्छ

खतरनाक रूपमा एप्पलले क्लाउडमा इमेल थिचेर नक्कली प्रेस गर्ने प्रयोगकर्ताहरू छन्। क्लिकहरूiCloud अलर्टहरूमा खराब व्याकरण धोखाधडीको स्पष्ट संकेत रहन्छनक्कली iCloud अपग्रेड लिङ्कहरू क्लिक गर्नाले...
HomeLatest newsगोरखा-२ बाट एमालेले गर्‍यो चक्रे मिलनलाई सिफारिस – KhabarHost

गोरखा-२ बाट एमालेले गर्‍यो चक्रे मिलनलाई सिफारिस – KhabarHost



१८ पुस, काठमाडौं । गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट मिलन गुरुङ (चक्रे मिलन) उम्मेदवारका रूपमा सिफारिस भएका छन् ।

आपराधिक तथा गुण्डागर्दी पृष्ठभूमिका गुरुङलाई एमालेले प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गरेको हो । गुरुङले निर्णय आफ्नो व्यक्तिगत इच्छाभन्दा पनि आम जनसमुदाय, विशेषगरी युवा तथा जेनजी पुस्ताको निरन्तर माग र दबाबका कारण लिएको बताएका छन् ।

गुरुङका अनुसार उनी २०५० सालतिरदेखि नै नेकपा एमालेमा सक्रिय रहँदै आएका छन् । उनले पार्टीसँग निरन्तर रूपमा आबद्ध भएर समाजसेवा र राजनीतिमा क्रियाशील रहेको दाबी गर्दै आएका छन् ।

यसैबीच, मिलन गुरुङको उम्मेदवारीबारे प्रतिक्रिया दिँदै गोरखाका युवा नेता प्रविण अधिकारीले भने, ‘जो कोही निस्वार्थ रूपमा राजनीति र समाजसेवाका लागि अघि बढ्छन्, त्यस्ता व्यक्तित्वलाई गोरखामा स्वागत गर्नुपर्छ ।’

एमालेको सिफारिसमा परेका गुरुङ भने विवादै विवादले घेरिएका पात्र हुन् । उनी पटक पटक पक्राउ पर्दै हिरासत र जेल पुग्ने गरेका छन् । पछिल्लो पटक उनी गत साउनमा पक्राउ परेका थिए । त्यतिबेला उनीसहितका व्यक्तिलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जको एक होटलबाट पक्राउ गरेको थियो ।

सर्वसाधारणलाई आतंकित पार्ने गतिविधि गरेको आरोप उनीमाथि लागेको थियो । यो मुद्दामा उनी धरौटीमा छुटेका थिए । उनीविरुद्ध भक्तपुरमा ज्यान मार्ने उद्योगको अर्को मुद्दा थियो । काठमाडौंबाट छुटेपछि उनलाई भक्तपुर पठाइएको थियो । भक्तपुर अदालतबाट पनि उनी धरौटीमा रिहा भएका थिए ।

प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस)को विवरण केलाउने हो भने उनीविरुद्ध अहिलेसम्म १२ पटक भन्दा बढी मुद्दा चलेको छ ।

कुनै समय (हाल दिवंगत) एमाले नेता प्रदीप नेपालका किचन क्याबिनेटका सदस्य भनेर चिनिने उनै मिलन गुरुङ अहिले चक्रे बनेर परिचित छन् ।

भुतपूर्व गोर्खाआर्मीका छोरा चक्रेको घर गोरखा सिरानचोक गाउँपालिका–५ छोप्राक हो । उनी काठमाडौंमा भने चक्रपथ महाराजगञ्जमा बसे । चक्रपथ क्षेत्रमा आफ्नो गतिविधि बिस्तार गरेर पछि चक्रे नामले नै अपराधको दुनियाँमा प्रख्यात भए । एक समय दरबारको निकट रहेको मानिने चक्रे २०४६ सालपछि भने एमाले बने । अनि महाराजगञ्ज क्षेत्रमा केटाहरू जम्मा पारेर त्यसक्षेत्रका बालुवा खानीका ठेक्काहरूमा कमिसन लिन थाले ।

महाराजगञ्ज एरियालाई आफ्नो आधार इलाका बनाउँदै ठेक्कापट्टामार्फत कमिसन र सलामी शेयर लिन थालेका उनी नदिनेविरुद्ध धम्की दिँदै कमिसन लिन थाले । सोही क्रममा पहिलो पटक चक्रे ७ साउन २०४७ मा पक्राउ परे ।

गुन्डागर्दीको रुपमा उदाउँदै गरेका चक्रेविरुद्ध त्यतिबेला कसैले उजुरी दिएको थिएन । प्रहरी प्रतिवेदनको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध केही सार्वजनिक अपराध (अहिलेको अभद्र व्यवहारको मुद्दा) चलायो । झिनो मुद्दा भएकाले उनी केही दिनमै छुटे ।

यसको करिब डेढ वर्षपछि फेरि चक्रेलाई परिसर काठमाडौंले नै पक्रियो । त्यतिबेला पनि प्रहरी प्रतिवेदनमै आधारमा सार्वजनिक अपराधको मुद्दा चलाइयो । उनी छुटे । त्यसयता भने पक्राउ पर्ने छुट्ने काम निरन्तर भइरहयो ।

२१ साउन २०७१ मा गुन्डा नाइके भनेर दिनेश अधिकारी चरी प्रहरी मुठभेडमा मारिए । ३ भदौ २०७३ मा अर्का गुण्डा नाइके कुमार घैंटे (कुमार श्रेष्ठ) मारिए । गुन्डाविरुद्ध प्रहरीले कठोर नीति लिएपछि काठमाडौंमा गुण्डागर्दी भने सामसुम हुँदै गएको थियो ।

त्यसपछि केही गुन्डाहरूले उपत्यका छाड्नदेखि देश नै छाड्न थालेका थिए । चक्रे पनि आफ्नो पूरानो रवाफ छाडेर सामान्य अवस्थामा लागे । प्रहरी कारबाहीबाट जोगिन उनी झनै सक्रिय भएर राजनीतिमा पनि लागे । पाखुरामा सूर्यको ट्याटु समेत हानेका चक्रे एमालेबाट गोरखाको प्रदेशमा चुनावमा समेत सिफारिस भएका थिए । यद्यपी पछि उनले टिकट पाएनन् ।

अहिले फेरि प्रतिनिधिसभामा सिफारिस भएका छन् । टिकट पाउँछन् वा पाउँदैनन् त्यो भने हेर्न बाँकी नै छ । आफूमाथि लागेको गुण्डाको आरोप बारे उनी भन्छन्, ‘लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएको छु । यसैक्रममा कहिलेकाहीँ आफूलाई ‘गुण्डा’ जस्ता आरोप लगाएर दु:ख दिने प्रयास भएको छ । तर एक साधारण नागरिकका रूपमा समाजसेवामै समर्पित रहेको हु । म समाजको सेवा गर्छु भन्न पनि नपाइने अवस्था बनाइयो ।’

समाजका विभिन्न क्षेत्रमा निरन्तर योगदान दिँदै आएको कारण गोरखाली जनताले आफूलाई जिताएर संसदमा पठाउनेमा आफू ढुक्क रहेको उनको भनाइ छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More