― Advertisement ―

क्लाउडले भर्खरै यसको सबैभन्दा शक्तिशाली उपकरणहरू निःशुल्क बनायो — फाइल निर्माणदेखि एप एकीकरणसम्म, सबै विज्ञापनहरू बिना

एन्थ्रोपिकले क्लाउडका सबै सुविधाहरू नि:शुल्क खोलेको छ। usersClaude's file creation, Connectors and customizable Skills features are now available to anyoneThe free plans have also...
Homeराष्ट्रिय समाचारगोरखा अस्पतालका नर्सहरू पनि आन्दोलित – KhabarHost

गोरखा अस्पतालका नर्सहरू पनि आन्दोलित – KhabarHost



१४ कात्तिक, गोरखा । सरकारले तोकेको पारिश्रमिक लगायतका मागहरू राख्दै गोरखा अस्पतालका नर्सहरू पनि आन्दोलनमा उत्रिएका छन् ।

‘न्यायगत तलब–हाम्रो सम्मान, हाम्रो सेवा’, ‘नर्सको श्रम शोषण बन्द गर’, ‘नर्सलाई नेपालमै बस्ने वातावरण सिर्जना गर’ लगायतका नारा लेखिएका प्ले कार्डसहित शुक्रबार अस्पताल परिसरमा उनीहरूले प्रदर्शन गरेका छन् ।

बिहान १० देखि १२ बजेसम्म नर्सिङ सेवा बन्द गरेर प्रदर्शन गरिएको नर्सिङ अफिसर रिना थापाले बताइन् ।

‘नर्सिङ एसोसियसनले देशव्यापी रुपमा आन्दोलन गरिरहेको छ,’ उनले भनिन्, ‘त्यसकै समर्थनमा आजबाट हामी पनि आन्दोलनमा उत्रिएका हौ ।’

आन्दोलन स्वरूप १८ कात्तिकसम्म बिहान १० देखि १२ गतेसम्म नर्सिङ सेवा बन्द गर्ने उनले बताइन् ।

नेपाल सरकारले २०८१ मंसिर २७ मा स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ र स्वास्थ्यकर्मीको पारिश्रमिक, सेवा–सुविधा सरकारीसरह नघट्ने गरी लागु गर्नुपर्ने निर्णय गरेको थियो ।

सरकारी मापदण्डअनुसार नर्सको न्यूनतम पाँचौं तहको तलब ३४ हजार ७३० रूपैयाँ र वरिष्ठ पाचौं तहको ३७ हजार ७४३ रुपैयाँ तोकिएको छ । तर तोकिएको भन्दा कम तलब पाएको नर्सहरूको गुनासो छ ।

जोखिम भत्ता पाउनुपर्ने, सार्वजनिक बिदाको दिन ड्यूटी गर्दा छुट्टै सेवासुविधा हुनुपर्ने, रातको समयमा ड्युटी गर्दा भत्ताको व्यवस्था हुनुपर्ने लगायतका माग उनीहरूको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More