― Advertisement ―

‘पूरा 40-घण्टा हप्ता अब 60 मिनेट लाग्छ’: Ahrefs’ नयाँ एआई एजेन्टहरूले ‘सधैं-अन’ मार्केटिङ समर्थनको वाचा गर्छन्

Ahrefs ले एउटा नयाँ उपकरण बजारमा ल्याएको छ। Letaido सँग Ahrefs डेटामा स्थानीय पहुँच हुनेछयसले हरेक हप्ता प्रयोगकर्ताहरूको घण्टा बचत गर्न मद्दत गर्ने प्रतिज्ञा...
HomeLatest newsगृहमन्त्री अर्यालले भने- म कुनै दलमा सहभागी छैन – KhabarHost

गृहमन्त्री अर्यालले भने- म कुनै दलमा सहभागी छैन – KhabarHost



१५ पुस, विराटनगर । गृहमन्त्री ओमप्रकाश अर्यालले आफू कुनै पनि राजनीतिक दलमा सहभागी नरहेको स्पष्ट पारेका छन् ।

मंगलबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू दलमा नरहेकाे बताएका हुन् ।

जेनजी आन्दोलनको जगमा बनेको वर्तमान अन्तरिम सरकारका गृहमन्त्री अर्याल सुरक्षा बैठकमा सहभागी हुन विराटनगर आइपुगेका हुन् ।

विराटनगर विमानस्थलमा बाेल्न नचाहेका उनलाई पत्रकारहरूले ‘एकातिर सरकारले सुशासनको कुरा गरिरहेको छ, अनि सरकारमा बसेका मन्त्रीहरू पार्टी खोलेर हिँडिरहेका छन् नि, तपाईं के भन्नु हुन्छ ? भनि प्रश्न गरेका थिए ।

जवाफमा मन्त्री अर्यालले आफू कुनै पनि दलमा संलग्न नरहेको दाबी गरे । उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘म दलमा सहभागी छैन, यतिसम्म भन्न सक्छु ।’

अन्तरिम सरकारमा रहेका मन्त्री कुलमान घिसिङले उज्यालाे नेपाल पार्टी खाेलेका थिए । साेमबार उनी संरक्षक रहेकाे उज्यालाे नेपाल पार्टीले रास्वपासँग पार्टी एकता गर्ने सहमति गरेकाे छ । सहमतिपछि घिसिङ रास्वपाकाे उपसभापति बन्रेछन् । अर्याल विराटनगरमा आयोजना हुने प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी भई सुरक्षा अवस्थाको वस्तुगत स्थितिको जानकारी लिनेछन् ।





Read More