― Advertisement ―

रोबोटहरू युद्धहरू लडिरहेका छन् र दंगा हटाउन मद्दत गरिरहेका छन् – चीनले दंगा पुलिसलाई एआई नियन्त्रित ड्रोनहरूको टोलीसँग सशस्त्र बनाउँदैछ र युक्रेनले 25,000 रोबोटहरूसँग...

चीन नयाँ परीक्षण गर्दै छन् क्षमताहरूरूससँगको युद्धको अग्रपङ्क्तिमा रोबोटहरू तैनाथ भइरहेका छन्चीनमा हुने विरोध प्रदर्शनहरूलाई चाँडै रोबोट र ड्रोनहरूको टोली प्रयोग गरेर प्रहरी परिचालन...
HomeLatest newsगुल्मीमा माटोको ढिस्कोले पुरिएर २ जना घाइते – KhabarHost

गुल्मीमा माटोको ढिस्कोले पुरिएर २ जना घाइते – KhabarHost



१३ पुस, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका–६ बुल्म राङदलचौरमा शनिबार दिउँसो घर लिप्ने माटो खन्ने क्रममा दुई जना घाइते भएका छन् ।

इस्मा गाउँपालिका–५ बनगाउँ निवासी वर्ष ४७ की हिरा बिष्ट र वर्ष २३ की सुमित्रा मुखिया घाइते भएका हुन् । माटोको ढिस्को खस्दा च्याप्पिएर उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी ) नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

घाइते हिरा बिष्टको बाँया आँखामाथि बाहिरी चोट लागेको छ भने शरीरका विभिन्न भागमा भित्री चोट रहेको छ । त्यस्तै सुमित्रा मुखियाको पनि शरीरका विभिन्न भागमा भित्री चोट लागेको प्रहरीले जनाएको छ ।

दुवै जनाको अवस्था मध्यम रहेको छ । उनीहरुलाई पुरिएको अवस्थामा स्थानीयले उद्धार गरेका थिए । घाइते दुवै जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More