― Advertisement ―

गति रणनीति होइन: मानव निर्णय एआई-नेतृत्व निर्णयहरूमा केन्द्रित हुनुपर्छ

संगठनहरूले एआई उपकरणले निर्णय लिने अपेक्षा गरिएको छ केही वर्ष पहिले अवास्तविकएआईले नाटकीय रूपमा विस्तार गरिरहेको छ कि संगठनहरूले कति चाँडो बुझ्न, व्याख्या...
HomeLatest newsगुल्मीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जना घाइते

गुल्मीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जना घाइते



१८ पुस, गुल्मी । गुल्मीको मालिका गाउँपालिका–५ मा बसको ठक्करबाट २ जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा मोटरसाइकल चालक मालिका–६ पौवा निवासी ३६ वर्षीय बसन्त अर्याल र मोटरसाइकलमा पछाडि सवार उनकी भाउजू करिब ५५/५६ वर्षीया मनकला अर्याल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए ।

लु ९ प ८१५० नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई विपरीत दिशामा रहेको लुम्बिनी प्रदेश ०० ख ०३५५ नम्बरको बसले ठक्कर दिएको थियो ।

मनकलाका नाति करिब ५/६ वर्षीय अनुभव गिरी सामान्य घाइते छन्। त्यस्तै बसमा सवार मालिका–६ राम्चे निवासी ४१ वर्षीया शिक्षिका लिलावती अर्याल पनि सामान्य घाइते छिन्।

घाइते चारै जनालाई उपचारका लागि जिल्ला अस्पताल तम्घासतर्फ पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनापछि बस चालक गुल्मी धुर्कोट गाउँपालिका–४ जैसिथोक निवासी ४१ वर्षीय चुरा बहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी इश्मा, गुल्मीबाट प्रहरी सहायक निरीक्षक रामअचल न्यौपानेको कमाण्डमा ४ जनाको टोली तथा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वत कुमार के.सी.को कमाण्डमा ७ जनाको टोली घटनास्थलमा खटिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





Read More