― Advertisement ―

यो मिस-टुमिस कुपन कोडले तपाईंलाई ग्यालेक्सी S26 अल्ट्रा यसको सबैभन्दा कम मूल्यमा प्राप्त गर्न सक्छ – $ 950 सम्म छुट

यदि तपाईंले Samsung Galaxy S26 Ultra को लागि उपयुक्त दिन हो, त्यसोभए आज तपाईंको सौभाग्यपूर्ण दिन पर्खन सक्छ। Samsung मा, आधिकारिक खुद्रा बिक्रेताले हाल...
HomeLatest newsगुल्मीमा आचारसंहिता उल्लंघन रोक्न उम्मेदवार र दलका प्रतिनिधिसँग छलफल

गुल्मीमा आचारसंहिता उल्लंघन रोक्न उम्मेदवार र दलका प्रतिनिधिसँग छलफल



११ माघ, गुल्मी । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै गुल्मीमा उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधिहरूलाई निर्वाचन आचारसंहिता सम्बन्धी जानकारी गराइएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय गुल्मीको आयोजनामा सम्पन्न कार्यक्रममा उम्मेदवार तथा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा जिल्ला निर्वाचन अधिकृत ऋषिराम घिमिरेले निर्वाचन आचारसंहिता २०८२ मा भएका प्रावधानहरूको विस्तृत जानकारी गराएका थिए ।

उनले निर्वाचनको क्रममा उम्मेदवार, राजनीतिक दल, समर्थक तथा सरोकारवालाहरूले के गर्न हुने र के गर्न नहुने विषयमा स्पष्ट पार्दै आचारसंहिताको पालना नगरे कानुनअनुसार कारबाही हुने जानकारी दिए ।

निष्पक्ष, स्वच्छ र मर्यादित निर्वाचनका लागि आचारसंहिता महत्त्वपूर्ण आधार भएको उनले उल्लेख गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रनाथ गैरैले निर्वाचन आचारसंहिता सबैले अनिवार्य रूपमा पालना गर्नुपर्नेमा जोड दिए ।

उनले जिल्लामा शान्तिपूर्ण, भयरहीत र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायसहित सबै सरोकारवाला निकायहरू तयारी अवस्थामा रहेको बताए ।

कुनै पनि प्रकारका अवाञ्छित गतिविधि हुन नदिन प्रशासन सतर्क रहेको उल्लेख गर्दै उनले सबै पक्षको सहयोग अपरिहार्य रहेको धारणा व्यक्त गरे ।

त्यसैगरी कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेलले निर्वाचनलाई सफल बनाउन सबै उम्मेदवार र राजनीतिक दलहरूले आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरे ।

आचारसंहिताको पालना गर्दा निर्वाचनप्रति आम नागरिकको विश्वास अझ सुदृढ हुने उनको भनाइ थियो ।

कार्यक्रमको अन्त्यमा सहभागी उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधिहरूले निर्वाचन आचारसंहिता २०८२ मा उल्लेखित व्यवस्थाहरूको पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाएका थिए ।

साथै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, सुरक्षा निकाय तथा प्रशासनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

गुल्मीमा दुई निर्वाचन क्षेत्र छन् । ती दुई निर्वाचन क्षेत्रमा गरी हालसम्म ४३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकृत ऋषिराम घिमिरेका अनुसार जिल्लामा कुल २ लाख २९ हजार ५ सय ४९ जना मतदाता रहेका छन् ।

तीमध्ये निर्वाचन क्षेत्र नम्बर–१ मा १ लाख २२ हजार १८६ जना र निर्वाचन क्षेत्र नम्बर–२ मा १ लाख ७ हजार ३६३ जना मतदाता रहेका छन् ।

जिल्लाभरि १४५ वटा मतदान केन्द्र र २८४ वटा मतदान स्थल तोकिएको छ ।  निर्वाचन नजिकिँदै जाँदा गुल्मी जिल्लामा राजनीतिक गतिविधि थप चहलपहल हुन थालेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More