― Advertisement ―

नयाँ Google Pixel 11 मा प्रति महिना $2.20 भन्दा कममा आफ्नो डेटा सुरक्षित गर्नुहोस्

The नयाँ Pixel 11 श्रृङ्खला गुगलको सफ्टवेयरको बारेमा धेरै थोरै सफ्टवेयरको परिचय हुन सक्छ, तर अनलाइन सफ्टवेयरको बारेमा धेरै सुधार गर्न सकिन्छ। सुरक्षा।Google द्वारा...
HomeLatest newsगुल्मीको चन्द्रकोटमा ट्याक्टर दुर्घटना, चालक पुरिएको अवस्थामा फेला

गुल्मीको चन्द्रकोटमा ट्याक्टर दुर्घटना, चालक पुरिएको अवस्थामा फेला



१८ पुस, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका–४ फुलबारीस्थित चोरकाटे-शान्तिपुर सडक खण्डमा गएराति ट्याक्टर दुर्घटना हुँदा चालक बालुवामा पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मजुवाबाट शान्तिपुरतर्फ जाँदै गरेको लु २ त ३९३५ नम्बरको ट्याक्टर बिहीबार राति करिब ९ बजे अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खेतमा पल्टिएको थियो ।

दुर्घटनामा परेको ट्याक्टर चालक सत्यवती गाउँपालिका–६ खैरेनी निवासी अन्दाजी २४/२५ वर्षीय सुरज सार्की घटनास्थलमै बालुवाले पुरिएको अवस्थामा फेला परेका हुन् ।

ट्याक्टर मर्मतका लागि निकाल्ने क्रममा बालुवामा पुरिएको अवस्थामा चालकको खुट्टाको भाग देखिएपछि घटनास्थल सुरक्षित गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

घटनाको प्रकृति गम्भीर रहेकाले इलाका प्रहरी कार्यालय रिडी गुल्मीबाट थप प्रहरीको टोली खटिएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(गुल्मीबाट अनिल खत्रीको सहयोगमा)

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More