― Advertisement ―

AI अचानक प्रशिक्षित भाषाहरूमा प्रवाहित हुँदै गइरहेको छ, र यसले मेसिनहरूले वास्तवमा मानव बोली कसरी सिक्ने भन्ने बारे सबै कुरा परिवर्तन गर्दछ।

एआई मोडलहरूको साथमा भाषाहरूमा तालिम लिनुहोस्। डेटाक्रोस-भाषिक स्थानान्तरणले दुर्लभ भाषा प्रदर्शनलाई बढावा दिन साझा ढाँचाहरूलाई अनुमति दिन्छटोकनाइजर दक्षता सुधारहरूले बहुभाषिक प्रशोधन लागत र गुणस्तरमा...
Homeगुल्मीका दुई ठाउँमा आगलागी, घर र गोठ जलेर नष्ट – KhabarHost

गुल्मीका दुई ठाउँमा आगलागी, घर र गोठ जलेर नष्ट – KhabarHost



७ कात्तिक, गुल्मी । गुल्मीका विभिन्न दुई स्थानमा आगलागी हुँदा एक घर र एक गोठ जलेर क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार रेसुङ्गा नगरपालिका–४ अर्खलेमा इश्वरीप्रसाद भण्डारीको ढुङ्गा–माटोले बनेको टिनले छाएको तीन तले घरमा विद्युत सर्ट भएर आगलागी भएको हो ।

आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । घरभित्र रहेका अन्नपात, लत्ताकपडा र भाँडासमेत जलेका छन् ।

सोही घरसँग जोडिएको पक्की घरको छतमा बनेका दुई कोठा पनि आंशिक रूपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) गंगाबहादुर सारुले बताए ।

प्रहरी टोली, स्थानीयवासी र दमकलको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मानवीय क्षति भने भएको छैन ।

प्रहरीले घरमा कति क्षती भएको भन्ने बारेमा विवरण संकलन गरिरहेको जनाएको छ ।

त्यसैगरी गुल्मीको चन्द्रकोट गाउँपालिका–५ किटनीमा शुक्रबार राति करिब १०:०० बजे धन बहादुर बिटालुको ढुङ्गा–माटोले बनेको खरको छानो भएको गोठमा आगलागी हुँदा १४ वटा बाख्रा र ६ वटा कुखुरा जलेर मृत्यु भएको छ ।

गोठभित्र रहेको अन्नपात समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीयवासीको सहयोगमा आगो बिहान करिब २:०० बजे नियन्त्रणमा लिइएको हो ।

प्रहरीले क्षतीको विवरण संकलन गरिहरको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More