राष्ट्रिय
समाचार.
- राजेशपायल राईको स्वरमा सजिएको गीत ‘जुनसँग के दाँजौं र’ युट्युबमा ओएसआर डिजिटिलको च्यानलमार्फत सार्वजनिक भएको छ।
- गीत भुवन लोहनीको शब्द र अभिनयमा रहेको छ भने दीपक शर्माले संगीत संयोजन गरेका छन्।
- भिडियो लमजुङको घलेगाउँमा छायांकन गरिएको छ र सुरेन्द्र बस्नेतले निर्देशन तथा कोरियोग्राफी गरेका छन्।
काठमाडौं । राजेशपायल राईको स्वरमा सजिएको गीत ‘जुनसँग के दाँजौं र’ युट्युबमा सार्वजनिक भएको छ ।
अमेरिकालाई कार्यथलो बनाउँदै आएका कलाकार भुवन लोहनीको शब्द र अभिनयमा रहेको म्युजिक भिडियो ओएसआर डिजिटिलको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो ।
लोहनीको शब्द रहेको गीतमा दीपक शर्माले संगीत संयोजन गरेका छन् । लमजुङको घलेगाउँलाई पृष्ठभूमिमा राखेर छायांकन गरिएको छ ।
जन्मथलो घलेगाउँको प्रचार गर्ने लक्ष्यसहित भिडियो छायांकनको अवधारणा कृष्णबहादुर थापाले तयार पारेका हुन् ।
भिडियोको निर्देशन तथा कोरियोग्राफी सुरेन्द्र बस्नेतले गरेका छन् । भडियोमा भुवन लोहनी र अर्बिशा थापाको अभिनय छ ।
भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका छन् । भिडियोका निर्माता सबिता भुवन जीएल र निशान लोहनी हुन् ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

