― Advertisement ―

अमेरिकाले स्वदेशी ड्रोन पार्टपुर्जाहरूमा $ 820 मिलियन डलर खन्यायो किनकि अधिकारीहरूले विदेशी आपूर्तिकर्ताहरूलाई राम्रोका लागि बन्द गर्न खोज्छन्

मिलियन डलर खर्चमा $20 लाखको घरेलु रकम फिर्ता उत्पादन क्षमताPDW ले सैन्य ड्रोन उत्पादनको लागि आफ्नो हन्ट्सभिल सुविधा विस्तार गर्ने योजना बनाएको छकोषले...
HomeLatest newsगायिका रचना रिमालले मतदाता नामावलीमा नाम दर्ता गरिन्

गायिका रचना रिमालले मतदाता नामावलीमा नाम दर्ता गरिन्


राष्ट्रिय

समाचार.

  • गायिका रचना रिमालले जिल्ला निर्वाचन कार्यालय काठमाडौंबाट मतदाता नामावलीमा नाम दर्ता गरेकी छन्।
  • उनले सामाजिक सञ्जालमा मताधिकार सुरक्षित गर्न सबैलाई आग्रह गरेकी छन्।
  • सरकारले २१ फागुनमा प्रतिनिधि सभा निर्वाचनको मिति तोकेको छ र कात्तिक मसान्तसम्म नाम दर्ता गर्न सकिने जनाइएको छ।

काठमाडौं । गायिका रचना रिमालले जिल्ला निर्वाचन कार्यालयमा पुगेर मतदाता नामावलीमा नाम दर्ता गराएकी छन् ।

उनले समयमै मताधिकार सुरक्षित गर्न पनि आग्रह गरेकी छन् । सरकारी सेवा चुस्त दुरुस्त पाएको बताउँदै उनले लाइन बसेको १० मिनेटमै काम सकिएकोमा खुसी दर्शाएकी छन् ।

उनले यसको जानकारी सामाजिक सञ्जालबाट दिँदै प्रशंसकलाई मताधिकार सुरक्षित गर्न आग्रह गरेकी हुन् ।

उनले लेखेकी छिन्, ‘ आज जिल्ला निर्वाचन कार्यालय काठमाडौंबाट मतदाता नामावलीमा नाम दर्ता गरेकी छु । सरकारी सेवा यस्तो चुस्तदुरुस्त पनि हुने रहेछ । कार्यालय पुगेर लाईन बसेको १० मिनेट आसपासमै काम सकियो । एकदमै सहज र व्यवस्थित रुपमा दर्ता कक्ष संचालन भैरहेको पाए । हजुरहरू पनि उमेर पुगि नाम दर्ता छुटाउनु भएको छ भने समयमै दर्ता गराई आफ्नो मताधिकार सुरक्षित गर्नुहोला है ।’

सरकारले २१ फागुनमा प्रतिनिधि सभा निर्वाचनको मिति तोकेको छ । कात्तिक मसान्तसम्म आयोगको वेबसाइटमार्फत मतदाता नामावली दर्ता गर्न सकिने जनाइएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More