― Advertisement ―

27 सुन्दर बेज-प्रेरित गृह कार्यालयले तपाईंको शान्त, तटस्थ कार्यस्थान सिर्जना गर्न खोज्छ

शैम्पेन बेजदेखि स्टोन ओटसम्म, यो कार्यालयको फर्निचर, डेस्क र अत्यावश्यक सामानहरू बनाउनका लागि आवश्यक छ। थप पढ्नुहोस्
HomeLatest newsगाडीसहित एक जना नियन्त्रणमा – KhabarHost

गाडीसहित एक जना नियन्त्रणमा – KhabarHost



२९ पुस, काभ्रेपलाञ्चोक । सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ मा रहेको एसबीआई बैंक लुटपाटमा संलग्न एक जना व्यक्ति गाडिसहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार साँझ ७ बजेतिर बैंकमा लुटपाट भएको थियो ।

लुटपाटपछि अहिले प्रहरी सक्रिय भएको र अनुसन्धान प्रक्रिया अघि बढेको जिल्ला प्रहरी कार्यालयका एसपी लालध्वज सुवेदीले जानकारी दिए ।

उनका अनुसार, बैंक लुटपाटमा संलग्नहरू चढेर गएको गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिएको हो ।

उक्त गाडीमा नकाबधारीहरू बिहेमा जाने भन्दै चढेको र अन्य कुरा थाहा नभएको ती चालकले बताएका छन् । यद्यपि थप सोधखोज चलिरहेको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार भने नकाबधारीहरू छिरेर त्यहाँ रहेका सेक्युरिटी गार्डलाई हिर्काएर कर्मचारी नियन्त्रण लिएर पैसा लुटेर भागेका थिए ।

उनीहरूको थप खोजी भइरहेको प्रहरीले जनाएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More