― Advertisement ―

Intel 486 प्रयोगकर्ताहरूले सेवानिवृत्तिको सामना गर्छन् किनभने लिनक्स कर्नेलले आधुनिक कम्प्युटिङ वातावरणमा दशकौं पुरानो प्रोसेसरहरूसँग अनुकूलता छोड्छ।

Linux 4 मा विकासकर्ताहरूले समर्थन हटाएका छन्। CPULinus Torvalds भन्छन् कि त्यहाँ 486 अनुकूलता कायम गर्न शून्य वास्तविक कारण छIngo Molnar ले लिनक्स कर्नेलहरूमा...
Homeअन्तर्राष्ट्रियगाजामा इजरायली सेनाको आक्रमणमा मृत्यु हुनेको संख्या १०४ पुग्यो

गाजामा इजरायली सेनाको आक्रमणमा मृत्यु हुनेको संख्या १०४ पुग्यो


News Summary

Generated by OK AI. Editorially reviewed.

  • गाजामा इजरायली सेनाले मंगलबार राति गरेको आक्रमणमा १०४ जनाको मृत्यु भएको छ, जसमा ४६ बालबालिका र २० महिला छन्।
  • इजरायली रक्षामन्त्री काट्जले हमासले सैनिकमाथि आक्रमण गरेको र युद्धविराम उल्लंघन गरेको दाबी गरेका छन् भने हमासले आफ्नो भूमिका नभएको बताएको छ।
  • आक्रमणले गाजा सिटी, बेत लाहिया, बेरेज, नुसरत र खान युनिसका घर, विद्यालय र आवासीय भवनहरूमा क्षति पुगेको छ।

१२ कात्तिक, काठमाडौं । गाजामा इजरायलले मंगलबार राति गरेको आक्रमणमा मृत्यु हुनेको संख्या १०४ पुगेको छ ।

 हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले मंगलबार राति इजरायली सेनाले गरेको आक्रमणमा १०४ मृत्यु भएको पुष्टि गरेको हो ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार कूल १०४ मृतकमध्ये ४६ जना बालबालिका र २० जना महिला  समेत छन् । घटनामा २५० जनाभन्दा धेरै घाइते भएका छन् ।

इजरायली सेनाले दर्जनौं आतंकवादीको अड्डालाई निशाना बनाइएको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजना प्रस्ताव अनुसार इजरायल र गाजामा सक्रिय हमासबीच युद्धविराम सम्झौता भएको थियो ।

इजरायली रक्षामन्त्री इजरायल काट्जले हमासले इजरायली सैनिकमाथि आक्रमण गरेको र बन्धकको शव फिर्ता गर्ने मामिलामा तय भएको शर्तको उल्लघंन भएको दाबी गरेका बीबीसीले जनाको छ ।

तर, हमासले भने पछिल्लो आक्रमणमा आफ्नो कुनै भूमिका नभएको बताउँदै युद्धविरामका लागि पूर्णरूपमा प्रतिबद्ध रहेको प्रतिक्रिया दिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले समेत कुनै पनि कुराले युद्धविरामलाई खतरामा नपार्ने प्रतिक्रिया जनाएका छन् ।

ट्रम्पले भने, ‘जब इजरायली सैनिकमाथि निशाना साँधिन्छ भने इजरायलले जवाफ दिनुपर्छ ।’

मंगलबार राति इजरायली सेनाले गरेको आक्रमणमा गाजा सिटी, बेत लाहिया, बेरेज, नुसरत र खान युनिस क्षेत्रका घर, विद्यालय र आवासीय भवनहरूमा क्षति पुगेको छ ।

गाजा सिटीका प्रत्यक्षदर्शीले बताएअनुसार विस्फोटले कयौं आवासीय घर थर्किएका थिए भने त्यसपछि आगो र धुँवाको मुस्लो उडेको देखिएको थियो ।

यसअघि मंगलबार बेलुकी इजरायली प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहुको कार्यालयबाट जारी संक्षिप्त बयानमा सेनालाई भीषण आक्रमणका लागि निर्देशन दिइएको उल्लेख थियो । तर, आक्रमणको निर्देशन दिनुको कारण भने खुलाइएको थिएन ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More