― Advertisement ―

यस पूर्व-निर्मित गेमिङ पीसीमा RTX ५०६० र Best Buy मा ३२GB DDR5 RAM सँग $200 छुट प्राप्त गर्नुहोस्

हालसालै राम्रो मूल्यमा PC पार्ट्सहरू फेला पार्न गाह्रो भइरहेको छ, विशेष गरी चलिरहेको RAM संकटको साथ। धन्यबाद, तपाईंले अहिले नै सबै समस्याहरू बाइपास...
HomeLatest newsगाउँपालिकाको अध्यक्षबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार

गाउँपालिकाको अध्यक्षबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार



६ माघ, उदयपुर । लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कोशी प्रदेश समिति सदस्यसमेत रहेका राईले सोमबार दिउँसो पदबाट राजीनामा बुझाएर निर्वाचन अधिकृतको कार्यालय कटारी पुगी उम्मेदवारी दर्ता गराएका हुन् ।

नेकपाबाट उदयपुर–२ बाट चुनाव लड्ने आकांक्षी रहेका उनले पार्टीले टिकट नदिने भएपछि अन्तिममा स्वतन्त्र उम्मेदवारी दर्ता गरे ।

यस क्षेत्रमा नेकपाले भने सुरेशकुमार राईलाई उम्मेदवार बनाएर मनोनयन दर्ता गराइसकेको छ।

मेजरकुमार राई २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट लगातार दुई कार्यकाल लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More