― Advertisement ―

शार्कले केही उत्कृष्ट भ्याकुम क्लीनरहरू बनाउँछ — यो सुविधाजनक क्लीन एण्ड इम्प्टी मोडेलले भर्खरै अमेजनमा आकर्षक मूल्य कटौती गरेको छ।

हाम्रो <a data-analytics-id="inline-link" href="https://www.techradar.com/home/vacuums/the-best-vacuum-cleaners" मा जानुहोस्। data-url="https://www.techradar.com/home/vacuums/the-best-vacuum-cleaners" data-hl-processed="none" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/home/vacuums-b-vacuums/vacuumes क्लिनर गाइड र तपाईंले त्यो Shark ले दुईवटा देखा पर्दछ। यदि तपाईं आफ्नो घरको...
HomeLatest newsगण्डकी प्रदेशका हवाई कम्पनीको सिट उपयोग क्षमता ८० प्रतिशत

गण्डकी प्रदेशका हवाई कम्पनीको सिट उपयोग क्षमता ८० प्रतिशत


राष्ट्रिय

समाचार.

  • गण्डकी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा हवाई सेवा कम्पनीको सिट उपयोग क्षमता ७९.१३ प्रतिशत पुगेको छ।
  • गत आव गण्डकीमा विदेशी पर्यटक आगमन २६ प्रतिशतले वृद्धि भई ६९ हजार ४ सय ९१ पुगेको छ।
  • गण्डकी प्रदेशका ५९ स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ४ सय ४५ व्यक्तिलाई औसतमा ४८ दिन रोजगारी दिएको छ।

२७ कात्तिक, काठमाडौं । गण्डकी प्रदेशका हवाई सेवा कम्पनीको कारोबारमा सुधार आएको छ । आर्थिक वर्ष २०८१/८२ मा गण्डकी प्रदेशमा दर्ता हवाई सेवा कम्पनीका सिट उपयोग क्षमतामा सुधार भई ७९.१३ प्रतिशत पुगेको हो ।

नेपाल राष्ट्र बैंकको वार्षिक अध्ययन प्रतिवेदन अनुसार गत आव २५ हवाई कम्पनीले १४ हजार १ सय ५८ उडान गरेको उल्लेख छ ।  अघिल्लो आव हवाई कम्पनीको सिट उपयोग क्षमता ७७.८५ प्रतिशत थियो ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार २०८१/८२ मा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) उपभोक्ता मूल्यमा ४.६१ प्रतिशतले वृद्धि हुने अनुमान छ । अघिल्लो आव यस्तो वृद्धिदर ३.६७ प्रतिशत थियो ।

गत आव गण्डकीको आर्थिक वृद्धिदर ५.५१ प्रतिशत रहने अनुमान छ । यस प्रदेशको जीडीपीमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमश: २७.८, १६.५ र ५५.८ प्रतिशत रहने अनुमान छ ।

समीक्षा वर्षमा गण्डकीका ११ जिल्लामा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा करिब १.११ प्रतिशतले ह्रास आई ४ लाख ३१ हजार ३ सय ८५ हेक्टर कायम भएको छ ।

तरकारी, फलफूल, मसला, चिया र कफी खेतीले ढाकेको क्षेत्रफल क्रमश: ०.३१, ६.३५, २.१३, १.०४ र ४.६१ प्रतिशतले वृद्धि भएको छ भने खाद्य, नगदे तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा १.५५ प्रतिशतले कमी आएको अध्ययनले देखाएको छ ।

गत आव गण्डकीमा प्रमुख कृषि बाली उत्पादनमा ४.८६ प्रतिशतले कमी आएको छ । खाद्य, नगदे तथा अन्य बाली र फलफूल उत्पादनमा क्रमश: ९.०५ र ०.४८ प्रतिशतले कमी आएको छ भने तरकारी, मसला, कफी र मह उत्पादनमा क्रमश: १०.९८, ५.२६, ४७.९५ र ६९.६९ प्रतिशतले वृद्धि भएको छ ।

उक्त अवधिमा उक्त प्रदेशका बैंक तथा वित्तीय संस्थाले कृषि, वन र माछापालन क्षेत्रमा २४ अर्ब ६ करोड कर्जा लगानी गरेका छन् । यो रकम यस प्रदेशमा प्रवाहित कुल कर्जाको ६.७४ प्रतिशत हो ।

गत आव गण्डकी प्रदेशका उद्योगको औसत उत्पादन क्षमता उपयोग ३९.१९ प्रतिशत छ । गत आव यस्तो अनुपात ३९.२० प्रतिशत थियो ।

गत आव चाउचाउ, क्याप्सुल औषधि, बियर, चुरोट, प्रशोधित दूध, ड्राई सिरप औषधि र तोरी तेल उत्पादनमा वृद्धि भएको छ भने इँटा, ओइन्टमेन्ट औषधि, ट्याब्लेट औषधि, चकलेट, लिक्विड औषधि, बिस्कुट र सिमेन्ट उत्पादनमा कमी आएको छ ।

गत आव बैंक तथा वित्तीय संस्थाले गण्डकी प्रदेशमा प्रवाहित कुल कर्जाको ७.८२ प्रतिशत अर्थात् २७ अर्ब ९१ करोड कर्जा औद्योगिक क्षेत्रतर्फ प्रवाह गरेका छन् ।

गत आव गण्डकीमा विदेशी पर्यटक आगमन संख्या २६ प्रतिशतले वृद्धि भई ६९ हजार ४ सय ९१ छ । त्यस्तै होटलको शय्या संख्या बिक्री ३.८ प्रतिशतले वृद्धि भई ७५ हजार ४ सय १९ छ भने अकुपेन्सी ३१.८४ प्रतिशत छ जुन गत वर्ष ३१ प्रतिशत थियो । पछिल्लो समय आन्तरिक तथा वाह्य पयर्टनमा सुधार आएकाले सेवा क्षेत्रमा तदनुरूप सकारात्मक प्रभाव देखिएको हो ।

गण्डकीबाट गत आव उच्च शिक्षाका लागि विदेश जाने प्रवृत्ति उच्च रहनु, बसाइँसराइ, प्राविधिक तथा व्यावसायिक तालिमको व्यवस्था पर्याप्त मात्रामा हुन नसक्दा विश्वविद्यालयमा विद्यार्थी संख्या ५.३१ प्रतिशत ह्रास देखिएको छ । तर, शिक्षक संख्यामा भने १.३३ प्रतिशतले वृद्धि देखिएको छ ।

गत आव  बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन १४.६ प्रतिशतले वृद्धि भई ६ खर्ब १२ अर्ब २९ करोड पुगेको छ । कुल कर्जा प्रवाह २.३ प्रतिशतले वृद्धि भई ३ खर्ब ५६ अर्ब ९२ करोड पुगेको छ । पर्यटन क्षेत्रमा प्रवाहित कर्जा रकम गत वर्षभन्दा ०.५६ प्रतिशतले वृद्धि भई २३ अर्ब ८९ करोड पुगेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्रिय गौरवका आयोजनामध्ये कालीगण्डकी करिडोर अन्तर्गतको मालढुंगा–राम्दी–गैँडाकोट खण्डको भौतिक प्रगति करिब ८० प्रतिशत र बेनी–जोमसोम खण्डको भौतिक प्रगति करिब ८७ प्रतिशत छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत गोरखा–लमजुङ खण्डको भौतिक प्रगति ७७ प्रतिशत र कास्की–पर्वत–बाग्लुङ खण्डको ८२ प्रतिशत छ । तनहुँ जलविद्युत् आयोजना तथा बुढीगण्डकी जलविद्युत् आयोजनाको भौतिक प्रगति क्रमश: ६७ र १६.५५ प्रतिशत छ ।

यस प्रदेशका ५९ स्थानीय तहले २०८१/८२ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेका छन् । जसबाट ७ सय ८९ आयोजना मार्फत् कुल ४ सय ४५ व्यक्तिले औसतमा ४८ दिन रोजगारी पाएको अध्ययनले औँल्याएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More