― Advertisement ―

मंगलबार, अप्रिल ७ (खेल #७६५) का लागि NYT Strands संकेत र जवाफहरू

अर्को दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT puzzle रात्रिको लागि तपाइँको दिनको मध्यमा एक नयाँ समय देखा पर्दछ। जसको मतलब कोही मान्छे सधैं 'आजको खेल' खेलिरहेका...
Homeविचार/ब्लगगणतन्त्र, धर्मनिरपेक्षताको पक्षमा जेनजी नेताहरू – KhabarHost

गणतन्त्र, धर्मनिरपेक्षताको पक्षमा जेनजी नेताहरू – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • जेनजी नेताहरूले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समानूपातिक समावेशीता स्वीकार गरेको बताएका छन्।
  • उनीहरूले वर्तमान राजनीतिक नेतृत्वमा राजनीतिक इच्छाशक्ति र दलियाकरणप्रति शंका व्यक्त गरेका छन्।
  • कतिपय नेताहरूले भ्रष्टाचार गरी सम्पत्ति थुपारेको भन्दै तेस्रो पुस्तालाई नेतृत्वमाथि खबरदारी गर्न आह्वान गरेका छन्।

१६ असोज, काठमाडौं । जेनजी नेताहरू गणतन्त्र, धर्मनिरपेक्षताको पक्षमा उभिएका छन् ।

उनीहरूले विज्ञप्ति निकालेर संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र पूर्ण समानूपातिक समावेशीता र अर्थपूर्ण सहभागीताको अवधारणालाई आफूहरूले स्वीकार गरेको बताएका छन् ।

आफूहरूले अहिलेको व्यवस्था भन्दापनि त्यसको नेतृत्वकर्तामा प्रश्न उठाएको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूले विज्ञप्तिमार्फत् भनेका छन्, ‘हाम्रो शंका राजनीतिक नेतृत्व, राजनीतिक इच्छाशक्ति, दलीय नैतिककता, कार्यप्रणाली र व्याप्त दलियाकरण र दलतन्त्रप्रति हो । यसर्थ, हामी वर्तमान राजनीतिकर्मीलाई खबरदारी पनि गर्न चाहन्छौं ।’

कतिपय नेताहरूले देश लुटेर भ्रष्टाचार गरी सम्पत्ति थुपारेको भन्दै उनीहरूले दलका तेस्रो पुस्तालाई नेतृत्वमाथि खबरदारी गर्न र लुटेको धन फिर्ताको पहल गर्न समेत आह्वान गरेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More