― Advertisement ―

केही कार निर्माताहरूले एफएम रेडियोहरू छोडिरहेका छन् — र रिभियन R2 फ्यानहरू खुसी छैनन् कि उनीहरूलाई उजाडस्थानमा धुनहरू सुन्न सेलफोन सिग्नल चाहिन्छ।

रिभियन आफ्नो सवारी साधनहरूमा AM/FM ट्युनरहरू फिर्ता गर्ने सबैभन्दा नयाँ कार निर्माता बनेको छ र केही सम्भावित पेन्टरहरू खुसी छन्। More
HomeLatest newsगगन थापा – KhabarHost

गगन थापा – KhabarHost



१७ पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजी आन्दोलनको मूल मर्म सुशासनको प्रवर्द्धन भएको बताएका छन् ।

बिहीबार साँझ एउटा भिडियो सार्वजनिक गर्दै थापाले जेनजी आन्दोलनको मर्मलाई संस्थागत गर्ने कुरा अब हुने निर्वाचन र त्यसपछि बन्ने सरकारले मात्र सम्भव गर्न नसक्ने बताए ।

उनले आन्दोलनले धेरै आधारभूत र जटिल विषयहरु ब्युँताएको बताएका छन् । ‘जेन जी आन्दोलनको मूल मर्म सुशासनको प्रवर्द्धन थियो।
त्यो मर्मलाई संस्थागत गर्ने कुरा अब हुने निर्वाचन वा बन्ने सरकार मात्रले सम्भव हुँदैन,’ उनले भने, ‘यस आन्दोलनले धेरै आधारभूत र जटिल विषयहरू ब्युँताएको छ । यसका लागि, निर्वाचनपछि बन्ने संसद्ले के–कस्ता प्राथमिक काम गर्नुपर्छ भन्ने विषयमा अहिले नै न्यूनतम समझदारी आवश्यक छ।’

उनले थप भनेका छन्, ‘सम्पूर्ण राजनीतिक दल, सरोकारवाला निकाय र जेन्जी साथीहरूलाई एकै ठाउँमा उभिएर यस्तो साझा समझदारीका लागि सहकार्य गर्न यसै भिडियोमार्फत अपिल गर्दछु।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More