― Advertisement ―

HomeLatest newsगगन थापाले गरे सभापतिको उम्मेदवारी घोषणा – KhabarHost

गगन थापाले गरे सभापतिको उम्मेदवारी घोषणा – KhabarHost



१७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

हिमालयन टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा कुराकानी गर्दै उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

‘तपाईं आसन्न नेपाली कांग्रेसको महाधिवेशनमा सभापतिको उम्मेदवार हो ?’ प्रस्तोता निमेष बन्जाडेले सोधेको प्रश्नको जवाफमा थापाले भनेका छन्, ‘त्यसमा त कुनै डाउट नै भएन नि !’

कांग्रेस महाधिवेशनको मिति घोषणा भएपनि पहिलोपटक अन्तर्वार्तामा बसेको भन्दै थापाले यसलाई घोषणा नै भन्न सकिने बताए ।

थापाले थप भनेका छन्, ‘म पन्ध्रौं महाधिवेशनको सभापतिको उम्मेदवार हो । मलाई के विश्वास छ भने नेपाली कांग्रेसका बहुसंख्यक साथीहरूले पन्ध्रौं महाधिवेशनबाट यो ऐतिहासिक पार्टी नेतृत्व गर्ने जिम्मेवारी दिनुहुन्छ भन्ने छ ।’

यस्तै, अन्तर्वार्ताका क्रममा थापाले चुनावमा जानुअघि सर्वपक्षीय सहमतिका लागि केही प्रस्तावहरू अघि सारेका छन् ।

प्रतिनिधिसभाको चुनावमा आफू कुन क्षेत्रबाट उठ्ने, बालेनसहितका नेताहरूसँगको सम्बन्ध, नयाँ कांग्रेसको प्रारूप लगायत विषयमा अन्तर्वार्ता केन्द्रित छ ।

पूरा अन्तर्वार्ता आज (बुधबार) राति ९ बजे हिमालय टेलिभिजनमा हेर्न सकिन्छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More