― Advertisement ―

टिम कुकले राजीनामा दिए, जोन टर्नस एप्पलको नयाँ सीईओ बन्ने

Tim Cook>स्टेप डाउन टर्नसले सेप्टेम्बरमा सीईओको भूमिका ग्रहण गर्नेछन्कुक कार्यकारी अध्यक्ष बन्न कानाफूसीहरू सत्य थिए। लामो समय Apple CEO https://www.techradar.com/tech.com/ data-hl-processed="none" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/tag/tim-cook">टिम कुक...
HomeLatest newsखेलकुदमन्त्री गुप्ता भन्छन्- विकास नहुनुको कारण नीतिगत भ्रष्टाचार नै हो

खेलकुदमन्त्री गुप्ता भन्छन्- विकास नहुनुको कारण नीतिगत भ्रष्टाचार नै हो



११ कात्तिक, सिरहा । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले देशमा मौलाएको नीतिगत भ्रष्टाचारकै कारण विकासका काम अघि बढ्न नसकेको बताएका छन् ।

मन्त्री गुप्ता आज आफ्नो गृहजिल्ला सिरहाको भ्रमणका क्रममा जेनजी समूह लहानले आयोजना गरेको सम्मान तथा भेटघाट कार्यक्रममा देशभर नीतिगत भ्रष्टाचार व्यापक बनेको र त्यसकै परिणामस्वरूप जनतामा असन्तुष्टि र विद्रोहको भावना बढ्दै गएको बताए ।

‘शिक्षा, स्वास्थ्य, खेलकुदलगायत सबै क्षेत्रको उचित विकास नहुनुको मूल कारण नीतिगत भ्रष्टाचार नै हो’, मन्त्री गुप्ताले भने, ‘यही भ्रष्टाचारको अन्त्यका लागि भएको जेनजी आन्दोलनमा युवाहरूले बलिदान दिनुपर्ने स्थिति आयो ।’

उनले जेनजी आन्दोलनलाई पनि भ्रष्टाचारको अन्त्य र रोजगारी सिर्जनाका मागमा केन्द्रित जनआन्दोलनको रूपमा व्याख्या गरे ।

‘यो आन्दोलनले युवाको आवाज र चाहना स्पष्ट रूपमा देखाएको छ’, उनले भने, ‘अब सरकारले युवाको सोच र आकांक्षाअनुसार नीति बनाउनुपर्छ ।’

मन्त्री गुप्ताले लहानमा रहेको खेलकुद क्षेत्रका पुराना विवाद र नीतिगत अनियमितताको विषयमा पनि चर्चा गरे । उनले बलान पुल नजिकको लहान खेलकुदको सात बिघा पाँच कट्ठा १७ धुर जग्गाको उचित मूल्य नउठेको र त्यसमा पनि नीतिगत भ्रष्टाचार भएको बताए ।

‘यो प्रकरणको फाइल म आफैंले खोजी गरिरहेको छु’, उनले भने ।

गृहजिल्ला आएको अवसरमा मन्त्री गुप्ताले लहान–१५ स्थित जेनजी सहिद विजय चौधरीको परिवारसँग सोमबार भेटघाट गरेका थिए । सो अवसरमा उनले शहीद परिवारलाई सरकारले बेवास्ता गर्न नहुने र सहिदका सपना पूरा गर्ने दिशामा आफू सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरे ।

मन्त्री गुप्ताले आगामी दिनमा सिरहाको खेलकुद क्षेत्रको पूर्वाधार निर्माण र युवा कार्यक्रमका लागि विशेष पहल गर्ने आश्वासन दिए । राससबाट





Read More