― Advertisement ―

मार्वल प्रतिद्वन्द्वीले अब अन्ततः हामीलाई कालो बिरालोको रूपमा खेल्न दिन्छ, तर उनको डरलाग्दो आसनले मलाई उनको पीठको लागि चिन्तित बनाउँछ – ‘मलाई थाहा छ...

Seavel>Seavel> अन्ततः ब्ल्याक क्याटलाई ड्युलिस्टको रूपमा थप्छउनको चरित्र चयन पोजले यसको अप्ठ्यारो स्थितिको लागि हलचल पैदा गरेको छ केही खेलाडीहरूले सुझाव दिएका छन् कि...
HomeLatest newsखानेपानी उद्घाटनमा राजनीतिक भाषण गरेको भन्दै कार्यक्रम छाडेर हिँडे भारतीय राजदूत

खानेपानी उद्घाटनमा राजनीतिक भाषण गरेको भन्दै कार्यक्रम छाडेर हिँडे भारतीय राजदूत


News Summary

Generated by OK AI. Editorially reviewed.

  • भारत सरकारको सहयोगमा सोताङ गाउँपालिका-१ सोलुखुम्बुमा बनेको बसेपु-हलु खानेपानी आयोजना उद्घाटन कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले राजनीतिक भाषण नहुने भन्दै कार्यक्रम बीचमै छाडेर हिँडेका छन्।
  • कार्यक्रममा गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले एक घर एक धारा जडान कार्यक्रममार्फत् सबैलाई खानेपानी दिने बचन दिनुभएको थियो र त्यसपछि राजदूतले असन्तोष व्यक्त गरेका थिए।
  • गाउँपालिका सूचना अधिकारी अरुण बस्नेतका अनुसार राजदूतले प्रोटोकल नमिलेको र राजनीतिक भाषण हुँदा कार्यक्रम छोट्याएर हिँड्नुभएको हो र आगामी दिनमा सहकार्य जारी राख्ने बताएका छन्।

१ कात्तिक, विराटनगर । भारत सरकारको सहयोगमा सोताङ गाउँपालिका-१ सोलुखुम्बुमा निर्मित बसेपु-हलु खानेपानी आयोजनाको उदघाटनमा सहभागी हुन गएका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव कार्यक्रमको बीचमै उठेर हिँडेका छन् ।

गाउँपालिका अध्यक्ष खिलराज बस्नेत बोलिसकेपछि प्रमुख अतिथिको रुपमा राजदूत श्रीवास्तव बोल्ने पालो थियो । तर उनी नबोली हिँडेका हुन् ।

सामाजिक सन्जालमा आएको एक भिडियो क्लिपमा अध्यक्ष बस्नेतलाई राजदूत श्रीवास्तवले भनेका छन्, ‘राजनीतिक भाषण हामीलाई हुँदैन । यो कार्यक्रम तपाईंले आफ्नो राजनीतिका लागि नगर्नुस् ।’

यति भनेर राजदूत श्रीवास्तव आफ्नो टोलीका सदस्यहरुसहित कार्यक्रम स्थलबाट हिँडेका थिए ।

भएको के थियो ?

यो घटना गत असोज ३० गते बिहीबारको हो । भारतीय राजदूत श्रीवास्तव, काउन्सिलर अभिनासकुमार सिंह सहितको टोली भारत सरकारको सहयोगमा निर्मित आयोजना उद्घाटन र निरीक्षणका लागि हेलिकप्टर चढेर सोलुखुम्बु गएको थियो ।

खुम्बु पासाङल्हामु गाउँपालिका र महाकुलुङ गाउँपालिकामा निर्माण भइरहेका आयोजना अवलोकन गरिसकेर उनीहरु सोताङ गाउँपालिकाको बसेपु-हलु खानेपानी आयोजना उद्घाटनका लागि पुगेका थिए ।

कार्यक्रम ११ बजेका लागि तय भए पनि राजदूतको टोली आइपुग्न ढिला भएकाले करिब २ बजेतिर मात्र कार्यक्रम सुरु भएको थियो । कार्यक्रम एक घण्टामै सक्ने गरी तालिका बनाइएको थियो ।

सोही तालिका अनुसार वडा नम्बर २, ३ र ४ का अध्यक्ष, एक चिकित्सक र एक शिक्षकले भाषण गरे । उनीहरूलाई तीन/तीन मिनेट समय निर्धारण गरिएको थियो ।

त्यसपछि बोल्ने पालो आयो गाउँपालिका अध्यक्ष बस्नेतको । कार्यक्रममा मन्तव्य राख्न अरुलाई तीन/तीन मिनेट समय छुट्याइएको भनिए पनि गाउँपालिका अध्यक्ष बस्नेतले १३ मिनेट बढी समयसम्म भाषण गरेका थिए ।

के बोले अध्यक्षले ?

अंग्रेजीमा भाषण सुरु गर्दै उनले जेनजी आन्दोलनको प्रसंग उठाए । सो  आन्दोलन भ्रष्टाचार, अव्यवस्था र चरम राजनीतिकरणको उपज भएको सुनाए । उनले ठूला राजनीतिक दलमा कार्यशैलीप्रति असन्तुष्ट समूह र राजनीतिकरण नचरुचाउने युवाले आन्दोलन गरेको बताए ।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको भूमिका बाँध्दै उनले नेपालमा विकास आवश्यक रहेको भन्दै त्यसमा भारतीय सहयोग आवश्यक परेको बताए ।

अंग्रेजीमा बोलिसकेपछि उनले नेपाली र हिन्दी मिसाएर बोल्न सुरु गरे ।  उनले तामाङ समुदायको बस्तीमा ध्यान केन्द्र र पुस्तकालय भवन तथा हुलु माविको १२ कोठे भवन निर्माण यसै आर्थिक वर्षमा सुरु गर्न राजदूतलाई अनुरोध गरे ।

साथै उनले आगामी आर्थिक वर्षमा अर्को एक अस्पताललाई सिटीस्क्यान मेसिन, एम्बुलेन्स र विद्यालयलाई बस पनि माग गरेका थिए । यो राजदूतावासका लागि सामान्य कुरा भएको पनि उनले बताए ।

घाँटीभरि माला लगाएका उनले एक घर एक धारा जडान कार्यक्रममार्फत् गाउँपालिकाबासी सबैलाई खानेपानी पुर्‍याउने बचन पनि दिए ।

त्यसपछि प्रमुख अतिथि राजदूत श्रीवास्तवले कार्यक्रम ‘राजनीतिक’ भएको भनेर असन्तोष व्यक्त गरे । अनि आफ्नो पालोमा नबोली कार्यक्रम बीचमै छाडेर हिँडेका थिए । उनले गाउँपालिकाको मायाको चिनो पनि कार्यक्रमस्थलमा लिन मानेनन् ।

यसबारे सोध्न खोज्दा गाउँपालिका अध्यक्ष बस्नेतले ‘मिटिङमा’ भएको भन्दै पछि कुरा गर्ने अनलाइनखबरलाई बताए ।

तर गाउँपालिकाका सूचना अधिकारी अरुण बस्नेतले भने कार्यक्रम राजनीतिक भएको र प्रोटोकल नमिलेको भन्दै राजदूत श्रीवास्तव कार्यक्रममा नबोलेको बताए ।

‘कार्यक्रम लामो भएको र राजनीतिक भाषण गरेकाले राजदूत रिसाएर हिँडेको भनेरजसरी प्रचार गरिएको छ, त्यस्तो होइन,’ उनले भने ।

उनका अनुसार राजदूत श्रीवास्तवसँगै गाउँपालिका अध्यक्ष र आफू हेलिकप्टर चढेर काठमाडौं आएको उनले बताए । राजदूत श्रीवास्तवलाई मायाको चिनो पनि काठमाडौंको एयरपोर्टमै दिएको उनले बताए ।

‘सबै कुरा सामान्य छ। राजदूतले आगामी दिनमा पनि सहकार्य जारी राखौँला भन्नु भएको छ,’ उनले भने ।

दूतावाससम्बद्ध एक अधिकारीले पनि कार्यक्रममा कुनै अन्यथा नभएको बताए । विकास आयोजनामा सहयोग गर्न गएको कार्यक्रममा राजनीतिक कुराहरु हुन थालेकोले  कूटनीतिक प्रोटकल ख्याल गर्दै कार्यक्रम छोट्याएर राजदूत हिँडेको बताए । ‘खानेपानी आयोजनाको उद्घाटन गर्ने कार्यक्रममा राजनीतिक कुरा आएपछि राजदूतले प्रोटोकल ख्याल गर्नुभएको हो’ अन्यथा केही होइन’ ती अधिकारीले भने ।

सोलुखुम्बकी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेका अनुसार बिहीबार सोलुखुम्बुमा राजदूतका तीन वटा कार्यक्रम थिए । खुम्बु क्षेत्रमा अनुगमन गरेका उनले महाकुलुङ गाउँपालिकामा गुम्बा उद्घाटन गरेका थिए । सोताङको खानेपानी ट्याङ्की उद्‌घाटन गर्न आएका थिए । कार्यक्रम सकेर राजदूत फर्किएको उनले बताइन् । सोताङको विवादको विषयमा औपचारिक जानकारी नभएको बताइन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More