― Advertisement ―

ह्याकरहरूले क्लाउड र ChatGPT को प्रयोग ‘आक्रामक क्षमतामा महत्त्वपूर्ण विकास’ मा सरकारी एजेन्सीहरू उल्लङ्घन गर्न, करोडौं नागरिक रेकर्डहरू लीक गर्न

Gambits रिपोर्ट क्लासमा लोकप्रिय उपकरण प्रयोग गरियो उल्लङ्घनClaude Code + GPT‑4.1 संचालित शोषण, स्क्रिप्ट, र RCEएकल आक्रमणकारीले करोडौं नागरिक रेकर्डहरू चोर्योठूला उद्यमहरूले चाँडै नै...
HomeLatest newsखाद्य विभागको ‘र्‍यापिड एक्सन’, लेबलविहीन घिउ जफतदेखि पुराना जार नष्टसम्म

खाद्य विभागको ‘र्‍यापिड एक्सन’, लेबलविहीन घिउ जफतदेखि पुराना जार नष्टसम्म


राष्ट्रिय

समाचार.

  • खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंमा आकस्मिक अनुगमन गरी गुणस्तर विपरीत खाद्य वस्तु जफत र नष्ट गरेको छ।
  • अन्नपूर्ण मिनरल वाटर इण्डस्ट्रिजमा पुराना जार फेला पारी विभागले ४० थान जार नष्ट गरेको छ र पानीको नमुना संकलन गरेको छ।
  • खाद्य वस्तु भण्डारणमा लापरबाही भेटिएपछि विभागले सुधारका लागि निर्देशन दिएको र उपभोक्तालाई लेबल हेर्न अनुरोध गरेको छ।

४ माघ, काठमाडौं । बजारमा खाद्य वस्तुको स्वच्छता र गुणस्तर सुनिश्चित गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आफ्नो सक्रियता बढाएको छ ।

विभागले जनगुनासोका आधारमा ‘र्‍यापिड रेस्पोन्स मोडालिटी’ मार्फत काठमाडौंका विभिन्न स्थानमा आकस्मिक अनुगमन गरी कारबाही प्रक्रिया अघि बढाएको हो ।

विभागले २४, २८ र २९ पुसमा गरेको विशेष अनुगमनका क्रममा कैफियत भेटिएका खाद्य वस्तु जफत गर्ने, नमुना संकलन गर्ने र मापदण्ड विपरीतका सामग्री नष्ट गर्ने कार्य गरेको छ ।

बानेश्वरको हाटबजारमा ‘अर्गानिक’ भन्दै लेबलविहीन नौनी बिक्री

२४ पुसमा पुरानो बानेश्वरमा लाग्ने शनिबारे हाटबजारमा अनुगमन गर्दा दुई व्यवसायीले ‘इलामको नौनी घिउ’ र ‘अर्गानिक’ भन्दै लेबल नभएको सामग्री बिक्री गरिरहेको पाइएको थियो ।

बिक्रीका लागि राखिएको उक्त नौनीमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर वा म्याद सम्बन्धी कुनै पनि अनिवार्य विवरण उल्लेख थिएन ।

विभागले उक्त नौनीको नमुना संकलन गरी थप अनुसन्धान र प्रयोगशाला विश्लेषणका लागि पठाएको छ ।

अन्नपूर्ण मिनरल वाटरका ४० थान पुराना जार नष्ट

२८ पुसमा चन्द्रागिरी–८ स्थित अन्नपूर्ण मिनरल वाटर इण्डस्ट्रिजमा गरिएको अनुगमनका क्रममा विभागले ४० थान पुराना र कोत्रिएका जारहरू फेला पारी तत्काल नष्ट गरेको छ ।

प्रशोधित पिउने पानीमा लेउ भेटिएको र जारहरू चुहिएको भन्ने उजुरीका आधारमा विभागको टोली त्यहाँ पुगेको थियो ।

अनुगमनका क्रममा सरसफाइको अवस्था सामान्य रहे पनि पुराना जारहरू प्रयोगमा रहेको पाइएपछि ती जार नष्ट गरिएको हो ।

साथै, पानीको गुणस्तर यकिन गर्न नमुना संकलन गरिएको छ र उद्योगलाई नियमित सरसफाइ तथा अभिलेख दुरुस्त राख्न निर्देशन दिइएको छ ।

२९ पुसमा चन्द्रागिरी–१२ स्थित भेराइटी इन्टरनेसनलमा गरिएको अनुगमनमा खाद्य वस्तुहरूको भण्डारणमा गम्भीर लापरबाही भेटिएको छ ।

उक्त फर्मले खाद्य सामग्रीहरू सिधै भुइँको सम्पर्कमा आउने गरी राखेको पाइएपछि विभागले तत्काल सुधारका लागि निर्देशन दिएको छ ।

खाद्य वस्तुहरू भुइँमा नराखी अनिवार्य रूपमा ‘प्यालेट’को प्रयोग गरेर मात्र भण्डारण गर्न विभागले सचेत गराएको छ ।

विभागकी प्रवक्ता डा. बाल कुमारी शर्माले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयमा कुनै पनि सम्झौता नगर्ने बताइन्  ।

‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ बमोजिम अनुगमनलाई थप प्रभावकारी बनाइने र कैफियत भेटिएका व्यवसायीलाई कानुन बमोजिम कडा कारबाही गरिने विभागले जनाएको छ ।

साथै, विभागले उपभोक्ताहरूलाई कुनै पनि खाद्य वस्तु खरिद गर्दा अनिवार्य रूपमा लेबल हेर्न र शंकास्पद वस्तु फेला परेमा तुरुन्त विभागमा जानकारी गराउन समेत अनुरोध गरेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More