― Advertisement ―

आर्टेमिस II डाटा विस्फोटले नासालाई अपोलो युगको रेडियो सीमाभन्दा बाहिर जंगली नयाँ लेजर संचार क्षेत्रमा धकेल्छ

प्रणालीले पुरानो डेटाको मात्रालाई हस्तान्तरण गर्न सक्दैन। कुशलतापूर्वकलेजर संचारले परम्परागत रेडियो प्रणाली भन्दा धेरै डाटा प्रसारण गर्दछइन्फ्रारेड प्रकाशले विशाल दूरीहरूमा उच्च-गति अन्तरिक्ष संचार सक्षम...
HomeLatest newsखलनायक नहीं, नायक हुँ मै – KhabarHost

खलनायक नहीं, नायक हुँ मै – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपालमा अहिले नायकको खोजी भइरहेको छ र समाजले सत्यनिष्ठ, निर्भिक र इमान्दार नायकको अपेक्षा गरेको छ।

‘श्रीमतीलाई छाडेर अरू कति जना महिलासँग रात बिताउनुभएको छ ?’ लेखिका सोध्छिन् ।

सन्जु भन्छन्, ‘यसमा यौनकर्मीलाई पनि गन्ने हो ? भो यिनीहरूलाई छाडौं । त्यस हिसाबले करिब ३०८ जनासँग सुतेको छु । त्यसपछि त गन्नै छाडिदिएँ ।’

यही एउटा जवाफ, जसले संजय दत्त अर्थात सञ्जुको बायोग्राफी लेख्न ती लेखिका राजी हुन्छिन् । लेखिकालाई लाग्छ, यिनी झुट बोल्दैनन् । त्यसो भए झुट कसले बोल्यो त ? कसले एउटा सुपरस्टारको जीवन धूलोपिठो बनाइदियो त ? कसले कसैको रंगीन दुनियाँ भताभुंग बनाइदियो त ?

राजकुमार हिरानी निर्देशित फिल्म ले कत्ति पनि अलमल नगरी भन्छ, ‘मिडियाले ।’

त्यस्ता मिडिया, जो जवाफदेही सामग्री पस्कँदैनन् । एउटा मान्छेको औसत गल्तीहरूलाई प्रश्नसूचक हेडलाइन बनाएर भयंकर सनसनीपूर्ण सामाग्री पस्कन्छन् । धेरैलाई लागेको थियो, यो फिल्मले संजय दत्तको कथा भन्छ । भन्न त सञ्जय दत्तकै कथा भनेको छ तर अनुत्तरदायी मिडियालाई ट्वाइलेट पेपर बनाएर ।

राजकुमार हिरानीले फिल्म नै यस्तो बनाउँछन्, त्यसले कुनै न कुनै क्षेत्रलाई रन्थनिने गरी झापट हानिदिन्छ । पहिलो फिल्म मुन्ना भाइ एमबीबीएसमा स्वास्थ्यलाई, थ्री इडियट्समा शिक्षालाई, पिकेमा धर्मलाई र सञ्जुमा सञ्चार माध्यामलाई झापट हाने । रोचक चाहिँ के भने, यसमध्ये अधिकांश फिल्ममा उनले सञ्जय दत्तलाई अभिन्न भूमिकामा जोडे । र समाजलाई भनिरहे, ‘ऊ खलनायक होइन है बरू असाधारण खुबी भएका अभिनेता हुन् ।’

सिनेमाको विरासत बोकेर जन्मिएका सञ्जय दत्त फिल्ममा नायक बनाइए, समाजमा खलनायक । उनले आफूलाई जतिसुकै जुझारु, इमानी र विद्रोही नायक देखाए पनि उनको छवीमा दाग रहिरह्यो । आखिर सन् १९९३ मा उनको फिल्म आयो ‘खलनायक ।’

यो फिल्मको एउटा सर्वकालीन गीत छ, ‘नायक नहीं खलनायक हुँ मै ।’

‘हो म इमानले बाँच्न चाहन्थें
तर मलाई इमान्दारहरूबाट डर लाग्यो
सबैलाई थाहा थियो म कमजोर छु
त्यसैले आज अर्कै भएको छु
म नायक होइन, खलनायक हुँ ।’

नायक र खलनायकको विरोधाभास जीवन बाँचेका उनै सञ्जय दत्त यतिबेला नेपाल आएका छन् । उनका पिता एवं दिग्गज फिल्ममेकर सुनिल दत्तले नेपाली फिल्मलाई गुण लगाएका थिए, सुरुवाती चरणमा । फिल्म ‘माइतीघर’मा उनी अतिथि भूमिकामा देखिएका छन् । तर, सञ्जय दत्त आफ्ना पिताले छाडेका पदचापहरू पछ्याउँदै यहाँसम्म आएका होइनन् । बरू कमर्सियल जुवाखालको पानसमा दियो बाल्न आएका हुन् ।

उनी त्यही समयरेखामा नेपाल आइपुगे, जतिबेला नेपाली समाजमा नायकको खोजी भइरहेको छ । तर, नायक ठानिएकाहरू कतै खलनायक त होइनन् ? समाज अलमलमा छ । झुट, झेल र झमेलाको राजनीतिले कसैलाई श्रीपेच लगाइदिएको छ त कसैलाई जुत्ताको माला । समाज स्पष्ट छैन, आखिर यहाँ के भइहेको छ ?

जेनजी विद्रोह अघिको उकुसमुकुस र पछिको उथलपुथलले अनगिन्ती पात्रलाई सतहमा ल्याइदिएको छ । र समाजलाई भनिएको छ, ‘यिनै अनुहारमध्ये एकजना छान, जसले तिमीलाई घात गर्नेछैन ।’

यो निर्णयक मोडमा उभिएर समाज परिकल्पना गर्छ, ‘हामीलाई त त्यस्तो नायक चाहिएको छ, जस्तो हिन्दी फिल्म नायकमा अनिल कपुर थियो ।’ धमाधम मुलुकमा व्याप्त विकार पहिल्याउने, फटाफट कारबाही गर्ने र सरासर उन्नत राज्यको विर्निमाण गर्ने । लोभ र डरबाट मुक्त । सत्यनिष्ठा, निर्भिक र इमान्दार । परिश्रमी, जुझारु र दूरदर्शी । आत्मविश्वास र विवेकले भरिपूर्ण । साँच्चैको श्रद्धा गर्न योग्य, नायक ।

रमाइलो संगोग त के भने करिब–करिब फिल्मका अनिल कपुर जस्तै फरक पेशा, फरक क्षेत्र र फरक पृष्टभूमिमा रमाइरहेकाहरूलाई हठात सत्ताको बागडोर सम्हाल्नुपर्ने चुनौतीमौका आइपरेको छ । महावीर पुनले भनेकै थिए, ‘किताब बेच्दै गरेको मान्छेलाई यहाँ ल्याएर मन्त्री बनाइदियो यार ।’

राजनीति गर्छु, नेता बन्छु, प्रधानमन्त्री हुन्छु भनेर कहिल्यै नचिताएका पात्रहरूलाई परिस्थितिको तुफानी बेगले सत्ताको नजिक पुर्‍याइदिएको छ ।

कोही बेपर्वाह र्‍याप गाइरहेका थिए, कोही तगडा अन्तर्वार्ता लिइरहेका थिए, कोही नेताहरूको झाँको झार्नेगरी प्रश्न गरिरहेका थिए, कोही कुशलतापूर्वक आफ्नो क्षमता प्रस्तुत गरिरहेका थिए, कोही समाजमा जागरण फैलाउँदै थिए । ती सबै अहिले ‘नेता’ भएका छन् र सत्ताको अग्निपरीक्षामा होमिएका छन् । यसले कोही न कोही त नायक जन्माउनेछ । अनि खलनायक पनि ।

प्रकाश सपूतदेखि मीनबहादुर भामसम्म, रीमा विश्वकर्मादेखि त्रिशला गुरुङसम्म राजनीतिमा चलमलाएका छन् । यो लस्करमा सुदन गुरुङसमेत मिसिएका छन्, जो जेनजी बिद्रोहमा पानी बाँड्दै थिए । राजनीतिकै जन्मकुण्डली लिएर जन्मिएजसरी पूर्णकालीन झण्डा र झोला बोकेर हिँडेकाहरूलाई लाखापाखा लगाउँदै नयाँ–नयाँ अनुहार देखापरेका छन् । यो हुलमुलमा निश्चल बस्नेत पनि भित्रभित्रै लागिपरेका छन् । उनी आफैंमा सिपालु फिल्ममेकर हुन् ।

नेपाली फिल्मको ट्रेन्डसेटर नै भनिने उनले एउटा गर्विलो कुरा गरेका थिए, कुनै अर्न्तवार्तामा  । सम्भवत ‘लुट’ फिल्म किन बनाउनुभयो ? भन्ने प्रश्नमा उनले यस्तो जवाफ दिएका थिए, ‘नेपाली फिल्म हेरेर चित्त बुझ्दैनथ्यो । आफैंलाई चित्त बुझाउनका लागि आफैंले हेर्न चाहेजस्तो सिनेमा बनाउका लागि ।’

अहिले उनी सिनेमाबाट राजनीतिमा आउनुको जवाफ पनि सम्भवत यस्तै हुनसक्छ, जस्तो कि महान दार्शनिक प्लेटोले भनेका थिए, ‘राजनीतिमा सहभागी हुन अस्वीकार गर्नुको एउटा सजाय के हो भने अन्ततः तपाईं आफूभन्दा कमजोर र अयोग्य व्यक्तिहरूद्वारा शासित हुनुपर्छ।’

आफूले खोजेजस्तै शासन व्यवस्था निर्माण गर्नका लागि अहिले धेरै व्यक्ति राजनीतिमा आएका छन्, सायद ।

सत्ता र सिनेमाको यो समीकरणमा को नायक भएर निस्किएलान्, को खलनायक ? समयको सूचनापाटीमा स्पष्ट नाम खुल्ने नै छ । तर, त्यो नाम नायक फिल्मको अनिल कपुर जस्तै निस्किएलान् त ?

त्यस्तो तिलस्मी र स्वैरकाल्पनिक नायक सायद फिल्ममा मात्र हुन्छ । नायक कुनै व्यक्ति जस्तो हुनसक्छ तर कुनै व्यक्ति दुरुस्त नायक जस्तो नहुन सक्छ । किनभने मान्छेको जीवन स्क्रिप्टेड हुन्न, जसलाई होशियारपूर्वक रचना गरिएको होस् । मान्छेमा नायक हुन्छ र खलनायक पनि । यी दुबै चरित्रको अर्न्तद्वन्द्वमा बाँचेको हुन्छ मान्छे । त्यसैले मान्छेले सबैभन्दा पहिले लड्नुपर्ने आफैंसँग हो । जित्नुपर्ने आफैंलाई हो । आफैंभित्रको लोभ, मोह, भयलाई जितेपछि प्रकट हुन्छ, नायक ।

मान्छे आफैंमा गल्तीहरूको शृंखला हो । दुनियाँमा यस्ता कोही नहोलान्, दूधले नुहाएका । गल्ती, कमजोरीका बाबजुत जसले आफूलाई निरन्तर सुधार्ने यत्न गर्छ, सामूहिक हितका लागि आफ्नो स्वार्थ त्याग्छ, इमान र श्रमको जगमा नयाँ धरातल रचना गर्छ उही नायक हुनेछन् ।

समाज त्यही नायकको पर्खाइमा छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More