― Advertisement ―

युवाहरूले बढ्दो रूपमा AI लाई विश्वास गर्दैनन् – वा अरबपतिहरू जसले हामीलाई बताउँछन् कि हामी सबैले AI लाई माया गर्नुपर्छ, सर्वेक्षणले पत्ता लगायो

जवानहरू पढाइप्रति आकर्षित हुँदैछन्। AIलगभग आधाले AI ले आफ्नो करियरमा नकारात्मक प्रभाव पार्ने बताउँछन्उनीहरू एआईका प्रमुख व्यक्तित्वहरू र कार्यकारीहरूमाथि पनि शंका गर्छन्युवा अमेरिकीहरू एआईलाई...
HomeLatest newsखड्ग रानाभाटलाई एनएसजेएफको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’

खड्ग रानाभाटलाई एनएसजेएफको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’


राष्ट्रिय

समाचार.

  • नेपाल खेलकुद पत्रकार मञ्चले खड्ग रानाभाटलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरेको छ।
  • रानाभाटले १४ वर्षको उमेरमा २०२० सालमा खेल जीवन सुरु गरेका थिए र राष्ट्रिय खेलाडी समेत रहिसकेका छन्।
  • उनी १९७० मा छैटौं एशियाली खेलमा नेपाल प्रतिनिधित्व गर्दै ३ हजार मिटर स्टिपल चेजमा आठौं स्थान हासिल गरेका थिए।

२३ पुस, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले खड्ग रानाभाटलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरेको छ ।

पोखरामा बुधबार भएको अवार्ड कार्यक्रममा रानाभाटलाई उक्त अवार्डबाट सम्मान गरिएको हो ।

खेल क्षेत्रमा आफ्नो जीवन समर्पित गरेकाप्रति सम्मान व्यक्त गर्दै यो अवार्ड दिइन्छ ।

रानाभाटले १४ वर्षको उमेर २०२० सालबाट आफ्नो खेल जीवन सुरु गरेका थिए । एथलेटिक्स, भलिवल र फुटवलका राष्ट्रिय खेलाडी समेत रहिसकेका उनी सन १९७० मा थाइल्याण्डको वैंककमा सम्पन्न छैटौं एशियाली खेलमा नेपालको तर्फबाट सहभागी हुँदै ३ हजार मिटरको स्टिपल चेजमा आठौं स्थान हासिल गरेका थिए ।

२०४१ सालमा राष्ट्रिय खेलकुद परिषदको मुख्य प्रशिक्षक रहेका रानाभाट २०६८ मा परिषदको सदस्यसमेत बनेका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More