― Advertisement ―

चीनले समुद्री पानीबाट युरेनियम निकाल्छ, ईन्धनले भरिएको महासागरहरूको साथ “असीमित ब्याट्री जीवन” को 2050 लक्ष्यको नजिक जान्छ

चीनले मार्लेभल किलोअनग्राम मुनिबाट सफलतापूर्वक निकासी गर्यो अवस्थाहरूसबै ज्ञात भूमि-आधारित निक्षेपहरू भन्दा महासागरहरूमा धेरै युरेनियम हुन्छसमुद्री पानीको युरेनियम सांद्रता अत्यन्त कम छ, जसले रिकभरी...
HomeLatest news‘क्लाइमेट स्मार्ट सिटीज’ परियोजनाअन्तर्गत २० सरकारी विद्यालयलाई अनुदान वितरण

‘क्लाइमेट स्मार्ट सिटीज’ परियोजनाअन्तर्गत २० सरकारी विद्यालयलाई अनुदान वितरण


राष्ट्रिय

समाचार.

  • क्लाइमेट स्मार्ट सिटीज परियोजना अन्तर्गत काठमाडौं र चितवनका २० सरकारी विद्यालयलाई फण्ड उपलब्ध गराइएको छ।

३० कार्तिक, काठमाडौं । ‘क्लाइमेट स्मार्ट सिटीज’ परियोजना अन्तर्गत काठमाडौं र चितवनका २० वटा सरकारी विद्यालयलाई ‘फण्ड’ उपलब्ध गराइएको छ । साथै विद्यार्थी तथा शिक्षकलाई वातावरण संरक्षण तथा फोहोर व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरिएको छ ।

परियोजनाको मुख्य साझेदार संस्था एनिमल नेपालले विद्यालयस्तरीय जागरण, वेस्ट म्यानेजमेन्ट र मानव–जनावर–वातावरणको अन्तरसम्बन्धका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

एनिमल नेपालकी कार्यक्रम संयोजक सुलक्षणा राणाका अनुसार यो परियोजनाले प्लास्टिक प्रदूषण न्यूनीकरणका साथै जनावरमाथि हुने क्रूरताको मानसिक प्रभावलाई पनि सम्बोधन गर्दै बालबालिकामा करुणा र समानुभूतिको भावना विकास गर्ने उद्देश्य लिएको छ । ‘बच्चाहरूले स्कुलमा सिकेको कुरा घर–परिवार र समुदायसम्म पुर्‍याउँछन्, जसले जनावरप्रति दया र वातावरण संरक्षण दुवै क्षेत्रमा दीर्घकालीन प्रभाव पार्छ’ उनले भनिन् ।

परियोजनाको नेतृत्व गरिरहेको संस्था क्रिएसन नेपालले कार्यक्रममा २० विद्यालयका शिक्षक तथा विद्यार्थीहरूलाई फण्ड हस्तान्तरण र रिपोर्टिङ तालिम प्रदान गरेको छ ।

क्रियसन नेपालकी प्रोजेक्ट अफिसर लिला पौडेलका अनुसार यो परियोजनामा हरेक विद्यालयमा ‘क्लाइमेट स्मार्ट क्लब’ गठन गरिन्छ । विद्यार्थीहरू नै अध्यक्ष, उपाध्यक्ष र सदस्य बनेर आफैं योजना बनाउँछन् । साथै उनीहरूले नै बजेट व्यवस्थापन र कार्यक्रम सञ्चालन गर्छन् । ‘रुख रोप्ने, फोहोर वर्गीकरण, डस्टबिन वितरण, नाटक प्रदर्शनदेखि समुदाय सरसफाइसम्मका गतिविधि विद्यार्थी आफैंले गर्छन्’ पौडेल भन्छिन्, ‘यसले उनीहरूको नेतृत्व क्षमता र दस्तावेजीकरण सीप दुवै विकास हुन्छ ।’

तीन वर्षे यो परियोजनाले विद्यार्थी, युवा, सफाइकर्मी र स्थानीय समुदायलाई एकै ठाउँमा ल्याएर प्लास्टिकको पुनर्चक्रण र सर्कुलर इकोनोमीको मोडल विकास गर्नु मुख्य लक्ष्य रहेको आयोजकहरूले बताएका छन् ।

कार्यक्रममा सहभागी शिक्षक र विद्यार्थीहरूले यो अवसरले उनीहरूलाई वातावरण जोगाउन मात्र नभई नेतृत्व लिन पनि प्रेरित गरेको प्रतिक्रिया दिएका छन् ।





Read More