― Advertisement ―

Amazon को नयाँ AI बायो डिस्कवरी उपकरणले ‘प्रत्येक अनुसन्धानकर्ता’ लाई ‘ल्याब-इन-द-लूप ड्रग डिस्कवरी’ प्रदान गर्न सक्छ – 40+ AI जीवविज्ञान मोडेलहरूले 300,000 उपन्यास एन्टिबडी...

AWS नयाँ औषधि पत्ता लगाउनुहोस् उपकरणAmazon Bio Discovery ले उच्च कम्प्युटेशनल AI प्रयोगहरूमा प्राविधिक अवरोधहरू हटाउँछउपकरणले औषधि परीक्षणको समयलाई उल्लेखनीय रूपमा कटौती गर्न सक्छ...
HomeLatest newsक्रिसमस र अंग्रेजी नयाँ वर्षमा ब्याण्डलाई भ्याइनभ्याइ, धमाधम कन्सर्ट घोषणा

क्रिसमस र अंग्रेजी नयाँ वर्षमा ब्याण्डलाई भ्याइनभ्याइ, धमाधम कन्सर्ट घोषणा


राष्ट्रिय

समाचार.

  • नेपाली संगीतका कलाकारले अंग्रेजी नयाँवर्ष २०२६ र क्रिसमसको अवसरमा भ्याइनभ्याइ सांगीतिक टूर घोषणा गरेका छन्।
  • गायक सज्जनराज वैद्यको अन्तर्राष्ट्रिय टूर ४ जनवरीदेखि दुबईको वल्र्ड ट्रेड सेन्टरमा पुनः सुरु हुँदैछ।
  • डिसेम्बरदेखि जनवरीसम्म विभिन्न कलाकार र ब्यान्डले नेपाल र डायस्पोरामा सांगीतिक कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेका छन्।

काठमाडौं । अंग्रेजी नयाँवर्ष २०२६ र क्रिसमस नजिकिएसँगै नेपाली संगीतका कलाकारलाई भ्याइनभ्याइ हुने देखिएको छ । विशेषगरि, गायकगायिकाले उक्त अवसरको लागि सांगीतिक टूरको घोषणा गरिरहेका छन् ।

एकल कलाकारदेखि सांगीतिक समूहको डिसेम्बर अन्त्य र जनवरीको लाइनअपले पूर्णता पाइसकेको छ । नेपाल मात्र होइन, डायस्पोरामा धमाधम कार्यक्रम आयोजना भैरहेका छन् ।

जेनजी आन्दोलनको कारण रोकिएको गायक सज्जनराज वैद्यको अन्तर्राष्ट्रिय टूर ४ जनवरीबाट पुनः सुरु हुँदैछ । उनले उक्त दिनमा दुबईको वल्र्ड ट्रेड सेन्टरमा प्रस्तुति दिँदैछन् । सम्भवतः वैद्यको यो पहिलो दुबई प्रस्तुति हुनेछ ।

पपगायक दीपक बज्राचार्य र उनको ‘एन्ड द रिदम ब्यान्ड’ ले ३१ डिसेम्बरमा झापाको होटल मेची क्राउनमा प्रस्तुति दिनेछ ।

हुलाकी र ट्राइबल रेनले ३१ डिसेम्बरमा प्लाटिनम क्लबमा प्रस्तुति दिनेछन् । नरेन लिम्बु एन्ड द जेन्टलम्यान ब्यान्ड डिसेम्बर ३१ सुर्खेतमा क्लब टेन एक्समा गुञ्जिनेछन् ।

बर्तिका एम राई २६ डिसेम्बरमा ठमेलस्थित क्लब नोभामा गुञ्जिनेछिन् । ३१ डिसेम्बरमा धरान स्टेडियममा द एज ब्यान्ड, केहर एन्ड लुंगा, मुक्ति एन्ड रिभाइभल गुञ्जिनेछन् ।

डिसेम्बर २१ मा नवीन के भट्टराई र ब्यान्ड अतृप्तले ‘साँझ पख कन्सर्ट’ अमेरिकाको मेरिल्यान्डमा गर्दैछन् । अहिलेका चर्चित गायक तथा पर्फमर दुर्गेश थापाले युरोप टूर गर्दैछन् । उनी १९ डिसेम्बरमा कोपनहेगन, २४ डिसेम्बरमा पोर्चुगल र २७ डिसेम्बरमा माल्टामा गुञ्जिनेछन् ।

कुमा सागर एन्ड द ख्वपः ब्यान्ड जनवरी २ देखि जनवरी ३१ सम्म ‘युएसए टुर २०२६’ मा निस्किँदैछ । डिसेम्बरदेखि जनवरीसम्म भरतमणी पौड्यालसहितका हाँस्य कलाकार ‘हाँस्छ अमेरिका टूर’ मा जाँदैछन् ।

लोकगायक प्रकाश दूतराजले ३० डिसेम्बरमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ले दुबईमा गर्न लागेको कार्यक्रममा प्रस्तुति दिनेछन् । लोकप्रिय ब्यान्ड ‘कन्दरा’ २८ डिसेम्बरमा चितवनमा आयोजना हुने कन्सर्टमा गुञ्जिनेछ ।

यसबाहेक, अन्य कलाकार र ब्यान्डले पनि धमाधम सांगीतिक टूर र लाइनअप घोषणाको तयारी गरिरहेको बुझिएको छ । कलाकारको लागि अंग्रेजी नयाँवर्ष र क्रिसमस छेकोमा कमाउने आकर्षक अवसर समेत हो ।

डायस्पोरास्थित नेपालीले यस अवसरमा कार्यक्रम आयोजना गर्ने भएकाले नेपाली संगीतकर्मीलाई अबको दुई महिना भ्याइनभ्याइ हुने देखिन्छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More