― Advertisement ―

22 एपहरूमा पर्दाफास गरिएका Google API कुञ्जीहरूले आक्रमणकारीहरूलाई जेमिनी एआईलाई स्वतन्त्र रूपमा पहुँच गर्न दिन्छ, जसले गर्दा सयौं हजारौं नोक्सान हुन्छ।

एपीआई चलाउनको लागि गुगलको एक्सपोजमा कुञ्जी चलाउन अनुमति दिनुहोस्। अनुरोधहरूएआई पूर्वाधारमा अनाधिकृत पहुँचका कारण विकासकर्ताहरूले गम्भीर आर्थिक नोक्सानको अनुभव गर्छन्हार्डकोड गरिएका प्रमाणहरूले सार्वजनिक पहिचानकर्ताहरूलाई...
Homeअन्तर्राष्ट्रियक्यानडाको ओन्टारियोमा २७ वर्षीया भारतीय युवतीको हत्या

क्यानडाको ओन्टारियोमा २७ वर्षीया भारतीय युवतीको हत्या


News Summary

Generated by OK AI. Editorially reviewed.

  • क्यानडाको ओन्टारियो प्रान्तमा २७ वर्षीया पन्जाबी युवती अमनप्रीत कौरको हत्या भएको छ।
  • नायग्रा रिजनल पुलिस सर्भिसले मनप्रीत सिंहमाथि पक्राउ पुर्जी जारी गरेको छ र उनी फरार छन्।
  • अमनप्रीतको शव अक्टोबर २१ मा लिङ्कन शहरको चार्ल्स डेली पार्कमा भेटिएको थियो र पोस्टमार्टम रिपोर्ट पूरा भइसकेको छ।

११ कात्तिक, काठमाडौं । क्यानडाको ओन्टारियो प्रान्तमा २७ वर्षीया पन्जाबी युवती अमनप्रीत कौरको हत्या भएको छ ।

नायग्रा रिजनल पुलिस सर्भिस (एनआरपीएस) ले सो घटनामा संलग्न भएको आरोपमा मनप्रीत सिंह नामका व्यक्तिमाथि पक्राउ पुर्जी जारी गरेको बीबीसीको पञ्जाबी संस्करणले जनाएको छ ।

प्रहरीका अनुसार अमनप्रीत कौरको शव गत अक्टोबर २१ का दिन लिङ्कन शहरको चार्ल्स डेली पार्कमा भेटिएको थियो । उनको शरीरमा गम्भीर चोटका निशानहरू थिए ।

प्रारम्भिक अनुसन्धानपछि प्रहरीले यो हत्या निशाना बनाएर गरिएको हुनसक्ने आशंका गरेको छ ।

घटनापछि र्ब्याम्पटनमा बस्दै आएका आरोपी मनप्रीत सिंह देश छोडी फरार भएका छन् । प्रहरीले उनको खोजी गरिरहेको क्यानडाका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अमनप्रीत कौर पन्जाबको संगरूर जिल्लामा बस्दै आएकी थिइन् । उनी सन् २०२१ मा उच्च शिक्षा अध्ययन र रोजगारीका लागि क्यानडा गएकी थिइन् । त्यहाँ उनले ओन्टारियोस्थित एक अस्पतालमा काम गर्दै आएकी थिइन् ।

उनका परिवारका अनुसार अमनप्रीत स्थायी आवास (पीआर) प्रक्रिया पूरा गरी छिट्टै भारत फर्कने तयारीमा थिइन् ।

‘छोरी स्थायी जागिरमा थिई, सबै कुरा ठीक चलिरहेको थियो । यस्तो घटना हुन्छ भन्ने कल्पनासम्म गर्न सकेनौं । उनी भारत फर्केर विवाह गर्ने योजना बनाउँदै थिई,’ अमनप्रीतका पिता इन्दरजित सिंहले बीबीसी पञ्जाबीसँग भने ।

उनका अनुसार अमनप्रीतसँग अन्तिमपटक २० अक्टोबरको रातमा कुराकानी भएको थियो, त्यसपछि सम्पर्क टुट्यो । अमनप्रीतको कोही विवाद भएको बारे पनि आफूहरूलाई थाहा नभएको परिवारजनले बताएका छन् ।

नायग्रा रिजनल पुलिस सर्भिसको होमिसाइड युनिटले घटनाको अनुसन्धान गरिरहेको छ ।पोस्टमार्टम रिपोर्ट पूरा भइसकेको छ र प्रहरीले जनसुरक्षामा तत्काल कुनै खतरा नरहेको जनाएको छ ।

‘जो कोहीसँग पनि यस घटनाबारे कुनै जानकारी छ भने कृपया तत्काल प्रहरीलाई सम्पर्क गर्नुहोस्,’ प्रहरीले सूचना जारी गर्दै भनेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More