― Advertisement ―

बेस्ट बाईले फादर्स डेको लागि Fitbit यन्त्रहरू घटाउँदै छ — $79.95 मा सुरु हुने मेरो 5 मनपर्ने सम्झौताहरू किन्नुहोस्

बुबाको दिन ठीक एक हप्ता टाढा छ, र यदि तपाईं अझै पनि बुबाको लागि उत्तम उपहार खोज्दै हुनुहुन्छ भने, एक Fitbit ट्र्याकर एक उत्कृष्ट...
HomeLatest newsक्यानडाका प्रधानमन्त्री कार्नी अमेरिकासँग पुनः वार्ता सुरु गर्न इच्छुक, सीसँग पनि भेट्ने...

क्यानडाका प्रधानमन्त्री कार्नी अमेरिकासँग पुनः वार्ता सुरु गर्न इच्छुक, सीसँग पनि भेट्ने तयारी



काठमाडौं । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न तयार रहेको बताएका छन् ।

क्यानडासँगको व्यापार वार्ता केबल भ्रामक विज्ञापन अभियान बनेको भन्दै राष्ट्रपति ट्रम्पले क्यानडासँगको सबै वार्ता रद्द गरेको बताएपछि कार्नीले पत्रकारसँग भने, ‘जब अमेरिका वार्तामा बस्न तयार हुन्छ, हामी अमेरिकासँग बस्न तयार छौं, हामी राष्ट्रपति ट्रम्प र अमेरिकी प्रतिनिधिसँग वार्तामा बस्न तयार छौँ।’

राष्ट्रपति ट्रम्पसमेत सहभागी रहेको मलेसियामा आयोजना गरिएको क्षेत्रीय शिखर सम्मेलनका क्रममा कार्नीले यस्तो बताए ।

कार्नीले क्वालालम्पुरमा अमेरिकी राष्ट्रपतिसँग आफ्नो कुनै सम्पर्क नभएको बताए ।

प्रधानमन्त्री कार्नीले बुधबार दक्षिण कोरियामा हुने एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्ने तयारी भएको बताए ।

कार्नीले सीसँगको वार्तामा ‘व्यापारिक सम्बन्धका साथै विश्व प्रणालीको विकास’ का बिषयमा छलफल गरिने बताए ।

यसैबीच, अमेरिकी राष्ट्रपतिले कार्नीसँग भेट्ने आफ्नो कुनै योजना नभएको बताएका छन् ।

ट्रम्पको विश्वव्यापी क्षेत्रगत करवृद्धिले विशेष गरी स्टिल, एल्युमिनियम र अटोमोबाइलहरूमा क्यानाडालाई नराम्ररी असर गरेको छ । कर वृद्धिका कारण रोजगारी गुम्ने व्यवसायहरू धराशायी बन्ने अवस्था सिर्जना भएको छ ।

स्टिल, आल्मुनियम र ऊर्जासँग सम्बन्धित क्षेत्रमा उल्लेखनीय प्रगति भएको अमेरिकी व्यापार वार्तातर्फ संकेत गर्दै कार्नीले भने, ‘हामीले व्यापार सम्बन्धमा उल्लेखनीय प्रगति गरेका छौँ।’





Read More