― Advertisement ―

NordVPN को नेक्स्ट-जेन एन्टिभाइरसले 96% फिसिङ ब्लक दरको साथ स्वतन्त्र परीक्षण गर्दछ

NordVPN को एन्टिभाइरस %% ब्लकमा अर्को एन्टिभाइरस साइट ब्लक गरियो 2026 AV- तुलनात्मक परीक्षणसफ्टवेयरले सक्रिय खराब लिङ्कहरू र 200 वैध बैंकिङ URL हरू बीच...

Norton Antivirus Plus मात्र £25 छ

Homeखेलकुद़़कोलकाता नाइट राइडर्सको प्रशिक्षकमा अभिषेक नायर – KhabarHost

कोलकाता नाइट राइडर्सको प्रशिक्षकमा अभिषेक नायर – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • भारतीय पूर्व–अलराउन्डर अभिषेक नायरलाई आईपीएल फ्रेन्चाइज कोलकाता नाइट राइडर्सको नयाँ मुख्य प्रशिक्षक नियुक्त गरिएको छ।
  • नायरले तीन सिजनसम्म मुख्य प्रशिक्षक रहेका चन्द्रकान्त पण्डितलाई प्रतिस्थापन गरेका हुन्।
  • कोलकाताका प्रमुख कार्यकारी अधिकृत भेन्की मैसोरले नायरको खेलको गहिरो बुझाइ र खेलाडीहरूसँगको सम्बन्धले टिमको विकासमा ठूलो योगदान दिएको उल्लेख गर्नुभयो।

१४ कात्तिक, काठमाडौं । भारतीय पूर्व–अलराउन्डर अभिषेक नायरलाई इन्डियन प्रिमियर लिग (आईपीएल) फ्रेन्चाइज टिम कोलकाता नाइट राइडर्सको नयाँ मुख्य प्रशिक्षक नियुक्त गरिएको छ।

उनले पछिल्ला तीन सिजनसम्म टिमका मुख्य प्रशिक्षक रहेका चन्द्रकान्त पण्डितलाई प्रतिस्थापन गरेका हुन्। पण्डितको कार्यकालमा कोलकाताले सन् २०२४ मा आईपीएलको उपाधि जितेको थियो। गत सिजन भने प्लेअफमा पुग्न सकेन ।

कोलकाता र पण्डितबीच यस वर्षको सुरुवातमा आपसी सहमतिको आधारमा छुट्टिने निर्णय भएपछि नयाँ प्रशिक्षक खोजी प्रक्रिया सुरु भएको थियो। यस क्रममा नायरलाई जिम्मेवारी दिइएको हो। कोलकाता पछिल्लो समय भारतीय प्रशिक्षकतर्फ केन्द्रित भइरहेको छ ।

कोलकाताका प्रमुख कार्यकारी अधिकृत भेन्की मैसोरले भने, ‘अभिषेक २०१८ देखि हाम्रो टिमको महत्त्वपूर्ण हिस्सा बनेका छन्। खेलको गहिरो बुझाइ र खेलाडीहरूसँगको उनको सम्बन्धले टिमको विकासमा ठूलो योगदान दिएको छ। अब उनी मुख्य प्रशिक्षकको भूमिकामा आउनु उत्साहजनक छ।’

४२ वर्षका नायर आधुनिक र खेलाडी–केन्द्रित प्रशिक्षण शैलीका कारण खेलाडीहरूबीबच लोकप्रिय छन्। उनले २०१८ देखि कोलकातासँग काम गर्दै आएका छन्, यद्यपी २०२५ सिजनमा भारतीय टिमसँगको जिम्मेवारीका कारण कोलकातामा उनको संलग्नता सीमित थियो।

नायरले व्यक्तिगत रूपमा केएल राहुल, श्रेयस अय्यर र रोहित शर्मालाई प्रशिक्षण दिएका छन् । रोहित शर्माले सार्वजनिक रूपमा आफ्नो फर्ममा फर्कन नायरको योगदानका लागि धन्यवाद दिएका थिए।

नायरले अब टिमका संरक्षक ड्वेन ब्राभोलगायत अन्य प्रशिक्षकहरूसँग मिलेर काम गर्नेछन्। पछिल्ला सिजनमा टिमका बलिङ प्रशिक्षक भरत अरुणले पद छोडेका छन्, र कोलकाताले हाल नयाँ बलिङ प्रशिक्षक खोज्ने प्रक्रिया अघि बढाइरहेको छ।

-क्रिकबजबाट

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More