― Advertisement ―

एप्पलले अन्ततः म्याक मिनी प्रयोगकर्ताहरूलाई आज जटिल ह्याक वा समाधान बिना बाह्य GPU हरू प्रयोग गरेर पूर्ण एआई पावर खोल्न दिन्छ।

TinyGal मा प्रत्यक्ष रूपमा चलाउन मिल्ने GPUs मोडेल Macsप्रयोगकर्ताहरूले अब सुरक्षाहरू बाइपास नगरी AMD र Nvidia कार्डहरू प्रयोग गर्न सक्छन्TinyGPU ले MacOS 12.1 र...
HomeLatest newsकैलाली र बझाङमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

कैलाली र बझाङमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु



५ माघ, धनगढी । क‌ैलाली र बझाङमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाकाे मृत्यु भएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–६ दोघरा टोल बस्ने २१ वर्षीय दीर्घ खड्काकाे करेन्ट लागेर मृत्यु भएको छ ।
खड्कालाई आफ्नै घरमा पानी तान्ने मोटर मर्मत गर्ने क्रममा करेन्ट लागेकाे थियो ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि निसर्ग अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याइए लगत्तै चिकित्सकले उनलाई मृतघोषणा गरेकाे प्रहरीले जनाएको छ ।

बझाङकाे तलकोट गाउँपालिका–२ न्यारी बस्ने ६१ वर्षीय जया कामीकाे भिरबाट खसेर मृत्यु भएको छ ।

धमेनाबाट तलकोटस्थित घरतर्फ जाने क्रममा ढडाकोडाँडा भन्ने स्थानमा बाटोबाट अन्दाजी १०० मिटर तल भिरबाट खस्दा उनकाे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More