― Advertisement ―

Battlefield 6 अडियो टोली भन्छन् कि तिनीहरूले ‘हामीले सोचेको कुरालाई निरन्तर पालिश गर्न आवश्यक छ’

The The अडियो टोलीले नयाँ अन्तर्वार्तामा खेलको प्रत्यक्ष सेवा विकासको बारेमा छलफल गरेको छविकासकर्ताहरूले भने कि उनीहरूले यसको ध्वनि "निरन्तर पालिश" गर्छन् id="elk-ba3563f5-23b2-43a5-8fac-7b5c59bade19">Battlefield 6...
Homeराष्ट्रिय समाचारकैलालीमा स्रोत नखुलेको २८ लाख रुपैयाँसहित दुई भारतीय पक्राउ

कैलालीमा स्रोत नखुलेको २८ लाख रुपैयाँसहित दुई भारतीय पक्राउ



१७ कात्तिक, धनगढी । कैलालीमा स्रोत नखुलेको २८ लाख रुपैयाँ नगद सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा भारतको लखिमपुर खिरी पलिया बस्ने बर्ष २७ वर्षीय हरचित गुप्ता र २९ वर्षीय सागर गुप्ता रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई धनगढी उप-महानगरपालिका-३ स्थित मिलनचोकबाट नियन्त्रणमा लिएको हो ।

कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार उनीहरूको साथबाट स्रोत नखुलेको २८ लाख तीन सय ५० रुपैयाँ  बरामद भएको बताए ।

पक्राउ परेका मध्ये हरचित गुप्ताले चलाएको यूपी ३१ सीएन ११७५ नम्बरको भारतीय कारमा स्रोत नखुलेको रकम फेला परेको थियो ।

कार र पक्राउ परेका दुवैलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





Read More