― Advertisement ―

टेस्कोले VMware बन्द हजारौं सर्भरहरू डम्प गर्दछ, ब्रोडकमबाट ‘अपमानजनक आचरण’ लाई दोष दिन्छ

Tesco,0rs04 बाट टाढा सार्नुहोस् VMwareBroadcom ले UK खुद्रा विक्रेताबाट कानुनी कारबाहीको सामना गर्छ, जसले "अपमानजनक आचरण" आरोप लगाएको छHPE भर्खरै प्रभावित ग्राहकहरूका लागि निःशुल्क...
HomeLatest newsके हो सुदन गुरुङको सिभिलियन फोर्स ? – KhabarHost

के हो सुदन गुरुङको सिभिलियन फोर्स ? – KhabarHost



१८ पुस, काठमाडौं । द काउन्सिल अफ जेनजीका सुदन गुरुङले बिहीबार राति ११ बजे ‘सिभिलियन फोर्स’ सार्वजनिक गरे । यसलाई उनले ‘नेपाललाई डिजिटल्ली ट्रान्सफर गर्ने विचारधारा’ भनेका छन् । र, यसमा सबै ‘देशप्रेमी’लाई जोडिन आह्वान पनि गरेका छन् ।

सुदनले यो सिभिलियन फोर्स बनाउने योजना दुई महिनादेखिको भएको बताए । सिभिलियन फोर्स सम्बन्धि वेबसाइट लाइभ गरेपछि भिडियोमा बोलेका उनले भने, ‘हामीले दुई महिनादेखि सिभिलियन फोर्स बनाउँदै छौँ, भन्यौँ । तर, यो के हो त ? यो छरिएर रहेका नेपालीलाई एक ठाउँमा जोड्ने अभियान हो ।’

सुदनका अनुसार यो सिभिलियन फोर्स यसअघिका आन्दोलनपछि बनेका जस्तो ‘विद्रोही शक्ति’ होइन । यसलाई नकारात्मकभन्दा सकारात्मक दृष्टिकोणबाट हेर्न पनि उनले अनुरोध गरे । एउटा नेता, एउटा सरकार वा कोही व्यक्तिले चाहेर देश नबन्ने बताउँदै सामूहिक पहल चाहिने उनको भनाइ छ ।

त्यसैले देशभरका जिम्मेवार नागरिकलाई एक ठाउँमा ल्याउने र देश बनाउने अभियानमा सरिक गराउने उद्देश्यले सिभिलियन फोर्स बनाइएको दाबी उनको छ ।

‘एउटा गाउँको समस्या केन्द्रसम्म ल्याएर समाधान गर्न सकिन्छ । र, त्यसको लागि एउटा शक्ति बनायौँ भने र यसमा सबै जनता एक ठाउँमा उभियौँ भन्ने बल्ल देश बन्छ भन्ने विश्वास हामीलाई छ,’ सुदनले भनेका छन् ।

यसरी सबैलाई जोडेर एउटा समूहिक शक्ति निर्माण गर्ने लक्ष्य लिएका सुदनले यो वेबसाइटलाई ‘टिकटक चलाउनुजस्तै सहज’ बनाइएको दाबी गर्छन् । सुदनका अनुसार यो वेबसाइटमा आमजनताले आफ्ना समस्याहरु राख्न पाउनेछन् । त्यसपछि समस्याहरू गाउँबाट जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म पुर्‍याइने र समाधानका लागि पहल गरिने छ ।

यो अभियानमा देशभरका व्यक्ति जोडिन सुदनको अनुरोध छ । उनले वेबसाइटको डोमेन नाम नै ‘राष्ट्र एकीकरण अभियान’ राखेका छन् । वेबसाइटमा राखिएको नारा छ – जनताको लागि, राष्ट्रको लागि ।

अहिलेको सार्वजनिक गरिएको वेबसाइट ‘टेस्ट भर्सन’ मात्र हो । १० दिनको लागि आफूहरुले परीक्षण गरेको सुदनको भनाइ छ । १० दिनमा आमनेपालीलाई यसमाथि सल्लाह–सुझाव दिन अनुरोध गरेका सुदनले आउँदो पुस २७ गते यसको पहिलो भर्सन औपचारिक रुपमा लञ्च गरिने बताएका छन् । उक्त दिन ‘राष्ट्रिय एकता दिवस’ रहेकाले सबैलाई जोड्ने प्लेटफर्म सोही दिन सार्वजनिक गर्दा राम्रो सन्देश जाने उनको तर्क छ ।

त्यसको केही समयपछि यसको दोस्रो भर्सन निकाल्ने उनको तयारी छ । त्यसमा चाहिँ एआईको प्रयोग गरिनेछ । यसको लागि ‘एजेन्टीटक एआई’लाई ट्रेन गराइरहेको दाबी उनको छ ।

‘अहिले एआईको जमाना छ । त्यसैले हाम्रो देशको हरेक कानुन र संविधानका धाराबारे उक्त एआईलाई ट्रेन गराइन्छ । र, कसैले समस्या त्यसमा राख्यो भने सोही कानुनका धाराहरुमा टेकेर यसले (सिभिलियन फोर्सको सफ्टवेयर)ले सल्लाह दिन्छ,’ उनले भनेका छन् ।

सुदनले नै दाबी गरेअनुसार अब यसले कसरी काम गर्छ भनेर सरल तरिकाले बुझौँ ।

जस्तो- तपाईंको गाउँमा एउटा बाटो बनेको छैन । त्यो समस्यालाई लिएर वेबसाइटभित्र जिल्ला स्तरीय प्यानलमा लगइन गरेपछि त्यसभित्र छलफल गर्न सकिन्छ । त्यसपछि उक्त छलफलबाट एआईको प्रयोग गरेर सबैभन्दा राम्रो सल्लाहहरू छानिन्छ ।

यसरी छानिएको सल्लाहबाट पनि एआईले अझै राम्रो सुझाव तयार गर्छ । यतिसम्म कि, कुन मन्त्रालय वा कुन–कुन निकाय यसमा ठोकिन्छ भन्नेसम्मका जानकारी यसले दिन्छ । यसअघि संविधानका धारा र कानुनबारे एआईलाई गराएको ट्रेनिङ नै यो सल्लाहको मुख्य आधार हो ।

यसरी एआईबाट सबै सल्लाह–सुझाव र समाधानका उपाय पाएपछि बल्ल ‘ह्युमन इन्टरभेसन’ हुन्छ । विज्ञ समूहले एआईले दिएका उक्त विषयको पुष्टि गरिन्छ । र, ड्राफ्ट तयार गरिन्छ ।

अब यो कार्यान्वयन गराउने चरणमा पुग्छ । त्यसको लागि आफूहरुले छाया सरकार काठमाडौंमा तयार गर्ने सुदनले बताएका छन् । ‘यो स्याडो गभर्मेन्ट (छाया सरकार) ले हरेक निकायमा गएर झक्झकाउने, र गाउँका ती समस्या समाधानका लागि पहल गर्ने काम गर्छ,’ उनले भनेका छन्, ‘हो, यही हो सिभिलियन फोर्स । यसकै लागि हामीले बनाएका हौँ । पहिलाजस्तो तोडफोड, बिगार्ने, भत्काउने शक्ति होइन ।’

‘सिभिलियन फोर्स’को आधिकारिकता के ?

उनले यो फोर्स गठनबारे आफू नेतृत्वको काउन्सिलकै सदस्यहरूसँग सल्लाह गरेका छैनन् ।

द काउन्सिल अफ जेनजीका बागमती प्रदेशका सह–संयोजक अमृत अधिकारीले भने, ‘सिभिलियन फोर्स बनाइँदै छ भन्ने कुरा थाहा थियो । तर, यो कसरी बन्छ, के हो , कसरी काम हुन्छ ? भन्ने समूहमा  छलफल भएको छैन । तर, अब सार्वजनिक भएको छ । हामी थप सल्लाह गरिहाल्छौँ नि ।’

सुदननिकट स्रोतका अनुसार पनि यो न हामी नेपाल अन्तर्गत छ, न कुनै जेनजी समूह, न त कतै औपचारिक रुपमा दर्ता नै । त्यसैले यसको आधिकारिता हालसम्म केबल सुदनमै निहीत रहेको स्रोतले बतायो ।

यसको पुष्टि स्वयं सुदनले समेत गरे । तर, यो परीक्षणको लागि मात्र भएकाले समय आएपछि यसलाई औपचारिक रुपमा दर्ता गरेर चलाउने उनले बताए ।

‘अहिले परीक्षणको समय हो । अब यसलाई औपचारिक लन्च गर्नुअघि हामी कुनै निकायमा दर्ता हुन्छौँ । पारदर्शी हुन्छौं,’ उनले अनलाइनखबरसँग भने ।

कुन निकायमा दर्ता गर्ने भन्ने विषय भने सल्लाहमै रहेको सुदनको भनाइ छ । सम्भवत: सञ्चार मन्त्रालयअन्तर्गतकै कुनै निकायमा दर्ता भएर अघि बढ्ने उनले बताए । आधिकारिक रुपमा दर्ता भएर सरकारको नियमकानुन अनुसार नै चल्ने उनको आश्वासन छ ।

सुदन गुरुङले सिभिलियन फोर्सको डिजिटल प्लाटफर्मको दोस्रो भर्सनमा एजेन्टीक एआईको प्रयोग गर्ने बताएका छन् । तर, यो आफैंमा ‘इमर्जिङ टेक्नोलोजी’ रहेकोले यसको भर पर्नु घातक हुने बताउँछिन्, एआई विज्ञ दोभान राई ।

दोभानका अनुसार एआई आफैँमा डेटा ड्रिभन मोडल हो । त्यसमा पनि एजेन्टीक एआई निकै जटिल प्रविधि हो । यो विश्व बजारमा अझै पनि परीक्षणको चरणमा छ ।

‘अहिले हामीले प्रयोग गरेको च्याटजीपीटीहरु एआई च्याटबट हो । यसले सोधेको कुरा मात्र भन्छ,’ राईले यसबारे बुझाउँदै भनिन्, ‘तर, एजेन्टीक एआईले सबै प्रोसेस/प्रक्रियालाई सिधै प्रोसेस गर्छ । केही कुरा सोधेपछि यसले आफैँ आवश्यक कुराहरु खोज्छ । सिधै रिजल्ट दिन्छ । च्याटजीपीटीले चरणचरणमा गफ गर्छ । यसमा हामीले केही कुरा हालेपछि आफैँ एजेन्टको रुपमा सक्रिय हुन्छ । एकैपटक आवश्यकताअनुसार सिरिज अफ डिसिजन लिन्छ ।’

राईले थपिन्, ‘यो अझै धेरै कम्प्लेक्स छ । त्यसमाथि एक्स्पेरिमेन्टल फेजमा छ । त्यसैले यो प्रविधिमा विश्वास अहिले गर्नु हतार हुन्छ ।’

त्यसमाथि यो प्रविधि बनाउन कुन कम्पनीलाई जिम्मा दिइएको छ भन्ने कुराले पनि अर्थ राख्ने उनले बताइन् । यस्ता प्रविधि नेपालमा आफैँले बनाउन सोचेजस्तो सहज नभएको बताउँदै यदि गलत कम्पनीको हातमा परे डेटा लिक हुने जोखिम रहने तर्क उनले गरिन् ।

यसबारे गुरुङसँग बुझ्दा, आफूहरूले यो प्रविधि निर्माणको जिम्मा कुनै बाह्य कम्पनीलाई नदिइएको दाबी गरे । उनका अनुसार उनीहरूको प्राविधिक टोलीले एलएलएम (लार्ज ल्याङ्वेज मोडल) प्रयोग गरी यसको निर्माण गरिएको हो ।

‘हामीले कुनै बाहिरको कम्पनीलाई यसको जिम्मा दिएका छैनौँ । हामीले हाम्रै टिमबाट एलएलएम लगायत अन्य आवश्यक प्रविधि प्रयोग गरेर बनाएका हौँ । प्राविधिक हिसाबले चुस्त हुन्छ । हामीबाट यो कतै बाहिर निर्भर छैन । सबैकुरा हाम्रै नियन्त्रणमा छ,’ उनले दाबी गरे ।

साइबर सेक्युरिटी विज्ञ राजीव सुब्बा राजनीतिक हिसाबले यस्ता संरचना बनाउने प्रयोग नौलो नरहे पनि यसमा डेटा सेक्युरिटी कत्तिको छ भनेर हेर्नुपर्ने बताउँछन् । उनका अनुसार बाहिरका उदाहरणमा पनि जनताको गुनासो सुन्ने र त्यसको समाधान गर्ने धेरै छन् ।

‘एड्भोकेसीमा यस्ता प्लेफर्म प्रयोग गर्न सकिन्छ । तर, यो बनाउने समूह पारदर्शी हुनुपर्‍यो । आएका गुनासालाई सबैले हेर्नमिल्ने, सबैले सहज गर्ने हुनुपर्छ । महिनामहिनामा यसको रिपोर्टहरू सार्वजनिक गरिनुपर्छ,’ उनले भने, ‘डाटा मिस्युज नहोस् भन्नेमा ध्यान दिनुपर्छ । डिस्क्लेमरमा डाटा बेच्दैनौँ, दुरुपयोग हुनुहुँदैन भन्नुपर्छ ।’

पब्लिकसँग डाटा लिएपछि जिम्मेवार हुनुपर्ने भन्दै सुब्बाले सुदन समूहले डेटाको दुरुपयोग नहुने ग्यारेन्टी गर्नुपर्ने बताए ।

यही जिज्ञासामा सुदनले भने आफू नेपाल सरकारले डेटा सुरक्षामा बनाएका हरेक मापदण्ड मान्ने र त्यसको लागि आवश्यक सुरक्षा प्रबन्ध गर्ने पनि बताए ।

‘अब ह्याकिङ हुन्छ, के-के हुन्छ पनि भनिरहेका छन् मान्छेले । देश बनाउने कुरा आएपछि किन सबैलाई पोल्छ ?,’ प्रश्न गर्दै सुदनले भने, ‘हामी नेपाल सरकारले बनाएका सबै मापदण्डभित्र रहेर जनताको काम गर्छौँ । अब ह्याक त सरकारी वेबसाइट नै भइरहेको छ नि । त्यसबारे कसैले प्रश्न गर्‍यो ? तैपनि हामी यसको सुरक्षामा विशेष ध्यान दिन्छौँ । हरेक जोखिम न्यूनीकरणको लागि हरपल काम गर्छौ‌ं ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More