― Advertisement ―

एप्पल प्रयोगकर्ताहरूले डरलाग्दो iCloud मेटाउने इमेलहरू प्राप्त गर्दैछन्, र वास्तविक खतरा सुरु हुन्छ जब तपाइँ नक्कली अपग्रेड लिङ्क क्लिक गर्नुहुन्छ

खतरनाक रूपमा एप्पलले क्लाउडमा इमेल थिचेर नक्कली प्रेस गर्ने प्रयोगकर्ताहरू छन्। क्लिकहरूiCloud अलर्टहरूमा खराब व्याकरण धोखाधडीको स्पष्ट संकेत रहन्छनक्कली iCloud अपग्रेड लिङ्कहरू क्लिक गर्नाले...
HomeLatest newsकेपी ओलीको माग- दुर्गा प्रसाईंलाई तत्काल रिहा गरियोस्

केपी ओलीको माग- दुर्गा प्रसाईंलाई तत्काल रिहा गरियोस्



३ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

काठमाडौंमा आयोजित स्थानीय जनप्रतिनिधिहरूको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘म सरकारलाई भन्न चाहन्छु, दुर्गा प्रसाईंलाई तुरुन्तै छाड्नुस् । बोल्नै नपाउने पनि हुन्छ ? मानव अधिकार आयोगले समेत भनिसेकेको छ, बोलेकै भरमा कसैलाई थुन्न पाइँदैन भनेर । मानव अधिकार आयोगले समेत भनिसक्यो,’ ओलीले भनेका छन् ।

उनले दुर्गा प्रसाईंले दिउँसो सार्वजनिक गरेको भिडियोकै आधारमा रातारात सरकारले पक्राउ गरेको भन्दै आपत्ति जनाए । प्रसाईंले भएकै कुरा भिडियोमार्फत सार्वजनिक गरेको ओलीको दाबी छ ।

‘दुर्गा प्रसाईंले एउटा भिडयो निकाले । दिउँसो निस्कियो बेलुका समातियो । यो सरकारसँग तयो भिडियोको जवाफ छ कि छैन ? दुर्गा प्रसाईंलाई दिने जवाफ छ कि छैन । म प्रधानमन्त्री र गृहमन्त्रीलाई सोध्न चाहन्छु । एआई त होइन होला,’ ओलीले भने, ‘प्रश्न उठायो, कसैले अनि । भएकै भिडियो त देखाएको हो नि ? यति साह्रो तपाईंहरूको ताउरमाउर थियो, दुनियाँ शोकमा भएको बेला तपाईंहरू त षडयन्त्रको तानाबाना बुनिरहनुभएको रहेछ भनेको त हो ।’

उनले अभिव्यक्ति दिएकै आधारमा उत्तेजित भएर कसैलाई पनि गिरफ्तार गर्न नपाइने बताए ।

‘बोलेबापत आक्रोशित, उत्तेजित भएर मान्छे गिरफ्तार गर्न हुँदैन । कसलाई को मन पर्छ कसलाई को मन पर्दैन भन्ने हुँदैन । के मा थुन्ने के मा नथुन्ने भन्ने हुँदैन । भएको भिडियो बाहिर ल्याउनु अपराध हो । राति राति स्वेच्छाकारी ढंगले के गरेको ? बिहान गिरफ्तार गरेको भए के हुन्थ्यो । तमासा गरिरहेको छ यो सरकारले,’ उनले भने ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More