― Advertisement ―

Segway Navimow CEO किन यो यसको रोबोट ल्यान घाँस काट्ने मा ‘विशेषताहरूमा मात्र ढाल’ हुने छैन।

आजका रोबोट ल्यान घाँस काट्नेहरू पहिलेभन्दा धेरै सक्षम छन्। मैले CES 2026 मा धेरैजसो ब्रान्डका नयाँ मोडलहरू हेरेको थिएँ, र त्यहाँ पक्कै पनि केही...
HomeLatest newsकेन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ



९ पुस, वीरगञ्ज । २४ भदौको जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका दुई जना कैदीबन्दी पर्सामा पक्राउ परेका छन् ।

जेनजी आन्दोलनको क्रममा फरार भएका दुई जना कैदीलाई मंगलबार पक्राउ गरेर वीरगञ्ज कारागारमा बुझाइएको पर्सा प्रहरीले जानकारी दिएको छ ।

पर्साका प्रहरी प्रवक्ता राजु कार्कीका अनुसार पक्राउ पर्नेमा बाराको विश्रामपुर गाउँपालिका–२५ का प्रदेशी भन्ने सुदामा पासवान र बारा परवानीपुर गाउँपालिका–२ का विवेकलाल साह कानु रहेका छन् ।

कार्कीका अनुसार पासवान कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय सुनाइएका कैदी हुन् ।

कानुलाई उच्च अदालत पाटन इजलास हेटौंडाको आदेशले ५० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । तर धरौटी तिर्न नसकेपछि कानुलाई केन्द्रीय कारागार चलान गरिएको थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More