― Advertisement ―

‘एक साथ काम गर्ने तरिका खोज्नुहोस्’ – रक्षा र एन्थ्रोपिक विभागलाई सैम अल्टम्यानको सन्देश

सैम एल्टेन्सेन्स र सरकारलाई पिक्सेल एण्टेन्सेन्स र सरकार एआई गभर्नेन्समा सँगैउनले एआई र राष्ट्रिय सुरक्षा निर्णयहरूमा सरकारको अधिकार हुनुपर्छ भन्ने तर्क गरेउहाँले अझै पनि...
HomeLatest newsकृषि विकास बैंकको लाभांश घोषणा – KhabarHost

कृषि विकास बैंकको लाभांश घोषणा – KhabarHost


राष्ट्रिय

समाचार.

  • कृषि विकास बैंकले सञ्चालक समितिको बैठकमा सेयरधनीका लागि कुल १३ प्रतिशत लाभांश घोषणा गरेको छ।
  • लाभांशमा करसहित ९.७५ प्रतिशत नगद र ३.२५ प्रतिशत बोनस सेयर समावेश गरिएको छ।
  • सरकारको पूँजीमा ६ प्रतिशत नगद लाभांश दिने निर्णय पनि बैंकले गरेको छ।

२० कात्तिक, काठमाडौं । कृषि विकास बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

बैंकको अघिल्लो दिन साँझ बसेको सञ्चालक समिति बैठकले सेयरधनीका लागि कुल १३ प्रतिशत लाभांश घोषणा गरेको हो । घोषित लाभांशमा करसहित ९.७५ प्रतिशत नगद र ३.२५ प्रतिशत बोनस सेयर छ ।

साथै बैंकमा नेपाल सरकारको पूँजीमा ६ प्रतिशतले हुने नगद लाभांश पनि प्रदान गर्ने निर्णय गरेको हो । बजारमा हाल बैंकको सेयर मूल्य प्रतिकित्ता ३१५ रुपैयाँ छ ।

सरकारको अग्राधिकार सेयर पूँजीमा बैंकले वार्षिक ६ प्रतिशत नगद लाभांश दिँदै आएको छ । यो लाभांश राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि प्रदान हुने बैंकले जनाएको छ ।





Read More