― Advertisement ―

यो मिस-टुमिस कुपन कोडले तपाईंलाई ग्यालेक्सी S26 अल्ट्रा यसको सबैभन्दा कम मूल्यमा प्राप्त गर्न सक्छ – $ 950 सम्म छुट

यदि तपाईंले Samsung Galaxy S26 Ultra को लागि उपयुक्त दिन हो, त्यसोभए आज तपाईंको सौभाग्यपूर्ण दिन पर्खन सक्छ। Samsung मा, आधिकारिक खुद्रा बिक्रेताले हाल...
HomeLatest newsकुलमान घिसिङ – KhabarHost

कुलमान घिसिङ – KhabarHost


राष्ट्रिय

समाचार.

  • उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपासँग कुनै ठूलो पद बार्गेनिङ नगरेको दाबी गर्नुभयो।
  • घिसिङले आफूले रास्वपाको साधारण सदस्य भएर बस्ने प्रस्ताव गरेको र १२ दिनसम्म होल्ड गराएर राखिएको आरोप लगाउनुभयो।
  • उहाँले उज्यालो नेपाल पार्टीको सदस्यता लिएर अध्यक्षमा चयन भएको र पार्टीलाई देशव्यापी रूपमा अगाडि बढाउने बताउनुभयो।

२६ पुस, काठमाडौं । उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले आफूले रास्वपासँग कुनै ठूलो पद बार्गेनिङ नगरेको दाबी गरेका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो बताएका हुन् ।

साथै, उनले अन्तिम समयसम्म पनि आफूले पार्टीको साधारण सदस्य बन्छु भन्दा पनि १२ दिनसम्म होल्ड गराएर राखेको आरोप लगाए ।

‘म आफैं एउटा उपाध्यक्ष त्यो पनि वरीयतामा तल रहेर पनि सहेर गएको थिएँ । अन्तिम चरणमा मैले एउटा प्रस्ताव पनि गरेको थिएँ’ घिसिङले भने, ‘म रास्वपाको साधारण सदस्य भएर बस्छु, केन्द्रीय समितिका साथीहरूलाई एड्जसमेन्ट गर्छु भनेको थिएँ ।’

साथै, उनले पछिल्लो यो १२ दिन आफ्नो पार्टी र पार्टी सदस्यहरूका लागि पीडादायी समय बन्न पुगेको जिकिर गरे ।

‘एकतर्फी रुपमा सहमति भंग गरेको मलाई जानकारी गर्नुभयो । मिडियामा पनि त्यही हिसाबले आयो । वास्तवमा यो १२ दिन हाम्रा लागि पीडादायी भयो’ घिसिङले भने, ‘उज्यालो समर्थक साथीहरूले धेरै पीडा भोगेको छ । रास्वपाले ठाउँठाउँमा पार्टी प्रवेश कार्यक्रम राख्नुभयो । उज्यालो नेपालका साथीहरूलाई पार्टी प्रवेशमा आह्वान गर्नुभयो । हामीले केही पनि गरेका थिएनौं ।’

उनले आजै उज्यालो नेपाल पार्टीको सदस्यता लिएको बताए ।

‘मैले उज्यालो नेपाल पार्टीको सदस्यता लिएको छु । म आजै बसेको केन्द्रीय कमिटीको बैठकबाट अध्यक्षमा चयन भएको छु। उज्यालो नेपाल पार्टीलाई आगामी दिनमा मेरो नेतृत्वमा देशव्यापी प्रभावकारी रुपमा अगाडि बढाउनेछु’, उनले भने ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More