― Advertisement ―

हामी आधिकारिक रूपमा अप्रिल 16 मा DJI Pocket 4 प्राप्त गर्दैछौं, तर यहाँ कसरी Insta360 ले यसलाई हराउन सक्छ।

O4 अप्रिल DJmockI मा अपेक्षा गर्नुहोस् 16भ्लगिङ क्यामेरा लामो समयदेखि चर्चामा छInsta360 ले Luna पनि चाँडै लन्च गर्दैछ DJI Osmo Pocket 4 अहिले लामो...
HomeLatest newsकुलमानको दलका अध्यक्षको राजावादी रुझान – KhabarHost

कुलमानको दलका अध्यक्षको राजावादी रुझान – KhabarHost



२६ कात्तिक, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङको नवगठित दल उज्यालो नेपालका अध्यक्ष अनुपकुमार उपाध्यायले केही दिनअघिसम्म राजावादी रुझान राख्दै अभिव्यक्ति दिएको भेटिएको छ ।  संविधानत: गणतन्त्रमा दल खुले पनि अध्यक्ष उपाध्यायले पछिल्ला दिनसम्म राखेका विचारहरूबारे यतिबेला विमर्श चलिरहेको हो ।

घिसिङले आफ्नै अवैतनिक सल्लाहकार उपाध्यायलाई अध्यक्ष बनाएर मंगलबार उज्यालो नेपाल निर्वाचन आयोगमा दर्ता गराएका थिए ।

नेपाल सरकारका पूर्वसचिव उपाध्यायलाई मन्त्री घिसिङले आफ्नो सल्लाहकार नियुक्त गरेको समेत खुलेको छ । घिसिङले मन्त्री भएलगत्तै उपाध्यायलाई आफ्नो सल्लाहकार नियुक्त गरेको ऊर्जा मन्त्रालय स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

घिसिङले अध्यक्ष बनाएका उपाध्यायले जेनजी आन्दोलन सफल भएपछि सामाजिक सञ्जाल फेसबुकमा पटकपटक राजतन्त्रको पक्षमा आफ्ना मतहरू राखेको पाइएको हो ।

उनले जेनजी विद्रोहको एक महिनापछि १० अक्टोबर २०२५ अर्थात् २५ असोजका दिन फेसबुकमा स्टाटस लेख्दै भनेका थिए, ‘देश जोगाउने हो भने जेनजी पुस्ताका राजपरिवारका सदस्यलाई राजा बनाउँ, बुढा राजालाई व्यापार-व्यवसायमै रमाउन दिउँ, संसारको २०-२१ प्रतिशत नागरिकका आस्थालाई सम्मान गरौं, सफ्ट पावर प्रयोग गर्न सकिने ठाउँमा नेपाललाई राखौं ।’

अहिले नेपालले लिनुपर्ने ‘सबैभन्दा कम प्रतिरोधात्मक बाटो’ यही नै भएको उपाध्यायको भनाइ छ ।

साथै, दरबार देखाएर आफूखुसी काम गर्ने/गराउने व्यक्ति र परिवारको पहिचान गरौं र एक्सपोज गरिराखौं भन्ने सुझाव पनि उनले दिएका थिए ।

त्यस्तै, संघीयताका विषयमा पुनःर्विचार गर्नुपर्ने आसयको अभिव्यक्ति पनि उनले दिएका थिए । ‘बहुदलीय व्यवस्था कायम नै राखौं, संघीयताले के राम्रो गर्‍यो मूल्यांकन गरौं,’ उनले लेखेका छन् ।

त्यतिमात्रै होइन, त्यसपछि ८ कात्तिकमा पनि उपाध्यायले राजतन्त्रको पक्षमा स्टाटस लेखेका छन् । सो दिन उनले इलेक्ट्रिकल इन्जिनियरिङका शब्दहरू सापटी लिँदै लेखेका छन्, ‘नेपाल स्केलर क्वान्टिटी (राजसंस्था) र भेक्टर क्वान्टिटिज (राजनीतिक पार्टीहरू) को योगले मात्रै पूर्ण हुन्छ ।’

राजावादी रुझान राख्ने र हाल घिसिङले पार्टी अध्यक्ष बनाएका उपाध्याय यसअघि भने नेपाली कांग्रेसमा आबद्ध थिए ।

अध्यक्ष उपाध्यायले सामाजिक सञ्जालमा अभिव्यक्त आफ्ना धारणाहरू पूराना रहेको र नयाँ सन्दर्भसँग नजोड्न आग्रह गरेका छन् ।

‘त्यो फेसबुकका स्टाटस मेरो पार्टी खोल्नुभन्दा पहिलाको अभिव्यक्ति हो, अहिले त्यसलाई नगिजोल्नुहोला’ अनलाइनखबरलाई प्रतिक्रिया दिंदै उनले भने, ‘यता पार्टीको अवधारणामा पनि काम भइरहेकै छ । त्यसैले अहिले नै यी कुरा जोडेर नहेर्नुहोला । यी छुट्टै विषय हुन् ।’

उपाध्याय सुदूरपश्चिम प्रदेशमा नीति तथा योजना आयोगका उपाध्यक्ष बनेका थिए । तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो अघिल्लो कार्यकालमा (असोज २०८०) उपाध्यक्ष नियुक्त गरेका थिए ।

विगतदेखि नै मन्त्री घिसिङसँग निकट उपाध्यायलाई घिसिङले आफू मन्त्री भएपछि मन्त्रालयको सल्लाहकारमा नियुक्त गरेका थिए । उनी मन्त्रालयमै बसेर मन्त्रालयको समग्र काममा सल्लाहकारको भूमिका निर्वाह गरिरहेका छन् । यद्यपि, उनलाई मन्त्रिपरिषद्ले नियुक्त नगरेकाले तलब तथा सुविधा भने लिएका छैनन् ।

उपाध्याय ऊर्जा मन्त्रालयको सचिव रहँदा घिसिङ पहिलो कार्यकालमा नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशक थिए । उपाध्याय र घिसिङ दुवैले एकैपटक २०७५ सालमा सुप्रबल जनसेवाश्री पदक प्राप्त गरेका थिए ।

मन्त्रालयको सचिव हुँदाहुँदै उनले विद्युत् नियमन आयोगको अध्यक्ष बन्ने प्रयास पनि गरे । उपाध्याय सचिव भएकै बेला विद्युत् नियमन आयोग ऐन २०७४ जारी भएको थियो भने आयोगको गठन समेत भएको थियो । तत्कालीन सरकारले आयोगको पहिलो अध्यक्ष बनाउने भनेर उनको नाम पहिलो नम्बरमा सिफारिससमेत गरेको थियो । आयोगको अध्यक्ष बन्ने आश्वासनपछि उनले सचिवबाट राजीनामा समेत दिएका थिए ।

तर तत्कालीन प्रधानमन्त्री केपी ओलीले आफैं सचिव भएर बनाएको कानूनमा अध्यक्षका लागि आफूअनुकूल योग्यता निर्धारण गरेको भन्दै उनलाई नियुक्त नगरेको तत्कालीन मन्त्रिपरिषद्का एक सदस्य बताउँछन् । त्यसपछि दोस्रो नम्बर सिफारिस भएका डिल्ली सिंहलाई सरकारले आयोगको अध्यक्ष बनाएको थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More