― Advertisement ―

‘हामी मोबाइल संचार प्रजातान्त्रिक गर्दैछौं’: Lidl नयाँ MVNO सँग बजेट मोबाइल फोन योजनाहरू सुरू गर्दैछ

Lidl1 with deals sign for new MVNOकम लागत, छोटो अवधिको मोबाइल योजनाहरू प्रस्ताव गर्न खोज्छLidl ले विश्वभर 100 मिलियन भन्दा बढी ग्राहकहरूलाई समेटेको छLidl...
HomeLatest newsकुमारी बैंकले ल्यायो ग्रिन हायर पर्चेज कर्जा – KhabarHost

कुमारी बैंकले ल्यायो ग्रिन हायर पर्चेज कर्जा – KhabarHost


राष्ट्रिय

समाचार.

  • कुमारी बैंकले दिगो विकास लक्ष्यका लागि ग्रिन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको छ।
  • यो योजना सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट नेपाल परियोजनासँग साझेदारीमा सञ्चालन गरिएको छ।
  • सार्वजनिक यातायातका विद्युतीय बस तथा माइक्रो बस खरिदमा ऋणीले अनुदान र आकर्षक ब्याजदर सुविधा पाउनेछन्।

२९ मंसिर, काठमाडौं । कुमारी बैंकले ग्रिन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको छ । दिगो विकासका लक्ष्य प्राप्तिका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिबद्धताहरुलाई आफ्ना योजना, प्रक्रिया तथा पार्टनरसिपमार्फत टेवा पुर्‍याउने उद्देश्यले योजना सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

बैंकले जीआईजेड, ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युटजस्ता संस्थाहरुद्वारा व्यवस्थापन तथा प्रबर्द्धन गरिएको सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट नेपाल परियोजनासँग साझेदारी गर्दै यो योजना सञ्चालनमा ल्याएको हो ।

यस योजना अन्तर्गत सार्वजनिक यातायात सेवा प्रवाहमा आवद्ध व्यक्तिहरुले विद्युतीय बस तथा माइक्रो बस खारिद गर्न बैंकबाट कर्जा लिँदा आर्कषक ब्याजदरमा थप सुविधा प्राप्त गर्न सक्नेछन् ।

‘ऋणीले भुक्तानी गर्नुपर्ने सुरुवाती रकम (डाउन पेमेन्ट)मा परियोजनाबाट निर्धारित अनुदान समेत पाउने छन्’ बैंकले एक विज्ञप्तिमार्फत भनेको छ ‘त्यसैगरी वर्तमान समयमा इन्धनमा आधारित सार्वजनिक सवारी साधनहरु सञ्चालन गरिरहेका व्यक्तिहरुले आफ्ना सवारी साधनहरुलाई विद्युतीय बस तथा माइक्रो बसमा बदल्नका लागि कर्जा लिन चाहेमा समेत थप अनुदान प्राप्त गर्न सक्नेछन् ।’

यसका लागि ऋणिहरुले परियोजनामा आवद्ध सवारी साधन आपूर्तिकर्ताहरुबाट विद्युतीय बस तथा माइक्रो बस खरिद गर्नका लागि आवश्यक कागजात सहित बैंकका शाखामा सम्पर्क गर्नुपर्नेछ ।

यस योजना अन्तर्गत समावेश गरिएका अनुदानले ऋणीलाई सुरुवाती पूँजीको व्यवस्थापनमा सहुलियत हुने दिगो बैंकिङ विकास विभागका प्रमुख अर्पण पौडेलले बताए । बैंकका देशभर ३०२ शाखा सञ्जाल सञ्चालनमा छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More