― Advertisement ―

होइन, एलोन मस्कले तपाईंलाई $5,000 कर फिर्ता दिन चाहँदैनन् — यो एक घोटाला हो, यहाँ के हेर्नु पर्छ

IRS′m बाट अपराध पत्ता लगाउनका लागि प्रमाणहरू पत्ता लगाउनुहोस् मस्कनक्कली आईआरएस इमेलहरूले व्यक्तिगत र बैंकिङ डेटा चोर्छन्बिटकोइन भुक्तानीहरू आवश्यक पर्ने बोगस "डोजेकोइन इनिसिएटिभ" मा...
Homeराष्ट्रिय समाचारकिसान श्रेष्ठ – KhabarHost

किसान श्रेष्ठ – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेकपा एकीकृत समाजवादी छाडेर एमाले प्रवेश गर्ने तयारीमा रहेका नेता किसान श्रेष्ठले केही दिन देशभरका नेता–कार्यकर्तासँग छलफल गर्ने बताए।
  • श्रेष्ठले औपचारिक कार्यक्रममार्फत् ठूलो शक्ति बनेर एमालेमा फर्कने र कुनै पदको बार्गेनिङ नगरेको स्पष्ट पारे।
  • २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एकीकृत समाजवादीले पाएको दुई लाख ९४ हजार मतमध्ये दुई लाखजति मत एमालेमै आउने दावी उनले गरे।

१९ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादी छाडेर एमाले प्रवेशको तयारीमा रहेका नेता किसान श्रेष्ठले देशभरका नेता–कार्यकर्तासँग छलफल गरेर, केही दिन अभियान चलाएपछि एमालेमा फर्कने बताएका छन्।

यो समूहको तर्फबाट बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता श्रेष्ठले सबैको सरसल्लाहपछि औपचारिक कार्यक्रम गरेरै एमाले प्रवेश गर्ने बताए।

‘एक सय २२ जना साथीहरू त ६। ८ महिनाअघि नै एमाले प्रवेश गर्ने तयारी गरिसकेका थियौं। अब हामी केही दिन देशभरका साथीहरूसँग छलफल गर्छौं र एउटा ठूलो शक्ति बनेर औपचारिक कार्यक्रममार्फत् घर फर्कनेछौं,’ उनले भने।

उनले एमालेमा फर्कनका लागि आफूहरूले कुनै पदको बार्गेनिङ नगरेको स्पष्ट पारे। ‘महाधिवेशन प्रतिनिधि बन्न पाउँछौं कि पाउँदैनौं भन्ने पनि थाहा छैन। कुनै बार्गेनिङ भएको छैन। हामीले पद माग्नै पर्दैन, हामी पदको भोको छैनौं। काम गर्दै जाँदा आवश्यकता अनुसार उहाँहरूले जे जिम्मेवारी दिनुहोला्, त्यो स्वीकार गर्नेछौं,’ विघटित प्रतिनिधिसभाका सांसद् समेत रहेका श्रेष्ठले भने।

उनले २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एकीकृत समाजवादीले प्राप्त गरेको दुई लाख ९४ हजार मतमध्ये अधिकांश मत आफूहरूजस्तै भूईं नेताको मेहनतको परिणाम भएको भन्दै एमालेमा फर्किएपछि त्योमध्ये दुई लाखजति मत एमालेमै आउने दावी पनि गरे।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More