― Advertisement ―

Claude Cowork अब उद्यम प्रयोगको लागि उपलब्ध छ, विश्लेषण, पहुँच नियन्त्रण र थप थप्छ

Claulyde कामको लागि सामान्य भुक्तानी उपलब्ध छ ग्राहकहरूइन्टरप्राइज योजनाहरूले नयाँ पहुँच नियन्त्रण, शासन र थप कुराहरू पाउँछन्Zoom ले आफ्नो AI कम्पेनियनलाई एकीकृत गर्न MCP...
HomeLatest newsकिसानका समस्या समाधान गर्न तत्पर छु : कृषिमन्त्री – KhabarHost

किसानका समस्या समाधान गर्न तत्पर छु : कृषिमन्त्री – KhabarHost


राष्ट्रिय

समाचार.

  • कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले नेपाली किसानका समस्या समाधान गर्न आफू तत्पर रहेको बताएका छन्।
  • मन्त्री परियारले मौरीपालक किसानहरूसँग छलफल गरी विगतको सहमतिका आधारमा किसान प्रतिनिधिको रोहबरमा मह आयात गर्न दिएको जानकारी दिए।
  • मन्त्री परियारले त्रिपक्षीय छलफल गरेर महको आयात र बजारीकरणका समस्याको उचित निर्णय लिइने आश्वासन दिएका छन्।

२४ कात्तिक, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले नेपाली किसानका समस्या समाधान गर्न आफू तत्पर रहेको बताएका छन् ।

आज सिंहदरबारमा मौरीपालक किसानहरूसँगको छलफलमा मन्त्री परियालले किसानको सहमति र सल्लाह विपरीत कुनै पनि निर्णय नगरिने प्रतिबद्धता पनि जनाएका हुन् ।

बहुराष्ट्रिय कम्पनीहरूलाई मह आयात गर्न दिने निर्णय गरेपछि रुष्ट बनेका किसानहरूसँग उनले आज मन्त्रालयमै छलफल गर्दै विगतको सहमतिका आधारमा एक पटकका लागि किसान प्रतिनिधिकै रोहबरमा आयात गर्न दिएको जानकारी दिए ।

आगामी दिनमा पनि मौरीपालक किसानसँगको छलफलपछि मात्रै निर्णय गर्ने उनले आश्वासन दिए । उनले मौरीपालक किसानका समस्या र समाधानका उपाय खोज्न मन्त्रालयले एक समिति बनाएको र समितिले अध्ययन पनि गरिरहेको जानकारी दिए ।

मौरीपालक किसानहरूले भने महको आयात रोक्नुपर्ने र नेपाली किसानले उत्पादन गरेको मह बहुराष्ट्रिय कम्पनीहरूले खरिद गर्ने व्यवस्था मिलाउनुपर्ने माग गरेका छन् ।

सो विषयमा मन्त्री परियारले त्रिपक्षीय छलफल गरेर उचित निर्णय लिइने पनि बताए । उनले महको बजारीकरणका समस्या र समाधानका उपायका बारेमा सुझाव दिन पनि अनुरोध गरे ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More