― Advertisement ―

‘एआई कम्पनीहरूले अमेरिकी दरदाताहरूलाई ट्याब उठाउन छोड्नु हुँदैन’: एन्थ्रोपिक भन्छ कि यसले यसको डाटा केन्द्रहरूको कारणले हुने बिजुली मूल्य वृद्धिलाई कभर गर्नेछ।

राष्ट्रपति ट्रम्पले ऊर्जालाई बिग्रिस वा बिल नगर्न आग्रह गरेका छन्। उपभोक्ताहरूएन्थ्रोपिकले अपग्रेड लागतहरू तिर्ने र सम्भव भएसम्म नेट-नयाँ ऊर्जा उत्पादन खरिद गर्ने बताएको छCEO...
Homeराष्ट्रिय समाचारकिर्ते भएको आरोप – KhabarHost

किर्ते भएको आरोप – KhabarHost


गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी र उपाध्यक्ष कल्पना चौधरी ।


राष्ट्रिय

समाचार.

  • सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले आफूले कुनै पनि निकायमा राजीनामा नदिएको दाबी गरेका छन्।
  • चौधरीले राजीनामाको हल्ला कीर्ते र जालसाजीपूर्ण राजनीतिक षड्यन्त्र भएको उल्लेख गर्दै न्यायिक निकायमा कानुनी उपचारका लागि जाने जानकारी दिएका छन्।
  • गाउँपालिका उपाध्यक्ष कल्पना चौधरीले अध्यक्षले गाउँपालिकाको बैठकमा नै राजीनामा दिएको दाबी गरेकी छन्।

१९ जनकपुरधाम, काठमाडौं । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीको राजीनामाबारे विवाद सुरु भएको छ । गाउँपालिका उपाध्यक्ष कल्पना चौधरीले आफूले अध्यक्ष चौधरीको राजीनामा बुझिसकेको दाबी गरेकी छिन् । तर, अध्यक्ष चौधरी भने उक्त राजीनामापत्र किर्ते भएकाे जिकिर गर्छन् ।

उपाध्यक्ष चौधरीले किर्ते, जालसाजीपूर्ण र राजनीतिक षड्यन्त्र गरेर आफूविरुद्ध राजीनामाको हल्ला फैलाएको दाबी अध्यक्ष चौधरीले गरेका छन् । तर गाउँपालिका उपाध्यक्ष चौधरी भन्छिन्, ‘उहाँले राजीनामा दिएको छैन भनेर हुन्छ। उहाँले राजीनामा दिनु भएको हो ।’

गाउँपालिका अध्यक्ष चौधरीले वडाध्यक्षबाट खुट्टा मालिस गराएको भिडियो सार्वजनिक भएको थियो । त्यसपछि उनी विवादमा तानिएका थिए । उपाध्यक्षको कार्यकक्षमा रहेको सोफामा सुतेर वडाध्यक्षबाट खुट्टामा मालिस गराएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चौधरी विवादमा तानिएका थिए ।

आफूले कुनै राजीनामा पत्र समेत पेस नगरेको अध्यक्ष चौधरी बताउँछन् । उनले दाबी गरे, ‘यदि मैले स्वेच्छाले राजीनामा दिएको भए, त्यस अवधिमा पटक–पटक कार्यपालिका बैठक कसरी आह्वान भयो ? विभिन्न कागजी कारोबारमा मेरो सहभागिता किन रह्यो ? अनि मेरो सनाखत बिना कसरी राजीनामा स्वीकृत भयो ?’

उनले यसबारे जवाफ दिनका लागि पनि आग्रह गरेका छन् । विपक्षी दलहरूले राजनीतिक निष्ठा र संस्कारबाट विचलित हुँदै आफ्नो विरुद्ध षड्यन्त्र र जालसाजीको बाटो अपनाएको उनले आरोप लगाए ।

गाउँपालिका अध्यक्षको राजीनामा र निर्वाचन आयोगलाई गराइएको जानकारी:

गाउँपालिका अध्यक्ष चौधरीले जारी गरेको विज्ञप्ति :

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More