― Advertisement ―

‘एआई जीवनमा एक पटकको अवसर हो’: अमेजनका सीईओ एन्डी जसीले एआईको भविष्यको लागि आफ्नो ‘6 सत्यहरू’ राख्छन्।

Amazon CEO Andy Jassy ले कम्पनीमा AI को भविष्यको बारेमा आफ्नो दृष्टिकोणलाई रेखांकित गर्नुभएको छ, छ वटा "प्रविधिले के गर्न सक्छ र मुख्य कुराहरू...
HomeLatest newsकिन जुट्न सकेन सहमति ? – KhabarHost

किन जुट्न सकेन सहमति ? – KhabarHost



५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक पटकपटक स्थगित गरेर शीर्ष तहमा सहमति खोज्ने प्रयास गरिए पनि शुक्रबार पनि सहमति जुट्न सकेन ।

बिहीबारको बैठक शनिबारको लागि सारेर शीर्ष तहका नेताहरूको हिजो र आज अनौपचारिक छलफल भएको थियो । बैठकमा सहभागी नेताहरुको अनुसार शुक्रबार रातिसम्म सहमति हुन नसकेपछि शनिबार बिहान पुन: शीर्ष तहका नेताहरुको अनौपचारिक छलफल हुने भएको छ ।

पछिल्लो समय संस्थापन पक्षले महाधिवेशनको कार्यतालिका ल्याउने तर विशेष महाधिवेशनको लागि गरिएको माग फिर्ता गर्नुपर्ने शर्त राखेको नेताहरुले जानकारी गराएका छन् ।

विशेष महाधिवेशन पक्षधर भने उक्त शर्त स्वीकार्न तयार छैनन् । नियमित महाधिवेशन पुसभित्रै भए विशेषको माग स्वत: निष्क्रिय हुने विशेष पक्षधरको तर्क छ । विशेष महाधिवेशनको लिखित प्रस्ताव फिर्ता नहुने केन्द्रीय सदस्य मधु आचार्यले बताउँछन् । उनी भन्छन्, ‘विशेषको माग कुनै एक नेताले फिर्ता गरेर हुने प्रस्ताव होइन । २४८८ प्रतिनिधिको अधिकार कुनै एउटाले फिर्ता गर्छु भनेर हुँदैन । एक व्यक्तिले आफ्नो हस्ताक्षर बाहेक अरूको फिर्ता गर्छु भनेर सक्ने कुरा होइन यो ।’

कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले २९ असोजमा लिखित माग गरेर कार्यबाहक सभापति पूर्ण बहादुर खड्कालाई प्रस्ताव पेश गरेका थिए । विधान अनुसार विशेष महाधिवेशन माग भएको तीन महिनाभित्र महाधिवेशन आह्वान गर्नुपर्छ । विशेष महाधिवेशनको लागि माग गरिएको समयावधि २८ पुसमा सकिन्छ ।

महाधिवेशन चुनाव अघि वा पछि र विशेष महाधिवेशनको प्रस्तावको विषयमा विगत पाँच सातादेखि कांग्रेसमा छलफल भएपनि निकास निस्केको छैन । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पुस १६ देखि १९ सम्म नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छन् । नेता डा. शेखर कोइराला नियमित महाधिवेशन हुन नसके विशेषमा जानुपर्ने विचार राखेका छन् ।

सभापति शेरबहादुर देउवालाई भेटेका नेताहरूका अनुसार उनी अलमलमा देखिन्छन् । साथै, उनलाई भेट्न जाने सबै पक्षका नेताहरुलाई आपसी सल्लाह गरेर सहमति जुटाउन सुझाव दिँदै आएका छन् ।

पूर्व पदाधिकारीको एक समूह चुनावअघि कुनै पनि प्रकृतिको महाधिवेशन गर्न नहुने पक्षमा देखिएको छ ।

केन्द्रीय समिति बैठक स्थगित गरेर शीर्ष तहमा छलफलमा जुटेका नेताहरुको अनुसार शनिबारको बैठक भने स्थगित हुने छैन । एक पदाधिकारीले भने, ‘भोलिको बैठक सर्दैन । कुनै न कुनै निर्णय आउँछ । शनिबार बिहान पनि अनौपचारिक बैठक बस्छौं ।’

२८ असोजदेखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा नेताहरूको बोल्ने क्रम भने सकिएको छ । महाधिवेशनको विषयमा सर्वसहमतमा निर्णय हुने परिस्थिति नबनेपछि बैठक रोकेर नेताहरू अनौपचारिक छलफलमा जुट्दै आएका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More