― Advertisement ―

Amazon ले Pixel 11 सँग $ 100 उपहार कार्ड हालेको छ – सायद सबैभन्दा बोरिंग, तर उपयोगी, उद्घाटन सम्झौता

यदि तपाईंले आफूलाई सुरक्षित गर्नुभएको छैन भने Google Pixel 11 प्रिअर्डर, त्यसपछि मसँग फ्याँक्ने अर्को सम्भावित विकल्प छ। वास्तवमा, यो उत्तम विकल्प हुन सक्छ...
HomeLatest newsकार्यवाहक सभापति खड्काले नेता-कार्यकर्तालाई भने- धैर्यता राखिदिन विशेष अनुरोध छ

कार्यवाहक सभापति खड्काले नेता-कार्यकर्तालाई भने- धैर्यता राखिदिन विशेष अनुरोध छ



२९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीका नेता-कार्यकर्ताहरूलाई धैर्यता राखिदिन अनुरोध गरेका छन् ।

महाधिवेशनको विषयमा पार्टी निर्णयमा पुग्न ढिलाइ भइरहेका बेला शनिबार फेसबुकमार्फत् उनले नेता-कार्यकर्ताहरूलाई धैर्यता राखिदिन अनुरोध गरेका हुन् ।

हतारमा निर्णय गरेर पछि पछुताउनुभन्दा पार्टीलाई एकताबद्ध राखेर प्रतिकूल समयको पदचापलाई सामना गर्न सक्ने गरी निर्णय गर्न केही समय लागेको खड्काको भनाइ छ ।

‘इतिहासमै देश र पार्टीमाथि देखिएको प्रतिकूल अवस्थालाई ध्यानमा राखेर निर्णय गर्न केही समय ढिला भए पनि हतारमा निर्णय गरेर पछि पछुताउनुभन्दा पार्टीलाई एकताबद्ध राखे र प्रतिकूल समयको पदचापलाई सामना गर्न सक्ने गरी निर्णय गर्न केही समय लागेको छ’, उनले लेखेका छन्, ‘साथीहरू सबैले एकताबद्ध भएर यो महत्वपूर्ण मर्मलाई बुझिदिइ धैर्यता राखिदिन हाम्रो विशेष अनुरोध छ ।’

कांग्रेस पछिल्लो समय पार्टीको महाधिवेशनको विषयमा तीन थरी विवादमा घेरिएको छ । संस्थापन पक्ष आगामी निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने बताइरहँदा इतर समूह निर्वाचन अगावै गर्नुपर्ने अडानमा छ ।

यस्तै देशभर हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको समूह विधानअनुसार पुस मसान्तभित्र विशेष महाधिवेशन हुनुपर्ने माग गरिरहेको छ । उनीहरूको मागमा महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि सहमत छन् ।

२१ फागुनमा तय भएको निर्वाचनअघि नियमित महाधिवेशन नगरे विधानअनुसार विशेष महाधिवेशन गर्नै पर्ने उनीहरूको भनाइ छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More