― Advertisement ―

‘औद्योगिक-स्केल स्क्याम अपरेसनहरू’: विश्वव्यापी आपराधिक संगठनले मासिक 35+ सरकारी एजेन्सीहरूलाई लक्षित गर्ने विशाल मालवेयर-ए-ए-सर्भिस हाइड्राको पछाडि एशियामा दास कम्पाउन्डहरू सञ्चालन गर्दछ।

Luabloxo मा जानकारी प्राप्त गर्नुहोस् प्लेटफर्मनक्कली डोमेनहरूले KYC डाटा काट्छन्, एसएमएस रोक्छन्, बैंक खाताहरू निकाल्छन्कम्बोडियन घोटाला कम्पाउन्डमा कैद गरिएका कामदारहरू कुलीन वर्गसँग बाँधिएका छन्मालवेयर...
HomeLatest newsकामना सेवा विकास बैंकले ल्यायो नयाँ निक्षेप योजना

कामना सेवा विकास बैंकले ल्यायो नयाँ निक्षेप योजना


राष्ट्रिय

समाचार.

  • कामना सेवा विकास बैंकले वार्षिकोत्सवको अवसरमा १८ वर्षसम्मका बालबालिकाका लागि ‘अल्फा ग्रो’ नामक नयाँ निक्षेप योजना ल्याएको छ।
  • बैंकले उक्त योजनामा खातावालाको ५० हजार रुपैयाँसम्मको जीवन बीमा प्रिमियम १८ वर्ष नपुग्दासम्म भुक्तानी गर्ने जनाएको छ।
  • वार्षिकोत्सवमा बैंकले देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरी ४२९ पिन्ट रगत संकलन गरेको र फुटलस कप प्रतियोगिता आयोजना गरेको छ।

२७ कात्तिक, काठमाडौं । कामना सेवा विकास बैंकले वार्षिकोत्सवको अवसर पारेर नयाँ निक्षेप योजना ल्याएको छ ।

‘अल्फा ग्रो’ नामक यस योजनाको खाता १८ वर्षसम्मका बालबालिकाहरुलाई लक्षित गरिएको हो । यस खाता योजनामा ग्राहकलाई बैंकले आकर्षक खुत्रुके उपलब्ध गराउने र खातावालाको ५० हजार रुपैयाँसम्मको जीवन बीमा बैंकले गरिदिने छ ।

उक्त जीवन बीमाको प्रिमियम खातावाला १८ वर्ष नपुग्दासम्म बैंकले नै भुक्तानी गर्ने छ । ‘यसले बालबालिकाको भविष्यलाई सुरक्षित र दिगो बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ’ बैंकले एक विज्ञप्तिमार्फत भनेको छ ।

वार्षिकोत्सवका अवसरमा बैंकले विभिन्न कार्यक्रम गरेको छ । कात्तिक २७ गते बिहीबार देशव्यापी रुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रीय कार्यालयसहित सम्पूर्ण क्षेत्रीय कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रमबाट कुल ४२९ पिन्ट रगत संकलन भएको छ ।

बैंकले वार्षिकोत्सवको अवसरमा अन्तर बैंक तथा वित्तीय संस्थास्तरीय फुटलस कप (पाँचौ संस्करण) पनि आयोजना गरेको थियो । उक्त प्रतियोगितामा पुरुषतर्फ सिद्धार्थ बैंक र महिला तर्फ लुम्बिनी विकास बैंक विजयी भएको थियो ।

१९ औं वार्षिकोत्सवकै अवसरमा बैंकको अमरसिंह शाखाले अमरसिंह उच्च मावि र पोखरा न्युरोड शाखाले पार्दी माविमा वित्तीय साक्षरता कार्यक्रम समेत सम्पन्न गरेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More