― Advertisement ―

HomeLatest newsकाभ्रेको हिरासतमा रहेका पुरुष झुण्डिएको अवस्थामा मृत फेला

काभ्रेको हिरासतमा रहेका पुरुष झुण्डिएको अवस्थामा मृत फेला



२९ मंसिर, काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको शौचालयमा हिरासतमा रहेका एक जना पुरुष झुण्डीएको अवस्थामा मृत फेला परेका छन ।

चोरी आरोपमा हिरासतमा रहेका रोशी गाउँपालिका वडा नं १२ का २१ वर्षीय दुतराज तामाङ झुण्डीएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

चोरीको आरोपमा निवेदन परेपछि उक्त मुद्दामा अनुसन्धान गर्न उनलाई आइतबार पक्राउ गरी हिरासतमा राखिएको थियो । उनको घरबाट चोरीका सामग्रीसमेत बरामद भएको बताइएको छ ।

सोमबार राति ३ बजे इलाका प्रहरी कार्यालय मंगलटारको शौचालयमा मृत अवस्थामा फेला परेका थिए । उनले ब्ल्यांकेटको घेरोको कपडा च्यातेर घाँटीमा पासो लगाएर झुण्डीएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।

पटक-पटक मुद्दा मामिलामा परिरहेका तामाङको मृत्युबारे थप अनुसन्धान भइरहकेको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More