― Advertisement ―

वैज्ञानिकहरूले एउटा ‘चुम्बकीय इलास्टिक’ तम्बू विकास गर्दैछन् जसले पवन टर्बाइन जस्तै आफ्नै बिजुली बनाउँछ – तर अर्को वर्ष ग्लास्टनबरीमा लैजान सक्षम हुने आशा नगर्नुहोस्।

आफ्नै बिजुली उत्पादन गर्न सक्ने विकासकर्ताहरूले यो म्याग्नेटोइलास्टिक पदार्थबाट बनेको हो यो अझै प्रारम्भिक चरणमा छ, तर वैज्ञानिकहरूले यसलाई अफ-ग्रिड शिविर र प्रकोप क्षेत्रमा...
HomeLatest newsकाभा यू-१९ महिला भलिबलमा नेपालले श्रीलंकालाई हरायो

काभा यू-१९ महिला भलिबलमा नेपालले श्रीलंकालाई हरायो


राष्ट्रिय

समाचार.

  • नेपालले श्रीलंकालाई ३-१ को सेटमा हराउँदै काभा यू-१९ महिला भलिबल च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ।
  • नेपालले दुई खेलबाट ४ अंक जोडेको छ भने कीर्गिस्तान ५ अंकसहित शीर्ष स्थानमा छ।
  • नेपालले लिग चरणको तेस्रो खेलमा बिहीबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ।

१९ कात्तिक, काठमाडौं । श्रीलंकाको कोलोम्बोमा भइरहेको काभा यू-१९ महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो जित हात पारेको छ ।

बुधबार कोलोम्बोस्थित सुगाथादासु इन्डोर कम्प्लेक्समा भएको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली श्रीलंकालाई ३-१ को सेटमा हरायो ।

नेपालले श्रीलंकालाई २५-१८, २६-२४,१९-२५, २५-२० ले पराजित गरेको हो ।

पहिलो खेलमा नेपाल कीर्गिस्तानसँग प्रतिस्पर्धात्मक खेलमा ३-२ को सेटमा पराजित भएको थियो ।

पहिलो जितपछि नेपालले दुई खेलबाट ४ अंक जोडेको छ । लगातार दुई खेल जितेर कीर्गिस्तान ५ अंकसहित शीर्ष स्थानमा छ ।

कीर्गिस्तानले बुधबार भएको खेलमा माल्दिभ्सलाई ३-० को सेटमा पराजित गरेको थियो । कीर्गिस्तानले माल्दिभ्सलाई २५-२१, २५-९,२५-२१ ले पराजित गरेको हो ।

नेपालले लिग चरणको तेस्रो खेलमा बिहीबार माल्दिभ्ससँग खेल्नेछ ।





Read More